विचार/ब्लग

काभ्रेमा तीन दशकदेखी दरबन्दी मिलानमा सकस

कतै शिक्षक खचाखच, कतै शुन्य

काभ्रे । तीन दशक वितिसक्दा पनि दरबन्दी मिलान हुन सकेका छैनन् ।

शिक्षक संघ संगठन र जिल्ला शिक्षा अधिकारीहरु एकले अर्काेलाई दोषारोपण गदै दरबन्दी मिलानलाई प्रतिष्ठाको बिषय बनाउँदा २०४२ सालदेखी हुन नसकेको हो । जिल्लामा दरबन्दी मिलान तीन दर्शकसम्म हुन नसक्दा समस्या देखिएको छ ।  यसको प्रत्यक्षमारमा कलिला बालबालिका पर्दा समेत सम्बन्धित निकाय भने मुखदर्शक बनि रहेको छ ।

सुगममा खचाखच, दुर्गममा शून्य

सुगममा खचाखच हुँदै गएको शिक्षक दरबन्दी विकट गाउँमा भने शुन्य रहेको पाइएको छ । शिक्षा नियमावली २०५९ को ९१ अनुसार अनुसार प्रत्येक विद्यालयमा प्रति शिक्षक ४५ जना विद्यार्थी हुनुपर्ने प्रावाधान रहेपनि काभे्रमा भने शुन्य बिद्यार्थी भएका बिद्यालयमा समेत शिक्षकहरुले फर्जि बिद्यार्थी देखाएर राजनीतिक आडमा जागिर खादै आइरहेका छन ।

फर्जी विद्यार्थी बुझाउँदै, जागिर जोगाउँदै

जिल्ला शिक्षा कार्यालयको तथ्याङ्कअनुसार आदर्श जनशक्ति प्रावि, कमलज्योती प्रावि, गोसाईकुण्ड प्रावि, जनप्रभात प्रावि, जनजागृति प्रावि दाहालटार, धनेश्वर माहादेव प्रावि, बागदेवी प्रावि दाप्चा, शिक्षा सदन प्रावि भिमखोरी, सरस्वती प्रावि महादेवस्थान, सुर्यज्योती प्रावि शिसाखानीमा शुन्य विद्यार्थी छन् । तर शिक्षकहरुले यही बिद्यालयको नाममा फर्जि बिद्यार्थी देखाएर तलब खादै आइरहेका छन् ।

सुगममा घट्दो सामुदायिक बिद्यालयको आर्कषणमा खचाखच शिक्षक भएपनि दुर्गम गाउँमा बढ्दो बिद्यार्थी संख्या भएपनि शिक्षक नहुँदा निजी स्रोतमा राखेर बिद्यालयहरु संचालन हुदै आएका छन ।

कुन विद्यालयमा कत्ति शिक्षक कत्ति विद्यार्थी ?

बनेपामा रहेको गोसाईकुण्ड प्रावि ६ जना विद्यार्थीका लागि ३ जना शिक्षक छन् । बागदेवी प्रावि बागमारामा ३ विद्यार्थीका लागि २ शिक्षक, जनसहयोग प्रावि देउरालीमा ६ विद्यार्थीका लागि ३ शिक्षक, आधारेश्वर प्रावि ४ विद्यार्थी २ शिक्षक, धरनी प्रावि चैनपुर ९ विद्यार्थी ३ शिक्षक, सुनकोशी प्रावि बल्थली ९ विद्यार्थी २ शिक्षक पात्लेखेत प्रावि विद्यार्थी शुन्य शिक्षक १ ,जनजागृती प्रावि विद्यार्थी ९ र शिक्षक ३ रहेका छन् । इन्द्रेश्वर प्रावि माडी टोलमा २३ जना विद्यार्थी ५ जना शिक्षक छन्, चण्डेश्वरी बालसदन प्राविमा १९ जना विद्यार्थीका लागि ६ जना शिक्षक छन् । ज्वालामुखी प्राविमा १९ जना विद्यार्थी ४ जना शिक्षक रहेका छन् । पञ्चकन्या प्रावि खारखोला २० जना विद्यार्थी ५ जना शिक्षक छन् । त्यस्तै महाकाल प्रावि सिम्पानी १२ जना विद्यार्थी २ शिक्षक, ,विष्णुलक्ष्मी प्रावि श्यामपाटीमा ७ जना विद्यार्थी १ शिक्षक छन् । मण्डल देवी प्रावि कुताल विद्यार्थी २३ शिक्षक ५, सर्वविजया प्रावि डुम्रेपानी १६ विद्यार्थी ५ शिक्षक, गणेश प्रावि भुम्लु २३ विद्यार्थी ३ शिक्षक रहेका छन ।

बिद्यार्थी नभएका बिद्यालयहरु सुगममा रहेको जिल्ला शिक्षा कार्यालयको तयाङ्कमा उल्लेख छ ।

दुर्गमको विद्यालयमा छैनन दरबन्दी

२ सय विद्यार्थीका लागि ३ शिक्षक

विकट डाडापारी क्षेत्रमा पर्ने मावि मा २ सय ११ विद्यार्थीका लागि मात्र तीन शिक्षकले पढाउनुपर्ने बाध्यता रहेको जिल्ला शिक्षा अधिकारी डा. दिपेन्द्र गुरुङले बताए । डाँडापारीको खानीखोला गाउँपालिकामा डाँडागाउँ रहेको कुमारी मावि जगथलीमा २ सय १३ विद्यार्थी रहेका लागि तीन शिक्षक छन् । त्यस्तै वीर प्रावि पत्थरचोक मा विद्यार्थी  १ सय १८  र शिक्षक एक जना दरवन्दी रहेको छ । बालकल्यान प्रावि अम्लबासमा ९४ विद्यार्थी  रहेपनि शिक्षक दरबन्द भने छैन । ज्ञानोदय प्रावि आपटारमा ८८ विद्यार्थी  शिक्षक दरबन्दी छैन, ज्ञानज्योती प्रावि बनखुचौरमा ६५ विद्यार्थी शिक्षक दरवन्दी छैन ।

शिक्षा अधिकारीकै गुनासो

जिल्ला शिक्षा अधिकारी गुरुङ आफ्नो मात्र पहलले दरबन्दी मिलान हुन नसकेको बताउँछन । म आएदेखी नै दरबन्दी मिलाउ भन्ने अभियानमा छु तर राजनैतिक पहुँच र शिक्षक नेताको दवावका कारण दरबन्दी मिलान हुन नसकेको हो । उनले भने, ‘राजनैतिक दल र शिक्षक नेताहरुको दबाबका कारण दरबन्दी मिलान हुन सकेको छैन, तर अझै मैले हरेश खाएको छैन, प्रयासरथ छु । दरबन्दी मिलानमा आफ्नो पार्टीको शिक्षकलाई सुगममा मात्र राख्ने तर दुर्गममा पठाउन नमान्ने प्रवृतीले काभ्रेको शिक्षक दरबन्दी मिलान हुन नसकेको गुरुङले  आरोप लगाए । उनले यस आर्थिक बर्षमा १ सय ४६ शिक्षकहरुको दरबन्दी मिलान गरेको बताए । यो सुरुवात हो, यसलाई सबैले सहयोग गरौ भन्ने शिक्षा कार्यालयको भनाइ हो ।

शिक्षा कार्यलय काभ्रेको माताहतमा २६ वटा स्रोत केन्द्रबाट विद्यालयको अनुगमन र निरीक्षण र व्यवस्थापनका लागि २६ विद्यालय निरीक्षक कर्मचारी काम गर्दै आएका छन् । तर पनि शुन्य विद्यार्थी भएका विद्यालयमा शुन्य बिद्यार्थी हुदाँ समेत मुखर्दशक बन्दै आएको सरोकारवालाहरुको गुनासो छ । विद्यालयमा दरवन्दी मिलान गर्न खोज्दा शिक्षक नेताहरुले अवरोध गर्ने गरेको कर्मचारीहरुको गुनासो छ ।  ‘काभ्रेका अधिकासं शिक्षक राजनैतिक पार्टीको शपथ र जिम्मेवार पद धारण गरेका शिक्षक छन् ।’ नाम नछाप्ने शर्तमा शिक्षा कार्यालय धुलिखेलका एक कर्मचारीले भने  ‘पावर र पहुँच भयो भने बिद्यार्थी नभए पनि सुगमका बिद्यालयमा शिक्षक नियुक्तिसगै सरुवा पनि हुने गर्छ ।’  दुर्गममा जति नै शिक्षक चाहियो भनेर माग आएपनि सुनुवाई हुदैन । यस बारे सवै क्षेत्रमा थाहा भएपनि अनविज्ञ बन्दै आएको उनीहरुको गुनासो छ ।
जिल्लामा ५ सय ८२ वटा सामुदायिक विद्यालयहरुमा ६९ हजार २७ जना विद्यार्थीहरुलाई जिल्ला शिक्षा कार्यलय काभ्रेले  प्रति विद्यार्थी २० हजार ६० रुपैया लगानी गर्ने गरेको देखिन्छ । तर विद्यार्थी संख्या नभएका विद्यालयहरुमा फर्जी  विद्यार्थीका संख्या देखाएर  पाठ्य सामाग्री, पोशाक र अन्य शिर्षकमा विद्यार्थीका नाममा आएको रकम  दुरुपयोग हिनामिना हुने गरेको छ ।

के भन्छन त दरबन्दी मिलान बारे शिक्षक संगठनका नेता ?

केशव खनाल, सचिव- नेपाल शिक्षक संघ, काभ्रे

२०७० सालमा तत्कालिन शिक्षा अधिकारी नारायण भटट्को समयमा दरबन्दी मिलान थालिएपनि हालसम्म काभ्रेमा दरबन्दी मिलान हुन सकेको छैन । जिल्लामा शिक्षा समिति गठन नभएका कारण यो समस्या आएको हो । जिशिअले हामीसँग मिलेर गरौं भनेर भन्नुभएको छैन । उहाँले विद्यार्थी कम भएका विद्यालयको दरबन्दी कटाउँछु भन्नुभएको छ । हाम्रो संघ जहिलेपनि दरबन्दी मिलान हुनुपर्छ भन्ने पक्षमा रहेको छ ।

श्यामप्रसाद पाण्डे, अध्यक्ष- नेपाल राष्ट्रिय शिक्षक संगठन काभ्रे

शिक्षा अधिकारीले गरेको गैरकानुनी निर्णय सच्याउँन माग गर्दै शिक्षा कार्यालय, शिक्षा समितिका संयोजक, प्रमुख जिल्ला अधिकारी र शिक्षा विभागमा ज्ञापनपत्र बुझाएका छौं । गाउँका विद्यालय बन्द गराएर सहरका विद्यालय मात्रै शिक्षकहरूले भर्ने कार्यको हामी घोर विरोध र भत्र्सना     गर्दछाैं । विद्यालय ब्यवस्थापन समितिको सहमति विपरित सरुवा गरिएका शिक्षकहरूको चौतर्फी विरोध भएपछि शिक्षा अधिकारीले पात्लेखेतको हनुमान मावि लगायत ८ स्थानको सरुवा फिर्ता लिएको हामीलाई जानकारी भएको छ ।   

दुर्गा सिं तामाङ, अध्यक्ष- एकीकृत अखिल नेपाल शिक्षक संगठन, काभ्रे

जिशिअले होटल र रेष्टुरेण्टमा बसेर २०७० सालको दरबन्दी मिलानलाई लत्याउँदै एकलौटी ढंगले निर्णय गरिएको छ । शिक्षा अधिकारी जस्तो गरिमामय पदमा बसेको मान्छे रामाइलो गर्दै दैनिक प्रशासनिक कामलाई प्रभाव पार्नेगरी आफु निकटका कर्मचारीहरूलाई दरबन्दी मिलान गर्ने काम राम्रो होइन । मनपरी ढंगाले सम्बन्धीत विद्यालयलाई नै थाहा नदिई शिक्षकहरूलाई दुर्गमबाट सदरमुकाम आसपास बनेपा, पनौती र धुलिखेल पाँचखालमा सरुवा गरिएको छ । दुर्गम गाउँका दरबन्दीहरू काट्दै सहरमा थुपार्ने कामहरू भइरहेको छ, यो गलत प्रक्रिया हो । अस्थायी र राहात शिक्षकहरूलाई समेत शिक्षा ऐन विपरित सरुवा गरिएको छ ।

प्रतिकृया दिनुहोस

हराउँदै देउसी भैलोको मौलिकता

दाङ । तिहारसँगै गाउँ तथा शहर जताततै देउसी भैलोको रौनक छ । क्लब, समूह, सहकारी,...

रङ्गीबिरङ्गी फुल, सप्तरङ्गी टीका, हर्षोल्लाससाथ तिहार सम्पन्न

काठमाडौं । यमपञ्चक अर्थात तिहारको पाँचौंँ एवम् अन्तिम दिन दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका...

रसियन वाइन, जापानिज वाइफ, अमेरिकन लाईफको कथन जस्तै छ होला त जापान ?

कुनै जमानामा सुपर हिट कथन रसियन वाइन, जापानिज वाइफ, अमेरिकन लाईफ आजु भोली कतिको चलन...

भग्नावशेषजन्य फोहोरमा मल्लकालीन सामाग्री

सम्पदा क्षेत्रको भग्नावशेषबाट उत्पादित निर्माणजन्य फोहोर राखिएको टुँडिखेलको दक्षिण कुनामा थुपारिएको फोहोरमा मल्लकालीन सामाग्री भेटिएका...

अादिवासीवादमा अाधारित तामाङ विधिशास्त्र

मिसेल फुकोका मत अनुसार भाषाको अध्ययन व्याकरण तथा शब्दावलीका नियमको विश्लेषणका निम्ति मात्रै नगरेर सामाजिक...

एमाले, माओवादी र नयाँ शक्तिबीच एकीकरण कि ब्राह्मण एकता सम्मेलन ?

- अमरदीप मोक्तान  २०७४ असोज १७ गते मंगलबार साँझ काठमाडौस्थित राष्ट्रिय सभागृहको हलामा खचाखच भरिए एमाले,माओवादी केन्द्र...