परिवारसँगै बसेर रमाउने सपना अधुरै

महाभारत गाउँपालिका २ का ६५ वर्षिया माइली मायाँ मोक्तानलाई फूलपातीको अघिल्लो दिनको  भायनक जीप दुर्घटना सपना जस्तै लाग्यो । अरुको घरमा भोजभत्तेर हुँदा उनको घरमा रुवाबासी भयो । त्यो दसैको फूलपाती र दशैंका दिनहरु कहिल्यै नआउने भो उनको परिवारको लागि ।

असोज ९ गते राती र १० गते बिहान घर फर्किनु अघि फोनमा खुसीको कुराकानी चलेको थियो नातीनीसँग माइली मायाँको । नातीनीसँग दोहोरो कुराकानी हुँदाको क्षण सम्झीदा माइली मायाँलाई आफ्नो नातीनी कृष्टिना र बुहारी मनिषा मोक्तान मरेको जस्तै लाग्दैन । उनले भनिन्, ‘मलाई अझै त्यो घटनाको विश्वास लागेको छैन, घरमा फुलपातीको अघिल्लो दिन  राती पुँजा थियो सबै दाजुभाई जम्म हुने दिन छोरा बुहारी र नातीनी आउँलन र भेटेर दसैँ मनाउलन भन्ने ठूलो रहर थियो  ।´ तर जिप दुर्घटनामा परि मृत्युले उनको त्यो सपना टुटेको छ । सदाको लागि बिदा भएको छ ।  `आज आउँलन भोलि आउलन भनेर नातीनीलाई कुरेर बसीरहेको छु तर कहिल्यै फर्केनन् मेरो नातीनी´ उनले भाववेहाल हुदैन भनिन् । अझै ओभाउन सकेको छैन त्यो घटनाले उनको परिवारको आँखा । 

जो श्रीमतीको किरीया हस्पिटलमा कुरुवा
दुर्घटनामा परि श्रीमती र छोरी गुमाएका मोतिलाल मोक्तानलाई हस्पिटलमा बस्नु कुनै रहर थिएन बाध्यता थियो । दुर्घटनामा परि गम्भिर घाइते भएका ३ वर्षका छोरा कृष्टनलाई उपचार गर्नु थियो । उनले न श्रीमतीको किरियामा नै  बस्न पाएका छन् न त आफन्तलाई नै भेटना पाए दसैको बेला । उनी माथि दसै होइन दशा लागेको रहेछ । २०६६ साल बैशाख १६ गते खानीखोला गाउँपालिका ४ जगथलीकी २७ वर्षिया मनिषा मोक्ततानसँग उनको मागी विवाह भएको थियो । उनको ३ वर्षका छोरा घाइते अवस्थामा उपचार गरिरहेका छन् । विभिन्न दुःख कष्ट गर्दा पनि भनेको जस्तो नभएपछि उनी २०७० सालमा मलेसिया हानेका थिए  । ३ वर्षको मलेसियाको बसाईपछि उनी घर फर्किए । गत वर्षको दसै उनले विदेशबाट आए लगतै खुसी सट्टासाट गर्दै मनाए । यस वर्षको दसैमा पनि परिवार सहित ससुराली टिका लगाउन जाने धोको थियो श्रीमान-श्रीमतीको । तर त्यो सपना दुर्घटनाले तुहायो । अहिले उनी माथि ठूलो बज्रपात छ । छोरा निको भएपछि उनी श्रीमतीको किरिया बस्ने तयारीमा छन् । उनी भन्छन् ` म घाइते छोराको उपचारको काममा छु, असोज २३ गतेदेखि किरिया बस्ने योजनामा छ ।´

बा १४ च ९५५६ नम्बरको बोलेरो जिप आसोज १० गते काभ्रेको निङ्गालेडाँडामा दुर्घटना भएको थियो । दुर्घटना हुँदा आमाछोरी सहित ७ जनाले ज्यान गुमाएका थिए । 

को-कसले गुमाए ज्यान:
महाभारत गाउँपालिका २ का बर्ष ३५ की चेलीमाया बल, सोही स्थानका बर्ष २० की पुतलीमाया बल, बर्ष २२ की म्हेन्दोमाया जिम्बा, बर्ष २७ की मनिषा मोक्तान उनकी ८ वर्षीया छोरी कृष्टिना मोक्तान , गोकुले–३ धापका बर्ष १९ की कुमारी जिम्बा(प्रविणा) र चालक रञ्जन खरेलको ज्यान गयो । 

दसैँ मनाउन आउँदा, परिवारै गुमाएँ 
`म १० गते  बिहान ५ बजे काठमाण्डौँबाट गृह जिल्ला काभ्रे हिडेको । बिहान ७ बजे हामी दसैँ मनाउन बनेपाबाट घर जाँदै थियौँ, साविक शिखरआम्बोटे गाविस-३ निङ्गालेडाँडा पुग्दा जिप पछाडी ब्याग भयो । किन कि बाटो उकालो थियो । जिपमा चालक सहित अगाडि ७ जना र पछाडि ११ जना थियौं । निगालेडाँडाको उकालोमा पुग्दा एक्काशी जिप आफैँ पछाडी धकेलियो । अगाडि जानुपर्ने जिप पछाडी धकेलिएपछि सबैजना चिच्याउन थाले । पछाडि धकेलिँदै गएको जिप एक्काशी सडकबाट गुल्टियो ।  मलाई सपना होकी बिपना जस्तै भयो । मेरो श्रीमती, छोरा र छोरी अगाडि सिटमा थियो, म पछाडि थिएँ । गाडि पल्टिएपछि म बिचतिर झाडीमा अटकीयो । पछाडी फर्केर हेर्दा जिप देखिएन धेरै तल पुगिसकेको थियो, झण्डै ७ सय मिटर थियो होला । हतारमा मैले झाडीलाई जोडले समातेँ र बाँच्न सफल भए । त्यसपछि मलाई छोराछोरी र श्रीमती के भए भन्ने याद आयो । पछि हेर्दा मैले मेरी २७ वर्षीया श्रीमती मनिषा मोक्तान र ८ वर्षीया छोरी क्रिष्टिना मोक्तान गुमाए । धेरै बेर चलाए आमा छोरीको लाश तर कालो र निलो भईसकेको थियो । श्रीमती र छोरीलाई छामे उनीहरुले श्वास छोडिसकेको जस्तो लाग्यो । नजिकै छोरो घाइते अवस्थामा छट्पटाइरहेको देखेपछि उसलाई बोकेर सडकसम्म सम्म ल्याएँ । पछि हेलिकप्टर आयो र छोरा कृष्चलमलाई उपचारका लागि काठमाडौं लग्यो । दसैँमा सबै परिवार भएर खाउँला रमाउँला भन्दै हिडेको म कुन दशाले घेरेछ । म अहिले छोरालाई उपचार गरेर बसी रहेको छु । त्यस्तो दिन कसैलाई नआओस् ।´

प्रतिकृया दिनुहोस्

तरकारी खेतीबाट धनकुटाका लाक्पाको मनग्य आम्दानी

img

धनकुटाको छथर जोरपाटि गाउँपालिका वडा नम्वर १ फलैचाका लाक्पाछेति शेर्पा कुनै समयमा ...

पर्यटन विकासमा पासो बन्दै कच्ची सडक

img

विश्वको पाँचौं अग्लो मकालु हिमालदेखि विश्वकै सबैभन्दा होचो अरुण उपत्यका, सभापोखरी, पाँचपोखरी, ...

सोझा अति माझी जाति

नेपाल जनजातिको दृष्टिकोणले अन्य राष्ट्रको तुलनामा धनी रहेको छ । परम्परादेखि आफ्नै रीतिरिवाज, संस्कृति र संस्कारहरूको अनुसरण गर्दै आ–आफ्नो जातित्वको पहिचान गरी राष्ट्रलाई नै सिंगारिएको छ । नेपालमा रहेको अनेकन ...

एक पटक जीवनमा पुग्ने पर्ने गोसाईकुण्ड

img

समुद्र मन्थन गर्दा निस्केको कालकुट विष व्यवस्थापन गरी भगवान शंकर गोसाईकुण्डमा विराजमान ...

घले राजा र धुञ्चे गाउँ

img

रसुवा धुन्चे गाउँको पुरानो नाम दुङल्हाङ हो । दुङल्हाङको अर्थ शङख ठड्याउने ...

राज्यले दिने ३ लाख पाउँने कुरा नितालाई, कागलाई वेल पाक्यो हर्ष न विष्मत !

img

दोलखा बैतेश्वर गाउँपालिका वडा नम्बर ६ नाम्दु खनियाँचौरकी निता घिमिरेको २०७२ सालमा ...

पत्रपत्रिका

सबै