दोलखा भिमसेनलाई पसिना, राष्ट्रलाई खतराको संकेत

फोटो फाइल

चरिकोट । दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा मंंगलबार दिउँसो  पसिना आएको छ ।

दिउँसो २ बजेर ५५ मिनेट  देखि ३:२० सम्म र फेरी ३:५१ देखि  नियमित पसिना आई रहेको भीमेश्वर मन्दिर गुठी तथा  पुर्जा व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार भीमसेनलाई पसिना आएपछि मन्दिर परिसरमा ठुलो संख्यामा स्थानीय भेला भएका थियो । भीमसेनलाई पसिना आएपछि स्थानीयवासी भेला भएर घण्ट र नगरा बजाउँदै कुनै अनिष्ट नहोस् भनेर कामना गर्ने र शिलालाई पँखाले हम्किने चलन छ ।

स्थानीयवासीका अनुसार भीमसेनको शिलामा पसिना आउने क्रम बेलुकासम्म पनि जारी रहेको भीमसेनको शिलामा पसिना आए राष्ट्र, राष्ट्रप्रमुख, सरकार तथा जनतामा अनिष्ट हुने बताइन्छ । स्थानीय हर्क बहादुर श्रेष्ठका अनुसार २०४५ सालको भदौ ४ गते भीमेश्वरको शिलामा पसिना आए लगत्तै भुकम्प गएको थियो । भने २०५९ साल दरवार हत्याकाण्ड  भएको  थियो । 

त्यसपछि भने २०७० साल मंसिर ३० र २०७० सालकै  फागुन १३ गते  पछि अहिले  आज  भिमेश्वरको शिलामा पसिना आएको हो । २०७० सालमा पसिना आएपछि सरकार स्थानीय बासीले क्षमा पुर्जा समेत गरिएको थियो ।

प्रतिकृया दिनुहोस्

सदरमुकाम जोड्ने सडक स्तरोन्नति

img

दोलखाको किरातछाप-काटाकुटी सडक स्तरोन्नतिका लागि प्रदेश सरकारबाट प्राप्त बजेटका उपयोग गर्न उपभोक्ता ...

मृर्गौला रोगी सिङ्तानलार्इ अार्थिक सहयोग

img

कर्णबहादुर तामाङ बचाउ अभियानको सहयोगार्थ संकलित बाँकिरहेको रकमबाट ५७ हजार १ सय ...

रुद्राक्ष बगानको सुरक्षा सीसी क्यामेरा

img

रुद्राक्ष उत्पादनको केन्द्र तथा राजधानी मानिएको चिउरीबोटेमा किसानहरुले रुद्राक्ष बगानमा सीसी क्यामेरा ...

दशैको लागि भोलिदेखि अग्रिम बुकिङ, यस्तो छ नयाँ भाडादर

img

नेपाल यातायात व्यवसायी महासंघले भोलि ९ गतेबाटै अग्रिम टिकट बुकिङ खुला गर्ने ...

मृगौला रोगी दुर्गालाललाई बहाराइनबाट आर्थिक सहयोग

img

दुवै मृगौला रोगी दुर्गालाल तामाङलाई बहाराइनबाट ३२ हजार आर्थिक सहयोग गरेका छन् ...

युद्ध कविता सुन्दा रोए दर्शक-श्रोता

img

नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले बर्सेनि आयोजना गर्दै आएको लोकप्रिय कार्यक्रम ‘अभिव्यक्ति शृङ्खला’को एघारौँ ...

पत्रपत्रिका

सबै