फिचर

कुन्छीकी ‘कृपा घर’को नालेबेली

- पवित्र लामा

काठमाडौ चाहिवेलकी कुन्छी सुनुवारलाई पूरानो दिन कोट्याउदा पछुतो लाग्छ । अब पछुताएर आँखाबाट आशुँ चुहाएर पनि केही हुनेवाला छैन । जीवनका सत्र अठार वर्ष वेहोसीमा विताइएछ । सहपाठी साथीहरुमध्य कोही ओभरडोजका कारण मृत्यु वर्णन गरे नशा निल्थे (ड्रग्स) त्यो समयमा कहिल्यै म पनि यसैगरी मर्छु भन्ने लागेन,विन्दास ढंगले खाइन्थ्यो,कोही सहकर्मी कहाँ पुगे । लाहुरेको छोरी हुँ ? जीवनमा केही कुराको कमी थिएन । जुन कुरा माग्यो बुवा आमाले पुर्‍याइदिनुहुन्थ्यो । बुवा विट्रिस आर्मीको जागीरे ब्रुनाईमा कार्यरत हुँदा म जन्मिए काठमाडौमा हुर्किए सायद वुवा आमालाई लागेको हुँदो हो छोरीलाई होस्टलमा राख्यो भने राम्रो पढ्छे । घर परिवारको नाम राख्छे, सानै उमेर देखि होस्टलमा बिताइयो ।

सनसाइन बोर्डिङ हाइस्कुलमा पढ्दै देखि होस्टलमा बसियो स्कुल परिवर्तन भइरह्यो, होस्टल पनि फेरिरह्यो,पढाईमा एभरेज थियो  तर पढाईको अलवा नृत्य कराँते लगायतका बाह्य विषयहरुमा अगाडि नै थिए,यी विषयमा खुबै सक्रिय भएर लाग्दथे । तर त्यो समयको होस्टलको बसाई मेरा लागि निकै महंगो साबित भयो। 

म स्वतन्त्रता चाहन्थे होस्टेलमा बन्दीको झैं जीवन बिताउनु पर्थ्यो,त्यसै क्रममा २०५२ सालमा एसएलसी परीक्षा दिए,त्यसपछिको खाली समय भर्खरै होस्टलबाट निस्कन पाएको स्वतन्त्रता खोज्दै हिडिरहेको व्यक्ति झण्डै १५ वर्षको किशोरी त्यसमाथि सानै देखि भिन्न  स्वभावकी केटी आफुलाई केटा जस्तो हुनुपर्ने अर्थात हिरोजम देखाउनुपर्दथ्यो नयाँ नयाँ बस्तु प्रयोग गरिरहने अरुले खाएका÷नखाएका चीज स्वादहरुमा रमाउने मनमा एक खालको कौतुहल्या/जिज्ञासा लिइरहने । आफू मतवाली जात जाँड रक्सि खाइरहने । 

बुवा आमाको दायित्व सन्तानलाई पैसा होइन माया र हेरचाह गनुपर्दछ। किशोर अवस्थामा बिग्रीने,भत्किने समय रहेछ, एसएलसी दिएपछिको खाली समयमा  केटाहरुसँग बाक्लै उठबस हुनथाल्यो, आफू लाहुरेको छोरी भएका कारण सम्पन्न केटाहरु संगत हुन्थे ति नै सबरेका बाबुको बिग्रेको छोराले सिकाए मलाई चुरोट तान्न देखि ड्रग्स लिनसम्म जीवनमा उच्च शिक्षा अध्ययनका लागि उनले युनिभर्सल साइन्स कलेज रोजे तर पढाईमा ध्यान थिएन,पछि फेरि शारदा एकेडेमीमा भर्ना भए दुइवटा कलेजमा भर्ना गरे तर उच्च शिक्षा हासिल गर्न सकिन्न ऊनीले त्यही बीचमा ड्रगिस संग माया बस्यो विवाह पनि स्वतन्त्र रुपमा अकाशमा उडिरहेको चरा अचानक् सुनको पिँजडामा थन्किएको जस्तो भयो सोच्दथे फिल्मी टाइपले उस्लाई हिरो देख्थे,पछाडिको बास्तविकता नबुझीकन, विवाह बन्धनमा बाधिँए पश्चात् मेरो स्वतन्त्रता खोसियो सासु ससुरालाई रिसाउन पर्ने,आफन्तको मन राख्नुपर्ने त्यो बेला म इगोले भरिएको थिए,मान्छेहरु किन विवाहलाई बन्धन भन्दा रहेछन भनेर सासु ससुर लाहुरे विवाहको केही वर्ष पछाडि श्रीमान पनि बिदेशिए  पैसा पठाउथे  मनमौजी गर्दथे दुई छोराका आमा भैसकेकि थिए तर ऊनी आफ्नै संसार थियो छोरा जन्माए पनि जिम्मेवारी लिएकोj थिइन ती दुबै बच्चालाई ऊनको आमाले नै हुर्काउनु भयो । ड्रग्सका कारण धेरै हण्डर,ठक्कर खाइरहेका ऊनीकी विवाह गरेको १५ वर्षसम्म श्रीमान विदेश जाने÷आउने गरिरहे  सबैथोक भएपनी मनमा खुसी थिएन त्यसै क्रममा तीन वर्ष अगाडि समझदारीमै सम्बन्ध विच्छेद गर्‍यो ।

हरेक मान्छेले जीवनमा एउटा ठक्कर खान्छ । त्यही ठक्करले परिवर्तन हुन्छ, उनको जीवनमा पनि यस्तै हावाहुरी आयो,त्यही हावाहुरीको बेग्ले उनलाई सुधारिएन मात्र अरु छोरी चेलीलाई पनि सुर्धान तल्लीन गराए २ वर्षको यो अवधीमा देखेको रिह्याबमा यति धेरै रिस्क छ । २४ सै घण्टा चनाखो हुनुपर्दछ । एकातिर गएर हात काटिदिने वा अर्काेतिर गएर झुण्डिने हो कि भन्ने चिन्ताले सताइरहन्छ ? आफैं फसिएला भन्ने डर छ । त्यसमाथि दुईवटा बच्चाहरुको लालन पालको जिम्मेवारी काँधमा एउटा छोरा १९ वर्ष र कान्छो १६ वर्षको  अरुका छोरी चेलीलाई सुर्धानका लागि भनेर लागेको छु आफ्नै बच्चालाई पनि ट्रयाकमा हिडाउनु छ अहिलेका बच्चालाई जोगाउन धेरै गाह्रो छ । उनी भन्छिन् 

हाल रिकभरी नेपाल नामक संस्थामा आवद्ध उनले संस्था भित्र पुरुषवादी चिन्तन हावी भएको र महिलाको सवालमा आफु बोल्न खोज्दा मुखमा बन्द गर्न खोजिन्छ म कसैको विरुद्धमा छैन तर जुन सिष्टममा रिकभरी नेपाल चलिरहेको छ सो को खिलाफमा छु,भनिएको छ ३३ प्रतिशत महिला सहभागिता तर संस्थामा दुई जनाभन्दा महिला छैनन  कहाँबाट कति फण्ड आँउछ,कहाँ कसरी खर्च गरिन्छ पारदर्शि हुदैन । रिकभरी नेपालका अध्यक्ष हुन विष्णु फुँयाल । जहाँ ड्रग्सका शिकार भएकाहरुको सुधारका लागि विदेशी दाताहरुले दिएको रकम फण्डिङ मिसयूज भएको छ । रिकभरी स्थापना भएको यतिको वर्षसम्म के काम भयो खै ?काम कागजमा मात्र देखाउने ? कुलतमा परेकाहरुका लागि भनेर दाताहरुले कोटा छुटाएका हुन्छ । त्यो कोटामा को जान्छ ? त्यो पनि पारदर्शिता छैन । यस्ता धेरै अनियमितताहरु छन । सुध्रिन पर्नेहरु नसुध्रिने अनि संस्था खोल्नेहरुमात्र मोटाउने परिपाटीको अन्त्य हुनुपर्दछ । अबको मेरो लडाई यो पनि सँगसँगै जोडिएको छ उनी भन्छिन् ।

थुप्रै रिह्याब सेन्टरमा पुगे पनि सेन्टरमा बसुन्जेल सुध्रिन्थे ,त्यहाँबाट फर्किए पछाडि फेरि उही नशामा डुबिहाल्थे रिह्याब सेन्टरमा एक वर्ष बसेर सुध्रिए पछाडि मैले आवाज आवाज नामक संस्थामा जोडिए जुन महिलाकै हक हितमा काम गर्ने संस्था थियो । तर पछाडि सो संस्थामा कार्यरत रहँदै गर्दा त्यहाँ आउने क्लाइन्ट संगै गएर खान थाले । म जति जति भाग्थे उति उति ड्रग्सले पछ्याइरहन्थे । यसरी सुध्रिएको मान्छे फेरि कुलतमा फसे पछि काममा जान लाज लाग्यो । चार वर्ष गोदावरीमा आफ्नै कृषि फार्म चलाए । राम्रै पैसा कमाइयो । फेरि पनि नशामा डुबिसकेको थिए । त्यहाँबाट बाहिर आउनुपर्दछ भन्ने चाहिँ एक मनमा लागिरहन्थ्यो । २ वर्ष अगाडि टिआरजी फिमेल रिह्याब सेन्टरमा बस्न गए । त्यो त्यही रिह्याब सेन्टर थियो जस्लाई म आफैले काउन्सिलिङ गरेर सुधारेको थिए । यसरी आफैले सुधारेका बहिनीहरु नै चलाएको रिह्याब सेन्टरमा बस्दा मेरो दिमाग क्लिक भयो । ओहो रिह्याबमा बस्दैमा कोही पत्रु नै भएको भन्ने होइन रहेछ । परिवर्तन सभ्भव रहेछ । त्यो मेरो परिवर्तनको समय थियो । त्यहाँ एक वर्ष भोलियन्टर बसे । एक वर्ष पछाडि सत्यम रिह्याब सेन्टरमा पुगे त्यहाँ पुग्दा पुरुष सञ्चालक रहेको रिह्याव सेन्टरमा महिला ड्रग्रिष्टहरु आएको भेट्थे लाग्थ्यो, महिलाको समस्या पुरुषले बुझ्न सक्दैनन् । त्यही एक वर्ष रहँदा लाग्यो महिलाका नाममा तीनका हक हितका लागि छुट्टै रिह्याव सेन्टर चाहिन्छ म खोल्छु ।

एक वर्ष पश्चात् त्यहाँबाट निस्केर नारायणस्थानमा पाँच लाख रुपैंया लागतमा कृपा घर महिला रिह्याब सेन्टर खोलेको र हाल उक्त सेन्टर खुलेको दश महिना भएको ऊनी बताउछिन् सेन्टरमा ५० जना महिलाहरु सुध्रने क्रममा छन । झण्डै १२० महिलाहरुले ट्रिटमेन्ट लिइसकेका रिह्याब सेन्टरमा अधिकांश विवाह भएको र वच्चा भएको महिलाहरु धेरै आउने  तर एक पटक रिह्याब सेन्टरमा ल्याइएको छोरी चेलीलाई तिनका अभिभावक लोग्नेले नै घर लान मान्दैनन् आफ्नो बुवा आमाले नै इज्जतको डरले छोरी÷चेलीलाई घर लान लाज मान्छन भने लोग्नेको त परको कुरा भयो । हाम्रो रिह्याबमा रहेका ७ जना महिला छन । जस्लाई इज्जतको डरले घर परिावरले घर लान इन्कार गर्दै आएका छन । जब आफ्नै बुवा आमाले छोरी चेलीलाई केही विक्रीको सामानजस्तो व्यवहार गर्दछन भने अरुले के व्यवहार गर्लान ? पछिल्लो समय ड्रग्स ट्यावलेटको प्रयोग गर्नेमा किशोरीहरु फस्दै गएका छन । १४ वर्षबाट माथिका किशोर-किशोरीहरु यस्तो सेवानमा संग्लग्न रहने गरेको एक तथ्यांकले बताएका छन् ।

प्रतिकृया दिनुहोस

शैलुङबाट देखिने सुर्याेदय र सुर्यास्तको मनोरम दृश्य (फाेटाे फिचर)

काठमाडाैं । दोलखा र रामेछाप जिल्लाको सीमामा अवस्थीत शैलुङ समुन्द्र सतह देखि ३१४५ मिटरहको उचाइमा रहेको...

आमादब्लममा सैलुङको सान (फोटोफिचर)

काठमाडौं । पाँच पटक सगरमाथा आरोहित ताप्लेजुङका मिङ्मा शेर्पाले सैलुङअनलाइनलाई हिमालको उच्चमा पुर्‍याएर फहाराइएको छ...

मुहार फेर्दै भुकम्पले थलिएकी शारदा

काभ्रे । २०७२ वैशाख १२ गते गएको विनाशकारी भुकम्प र त्यसपछि आईरहेका पराकम्पनका कारण पुर्ण...

सिन्धुलीगढीको २५० औं विजयोत्सव भव्य (फोटोफिचर)

काठमाडौं । ऐतिहासिक सिन्धुलीगढीमा तत्कालीन ब्रिटिस कम्पनीको सेनालाई पराजित गरेको दिनको सम्झनामा सिन्धुलीगढीमा २५० औं...

एभिएसन म्युजियम सञ्चालन (फोटोफिचर र भिडियो)

काठमाडाैं । उड्डयन क्षेत्रको जानकारी दिने उद्देश्यसाथ नेपाल मै पहिलो एभिएसन म्युजियम सञ्चालनमा ल्याएको छ...

चम्ल्याहाका दिनचार्य

मकर श्रेष्ठ । कान्तिपुर । काठमाडौं । यी हुन् प्रणय हर्ष, प्रशन्न हर्ष, प्रतीक हर्ष...