किसानका समस्या मोबाइल एप्समै

पाँचथरका अदुवा कृषकहरुको समस्या मोवाइल एपबाटै प्राप्त हुने भएको छ । राष्ट्रिय कृषक महासंघ पाँचथर शाखाले फिदिममो मोवाइल डाटावेश सम्बन्धि २ दिने तालिम दिइएको छ । तालिम पश्चात अब कृषहरुले अदुवाका समस्याहरु सधैे सरोकारवाला निकायमा पुर्‍याउने भएका हुन् ।

जिल्लामा २८ जना अदुवा किसानहरुसंग गरीएको तालिममा अदुवामा देखा परेकासमस्यालाई राष्ट्रिय स्तर सम्म उठान गरी वहस र पैरवी गर्न सो तालिम दिइएको हो । मोवाइल एप्सको माध्यमबाट अदुवामा निति तथा त्यस्ता समस्या समाधान गर्ने उदेश्यले पाँचथरमा पहिलो पटक अदुवा कृषकहरुलाई तालिम दिइएको कृषक महाँसंघ पाँचथरका कार्यक्रम संयोजक तिवेन्द्र खतिवडाले बताउनु भयो ।

उन्नति समावेसि वृद्धि कार्यक्रम अन्तर्गत मेची र कोशिका ७ जिल्लामा संचालित मुल्य सृङखला अभिवृध्दि कार्यक्रमले किसानका समस्या र चुनौतिहरुको अध्ययन गर्न मोवाइल एप्स फलदाई हुने उनले बताए ।  त्यस्तै उत्पादन र उत्पादकत्व वढाउन दिगो र व्यवसायीक खेतीका लागि सहज हुँने बताए ।

कार्यक्रममा सहजकर्ता लोकप्रिय खनालले जिल्लाको प्रमुख नगदेवालीको रुपमा स्थापित अदुवाखेतीलाई मोवायलमै तथ्याङक संकलन गर्न सकिने यो एप प्रविधिलाई कृषि र किसान सम्म जोड्न मद्दत गर्ने बताए ।

अब किसानको बारीबाटै सर्वर मार्फत समस्या सरोकारवाला निकाय सम्म पठाउन सकिने उनले बताए । मोबाइल एप्सको माद्यमवाट किसानको वारीवाटै कागजलेस प्रविधिको प्रयोग गरेर समस्या सुल्झाउने यो एप्सले ठुलो भुमिका खेल्ने बताए । 

पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष मित्रप्रसाद काफ्लेले देशको आर्थिक क्रान्तिका संवाहक किसानहरुको कृषि कर्मप्रतिको राज्यलेनै आत्मासाथ गर्नु पर्ने बताए । उनले यस्ता खाले आधुनिक प्रविधिले परम्परागत खेती प्रणालीमा सुधार आइ किसानहरुमा नयाँ जोस र जाँगर अभिवृद्धि हुने वताए ।  

कृषकहरुको उत्पादन र वजारीकरणका समस्याहरु समाधानमा यस्ता खालका प्रविधिहरु फलदायी हुने जिल्ला कृषि विकास कार्यालयका वालि संरक्षण अधिकृत सागर विष्टको भनाई थियो । यस्ले सरोकारवालाहरुसंग नितिनिर्माणको तहमा समेत प्रभाव पार्ने उनको भनाई थियो ।

जिल्लाका एकहजार कृषकहरुका घरघुरीमा मोवायल एप प्रयोग गर्ने तयारी भएको कृषक महासंघका अध्यक्ष गणेश पोख्रेलले बताएका छन् । महाँसंघले आधुनिक प्रविधिको प्रयोगलाई कृषिमा आधुनिक खेति प्रणालिमा केहि सुधार ल्याउने प्रयास भएको उनले बताए ।

प्रतिकृया दिनुहोस

टेलिकम ल्याए ग्राहकलाई ‘फ्रिडम प्याक’

img

प्रजातन्त्र दिवसका अवसरमा नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि ‘फ्रिडम प्याक’ उपलब्ध गराएको ...

गुगल क्रोममा अनलाइन विज्ञापन ब्लक हुने

img

गुगलले आफ्नो क्रोम ब्राउजरमा अनलाइन विज्ञापनलाई ब्लक गर्नसक्ने सुविधायुक्त फिचर थप गरेको ...

टेलिकमले प्रिपेड ग्राहकलाई सापटी दिने

img

नेपाल टेलिकमले प्रिपेड ग्राहकका लागि ब्यालेन्स सापटी दिन सुरु गरेको छ । नेपाल ...

उपराष्ट्रपति पुनले उद्घाटन गरे अन्तर्राष्ट्रिय प्रिन्टिङ एण्ड फोटोग्राफी एक्स्पो

img

उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको हरेक राजनीति परिवर्तनमा फोटो पत्रकारको अग्रणी भूमिका रहेको ...

बेग्गल्याबसद्वारा होमि नोटको घोषणा

img

शान्तिराज राई काठमाडौ। -नेपाली युवाहरुले नयाँ सामाजिक संजालको निर्माण गर्ने भएका छन् । नयाँ-नयाँ ...

विज्ञान तथा प्रविधिमा २०१७

img

अंग्रेजी क्यालेण्डरको वर्ष २०१७ मा विज्ञान तथा प्रविधिको क्षेत्रमा धेरै काम भए, ...

पत्रपत्रिका

सबै