अन्तर्वार्ता

म्हेनिङ ताम्सालिङ निर्माणको अाधार पनि हाे

म्हेनिङ तामाङको मौलिक पहिचानको एउटा कोशेढुङ्गो हो ।

काठमाडाैं । तामाङ सांस्कृतिक पर्व ‘म्हेनिङ’ सम्बन्धी पुस्तक सार्वजानिक भएको छ । पुस्तक एस.सी.आर.सी.द्वारा प्रकाशित पुस्तकको सह-प्रकाशक भने बलराज तामाङ पाख्रिन गरेका छन । यसै शिलशिलामा यसै पुस्तकका लेखक खोजराज गोलेसंग सैलुङअनलाइनका पेमा मोत्तान र सन्तोष तामाङले म्हेनिङ पुस्तक सम्बन्धी रहेर गरेका कुराकानी यस प्रकार छन ।

म्हेनिङ पुस्तक के, किन र कस्तो हो ?

'म्हेनिङ’ भनेको तामाङको महान् पुर्खाले स्थापना गरी राखेको पहिचानमूलक पर्व अनि तामाङ क्यालेण्डरमा अङ्कित नवौं महिनाको नाम हो । पुस्तकमा चाहिँ, सोही म्हेनिङ पर्वसँग सम्बन्धित तथ्य, म्हेनिङको अर्थ र महङ्खवलाई समेटेको छु । म्हेनिङको ऐतिहासिक पक्ष, नश्लीयता, म्हेनिङमा देखिएका विवाद पनि यो पुस्तकमा राखेको छु । त्यस्तैगरी म्हेनिङ र दशैँको बीचमा रहेका फरकलाई स्पष्ट पार्ने प्रयास गरेको छु । साथमा, म्हेनिङको पक्षमा उठेका अभियानहरूलाई पनि उल्लेख गर्ने प्रयास गरेको छु ।

तामाङले म्हेनिङलाई छोड्न थालेको देखेँ । मैले पछि छोड्ने प्रयास गरेँ । स्नातक तहको थेसिस लेख्ने क्रममा झल्ल्याँस्स भएँ । खोज्दै जाँदा दशैँ भन्दा धेरै अघिदेखि प्रचलनमा रहेको तामाङ पर्व भन्नेमा स्पष्ट भएँ । अब समाजलाई सही सूचना दिनुपर्छ भन्ने लागेकोले पुस्तको आकारमा ल्याएको हुँ ।

 तामाङले म्हेनिङलाई छोड्न थालेको देखेँ । मैले पछि छोड्ने प्रयास गरेँ । स्नातक तहको थेसिस लेख्ने क्रममा झल्ल्याँस्स भएँ । खोज्दै जाँदा दशैँ भन्दा धेरै अघिदेखि प्रचलनमा रहेको तामाङ पर्व भन्नेमा स्पष्ट भएँ । अब समाजलाई सही सूचना दिनुपर्छ भन्ने लागेकोले पुस्तको आकारमा ल्याएको हुँ ।

साँच्चै तामाङको हो र म्हेनिङ ?

म्हेनिङ भनेको- तामाङको महान् पुर्खाले हाम्रै निमित्त निर्माण गरेर राखेको नासो हो । सैद्धान्तिक रूपमा यहाँको हावापानीमा आफूलाई अनुकूलित गर्ने रणनीति हो । प्राकृतिक स्रोत साधन उपयोग गर्ने तौरतरिका वा नीति पनि हो । पुर्खाको सम्झना गर्ने बेला हो । वास्वतमा अन्नबाली भित्र्याएको र भित्र्याउने क्रममा सफलताको जश पुर्खालाई दिँदै उहाँहरूप्रति कृतज्ञता ज्ञापन गर्ने अवसर (चाड) हो । हिन्दूको प्रवेश हुनुभन्दा धेरै अगाडिदेखि प्रचलित पर्व हो । हिन्दूको प्रवेशपछि ओझेलमा परेको र छयालीसको परिवर्तनपछि कतिपय तामाङद्वारा नै काउसो मानेको पर्व हो । साँच्चैमा, तामाङको मौलिक पहिचानको एउटा कोशेढुङ्गो हो । त्यसैले यो केवल तामाङको महान् पर्व हो । हिन्दू होइनौं भन्ने प्रमाण हो ।

म्हेनिङ र दशैँको समानता र फरक के हो ?

म्हेनिङ र दशैँमा केही समानता छन् । यी दुवै एउटै समयमा पर्छन् । दुवैले पितृलाई सम्झन्छन् । यत्तिकैमा यी दुवै एउटै भन्ने भ्रम परेको छ । वास्तवमा नितान्त फरक पर्व हुन् । हिन्दूले शक्तिको पूजा गर्छन् । अन्त्यमा शत्रुपक्षको हत्या गरी तिनैको रगतको टीका लगाएर विजयोत्सव मनाउँछन् । नवदूर्गाको महिमा गाउँछन् । तर, तामाङमा त्यस्तो छैन । हिन्दूले जस्तो दिवङ्गत पितालाई श्राद्ध दिने होइन । तामाङले दिवङ्गत सम्पूर्ण म्हेमेहरूका नामावली (म्हेमेदङ/तङ) वाचन गर्छन् । यो वर्षको फसल सफल भएको तपार्इँ पुर्खा, झयोहो, झयोमो, नेदा र सिप्दाका कारण हो भन्दै; उहाँहरूप्रति कृतज्ञता ज्ञापन गर्दछन् । यहाँ कसैको हत्या गरेको हुँदैन । त्यसैले विजयोत्सव हुँदैन । रातो टीका लगाउँदैनन् । यो प्रकृतिपुजकको पहिचान हो । भूमि र पर्यावरणसँग गाँसिएको नातासम्बन्ध हो ।

त्यस्तैगरी खाद्य संस्कृति, सैद्धान्तिक साथै दार्शनिक पक्षलाई हेर्ने हो भने पनि आकाश पातालको फरक देखिन्छन् । दशैँ भनेको हिन्दूको हो । म्हेनिङ तामाङको हो । दशैँ नै म्हेनिङ र म्हेनिङ नै दशैँ होइन । कसैले एउटै हो भन्छ भने, त्यो त हिन्दूलाई मात्र प्रवेश भनेर पशुपतिमा सम्पूर्ण नेपालीलाई छिराउने अनि हिन्दू भनेर देखाउनेहरूको दुष्प्रचार मात्रै हो । दशैँ युद्धको उन्मादी हो । म्हेनिङ चाहिँ भूमिपुजन तथा भूमिपुत्रको प्रमाण हो । त्यसैले आफ्नोलाई चिनेर अँगाल्ने अवसर हो म्हेनिङ !

म्हेनिङ मान्दा के हुन्छ अनि नमान्दा के ?

म्हेनिङ मान्नाले तामाङ भन्ने प्रमाणित हुन्छ । वास्तविक भूमिपुत्र भन्ने दावी ठहर हुन्छ । तामाङले हामी को हौं भनेर बुझ्नका लागि को होइन रहेछौं भन्ने बुझ्ने अवसर प्राप्त गर्नेछ । तामाङ भावना र एकतामा अभिवृद्धि हुनेछ । ताम्सालिङको आधारहरू अझै बलिया हुनेछन् । अन्यभन्दा बेग्लै राष्ट्र (आदिवासी) हो भन्ने स्पष्ट हुनेछ । ताम्सालिङका लागि एक प्रकारको दबाब हुनेछ ।

यदि कसैले म्हेनिङ मान्दिनँ भन्छ भने कर गर्न मिल्दैन । नमानेमा तामाङको पुर्खाका नामावली (म्हेमेदङ/तङ, फरप, लरप आदि) बिर्सँदै जानेछ । तामाङ खाद्य संस्कृति अनि यहाँको हावापानीमा अनुकूलित हुने तामाङ सञ्ज्ञान समाप्त हुनेछ । भूमि र संस्कृतिबाट अलग हुनेछ । ताम्सालिङको आधार सकिनेछ । तामाङको भाषा र संस्कृति कमजोर हुँदै गएपछि अन्ततः तामाङलाई कुनै अर्को धर्म संस्कृतिमा विलीन पार्नेछ । 

अन्त्यमा के भन्नुहुन्छ ?

आफ्नो पुर्खालाई चिनौं । विगतमा हिन्दू राज्यसत्ताले घोकाएको पाठ छोडौं । आफ्नै तामाङ पाठको लागि इतिहास लेखनमा लागौं । तामाङलाई चिन्नुछ । तामाङ चिन्नलाई सर्वप्रथम तामाङले तामाङ भनेको को होइन भनेर चिन्नैपर्ने हुन्छ । जुन दिन तामाङले तामाङ भनेको यी यी कारण यो (हिन्दू) होइन भनेर सांस्कृति, भाषिक पहिचानसहित चिन्नेछन्; तब मात्रै तामाङले वास्तविक तामाङलाई चिन्नेछन् । त्यसैले, आफ्नो मुहारलाई म्हेनिङमा खोजौं । पुर्खाको रगत र पसिनालाई चिनौं । दशैँ होइन म्हेनिङ भनेर स्वीकार गरौं ।

प्रतिकृया दिनुहोस

जापानमा नेपाली विद्यार्थीहरुको जीवन कष्टकर छ : अमिक घिसिङ

(रोजगारीको सपना बोकेर अध्ययन भिषामा जापान छिरेका नेपाली युवाहरु जपानका विभिन्न सहरहरुमा संघर्षरत छन् ।...

‘यस पटक संसारभरका एनआरएनको समर्थन मलाई’ 

- खगेन्द्र क्षेत्री, एनआरएन उपाध्यक्ष उम्मेद्वार (खगेन्द्र क्षेत्री गैरआवासीय नेपालीमाझ सुपरिचित नाम हो । गैरआवासीय नेपाली संघ...

चाडवाडमा जुवा, तास खेल्ने र अपराधिक गतिविधि गर्नेलाई छोडिन्न : एसपी थापा

दशैतिहारमा अपराधिक कार्य र सुरक्षा सम्बन्धि जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी सहकुलबहादुर थापासंग सैलुङअनलाइनका लागि राजकुमार...

मोफसलमा कार्यक्रम गर्नु फलामको चिउरा चपाउनु हो : किरण अधिकारी

सुन्दरादेवी म्युजिक अवार्ड भर्खरै सम्पन्न भएको छ । मोफसलमा सम्पन्न अवार्डमा विभिन्न २१ विधाका स्रष्टलार्इ...

संस्कृतिसम्बन्धी सिनेमाको अन्तराष्ट्रिय बजार सम्भव छ : नायक गोपीलाल तामाङ

काठमाडाैं । नायक गोपीलाल तामाङको अहिले आफ्नै लेखन, निर्माण र निर्देशन रहेको तामाङ कथानक चलचित्र...

‘अन्र्तजातीय विवाहो मुद्दामा न्याय दिएकी छु’

विद्यार्थीकालदेखि राजनीतिमा सक्रिय रहनु भएका सीता पराजुली खड्का नेपाली कांग्रेस जिल्ला कार्यसमिति नुवाकोटका सदस्य हुँदै...