स्वर भए क्लासको जरुरत नहुँदो रहेछः देशु गोले (भिडियो)

काठमाडौं । जीवन एक यात्रा हो । कहिले सुःखद यात्रा, कहिले दुःखद यात्रा । यहि सुःख र दुःखको यात्राले मानिसलाई हतियार बनाएर भोग्छ । सुःख र दुःखको यात्रामा यहि समाजभित्रका एक खाले मानिसहरुको नियति नै बन्न पुगेको छ । जीवनका यहि सुःख दुःखका नियतिहरुले मानिसलाई गीतसंगीत सिर्जना गर्न प्रेरणा प्रदान गर्दाे रहेछ । यहि गीतसंगीतले मानिसलाई दुःखका पिडा भुलाउन र सुखानुभुति गराउन मद्दत गरेका छन् । त्यसैले त गीतसंगीत सुःख र दुःखमा आममानिसको जीउने सहारा बन्न पुगेको छ भन्दा केही फरक नपर्ला ।

त्यहि एक दिनको फोनिन कार्यक्रमले उनलाई जीवनमा पछाडि फर्कन प्रेरित गर्यो ।

गीतसंगीत विनाको जीवन अर्थहिन नै हुन्छ । गीतसंगीतको यहि मोहले नै होला सायद जीवनको उत्तरार्धमा समेत आफूमा रहेको अन्तरनिहित प्रतिभालाई अगाडि बढाउन लागि परेकी छिन् देशु गोले (देशकुमारी गोले) ।

देशु गोले आमा लक्ष्मी कुमारी तामाङ र बुबा रामबहादुर तामाङको पहिलो सन्तानको रुपमा भोजपुर खाताम्छा भन्ने ठाँउमा जन्मिएकी थिइन । उनका पाँच भाइ र एक वहिनी छन् ।  कक्षा ३ सम्मको पढाई गाउँकै स्कुलमा पढेकी देशुले कक्षा चार भने दिङला बजारमा पढेकी थिइन् । सपरिवार दिङला बसाईंसराईपछि उनको चार कक्षाको पढाइ दिङला बजारमा प्रराम्भ भयो । कक्षा चार सकाउन नपाउदै उनी २०४० सालमा दिङलाबाट हङकङ पुगिन् । उनको बुबा हङकङ लाहुरे हुनुहन्थ्यो । हङकङमा चार र पाँच कक्षा पढेकी देशुले फेरी नेपाल फर्कि दिङलाबजारमा स्थित स्कुलमा कक्षा ६ मा भर्ना भइन् । कक्षा ६ सकाउन नपाउदै चौंध वर्षको कलिलो उमेरमा नै उनको हङकङ लाहुरे पदम थिङ तामाङसंग विवाह भयो । विवाह पश्चात पुनः उनी हङकङमा नै पुगिन् ।

हङकङ बसाइ परदेशी आमनेपालीहरुले जस्तै दैनिकीहरुमा कहिले सुखमा रम्दै कहिले कहिले दुःखसँग पैठोजेरी गर्दै गुजार चलाइ रहे देशुले । उनी १८ वर्षको उमेरमा पहिलो सन्तानको आमा बनिन् । छोरी सर्मिलाको लालनपालनमा रमिरहेका देशुुले एक दिन हङकङबाट नै संचालित रेडियो फोनिन कार्यक्रम सुन्न पुगिन् । हो त्यहि एक दिनको फोनिन कार्यक्रमले उनलाई जीवनमा पछाडि फर्कन प्रेरित ग¥यो । रेडियो कार्यक्रममा उनले “तिरिरि मुराली बज्यो बनैमा” भन्ने बोलको गीत गाएका थिए । कार्यक्रममा गाएको गीतले उनको परिवार, साथीसङ्गी तथा समाजमा उनको नयाँ परिचय स्थापना भयो । तत्पश्चात उनको नातागोता तथा साथीहरुबाट गीतसंगीतमा लाग्न तथा गीत रेकर्ड गर्न अनुरोध आएको देशु बताउँछिन् । तर बच्चा सानै भएकाले र पारिवारिक अन्य कारणहरुले सो अनुरोधलाई पुरा गर्न सकिनन् । कहिले पारिवारिक सुख त कहिले बालबच्चा सानो भन्दै आफ्नो प्रतिभालाई लुकाएर नै दैनिकीहरु अगाडी बढाइ रहिन् ।

सैलुङअनलाइनमा भलाकुसारी गर्दै देश गोले

यसरी हङकङ, नेपाल अनि मकाउ हुदै देशु २००५ मा सपरिवार युके पुगे । युकेमा विभिन्न नेपाली समाजहरुले समयसमयमा विभिन्न कार्यक्रमहरु गरिरहन्थ्यो । त्यहि सिलसिलमा  करिव एक वर्ष अगाडि तामाङ ल्होछार कार्यक्रममा उनलाई गीत गाउन अनुरोध आयो । कार्यक्रममा उनले नारायण गोपालको “केही मिठो बात गर” भन्ने गीत गाइन् । उनको गायिकीलाई त्यहाँ उपस्थित सवैले मन परायो । सवैले हौसाला दिइन् । तत्पश्चात विस्तारै उनी गीत रचना तथा गाउन थालिन् ।

अहिले परिवारको साथ सहयोगले उनले एक दर्जन गीत गाइसकेकी छिन् । उनले आफ्नै शव्द र रचनामा “तिमीसँग बोल्दैमा”, “सायद मलाई बनायो होला दैवले पनि” लगायतका गीतहरु ल्याइसकेकी छिन् ।

उनले अहिलेसम्म गीतसंगीतको कुनै पनि क्लास लिएकी समेत छ्रैन । उनी भन्छिन स्वर छ भने कुनै क्लासको जरुरत हुँदो रहेनछ । बाल्यकालमा गाउँघरमा मेलापात जाँदा, घास दाउरा गर्दा, पूजापाठ हुँदा र विभिन्न मेलाहरुमा गाउँदागाउँदै स्वर खुलेको उनी बताउँछिन् ।
उनी छिट्टै तामाङ भाकाको गीत गाउँदै छिन् । “फापारवारी छोडेर भागी जाउँ” भन्ने गीतको बोलमा गाउन लागि परेकी छिन् । आफ्नो पहिचान र संस्कृति विकासमा टेवा पुगोस् भन्ने उद्देश्यले उनले तामाङ भाकाको गीत गाउन लागेको बताइन् ।

अब उनी बाँकी जीवन गीतसंगीतमा नै विताउने उद्देश्यका साथ लागि परेकी छिन् । उनको पहिलो म्युजिक भिडियो बजारमा आइसकेको छ । उनले आफ्नो म्युजिक भिडियो आफ्नै युट्युव च्यानलबाट बजारमा सार्वजनिक गरेकी छन् ।

नयाँ भिडियो

प्रतिकृया दिनुहोस्

करातेको उन्नयनमा सरिता

img

नेपाली खेलक्षेत्रमा आफ्नो कलाकौशल प्रस्तुत गरिरहेकी छन् सरिता सापकोटा । महिला भएर ...

हिंसा, बलत्कार बढ्दै जानुमा कसलाई जिम्मेवारी ठान्ने ?

img

दिनानुदिन महिला हिंसा घटना बढ्दै जानुमा कसलाई जिम्मेवारी ठानी सरकार पुरुषत्व परिवार, ...

तरकारी खेतीबाट धनकुटाका लाक्पाको मनग्य आम्दानी

img

धनकुटाको छथर जोरपाटि गाउँपालिका वडा नम्वर १ फलैचाका लाक्पाछेति शेर्पा कुनै समयमा ...

पर्यटन विकासमा पासो बन्दै कच्ची सडक

img

विश्वको पाँचौं अग्लो मकालु हिमालदेखि विश्वकै सबैभन्दा होचो अरुण उपत्यका, सभापोखरी, पाँचपोखरी, ...

सोझा अति माझी जाति

नेपाल जनजातिको दृष्टिकोणले अन्य राष्ट्रको तुलनामा धनी रहेको छ । परम्परादेखि आफ्नै रीतिरिवाज, संस्कृति र संस्कारहरूको अनुसरण गर्दै आ–आफ्नो जातित्वको पहिचान गरी राष्ट्रलाई नै सिंगारिएको छ । नेपालमा रहेको अनेकन ...

एक पटक जीवनमा पुग्ने पर्ने गोसाईकुण्ड

img

समुद्र मन्थन गर्दा निस्केको कालकुट विष व्यवस्थापन गरी भगवान शंकर गोसाईकुण्डमा विराजमान ...

पत्रपत्रिका

सबै