नाडा अटो शोमा अवलोकनकर्ताको भीड (फोटो फिचर)

काठमाडाैं । नाडा अटो शो को पाँचाैं दिन शनिबार काठमाडाैंमा अवलोकन गर्नेको भीड निकै बढेको थियो ।

एकै ठाउँमा पैठारीकर्ता, डिलर, उत्पादक, विक्रेता एवं ग्राहकको जमघट गराई सवारीसाधन र सम्बन्धित क्षेत्रको विकास, बजारीकरण गर्ने उद्देश्यले आयोजित नाडा अटो सो मंगलबारदेखि सुरू भएको हो ।  

नाडा अटोमोबाइल एसोसिएसनले प्रत्येक वर्ष दसैँअगाडि आयोजना गर्दै आएको सवारीसाधन तथा त्यसका औजार र सरसामानको प्रदर्शनी अटो सोको बाह्रौँ शृंखला भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले उद्घाटन गरेका छन् ।

आयोजकका अनुसार सर्वसाधारणको आकर्षण बढ्दै गइरहेको छ । सहभागीको संख्याबाट आफूहरू उत्साहित भएको प्रदर्शनी आयोजकले जनाएको छ ।

यो मेलामा यसपटक विभिन्न ४१ वटा कम्पनीहरुले आफ्ना पछिल्ला उत्पादनहरुलाई प्रस्तुत गरेका छन् । यसपटकको मेलामा १६ वटा ब्राण्डका चार पाङ्ग्रे, १९ वटा ब्राण्डका दुई पाङ्ग्रे र ६ वटा ब्राण्डका हेभि कमर्सियल सवारी साधनहरुले सहभागिता गरेका छन् । यो वाहेक सवारी साधनलाई चाहिने विभिन्न एसेसरीजका कम्पनीहरुले पनि मेलामा सहभागिता गरेका छन् । 

अटो शोमा मिस नेपाल २०१७ का विजेता निकिता सहितले अवलोकन गरेका थिए ।

प्रदर्शनीको मुख्य आकर्षण नै नयाँनयाँ ब्रान्डसहितका कम्पनीको सहभागिता रहेको आयोजकको दाबी छ । ‘प्रदर्शनी प्रवेशका लागि सर्वसाधरणलाई २ सय र विद्यार्थीलाई १ सय ५० रुपैयाँ निर्धारण गरेका छौं

 

प्रतिकृया दिनुहोस्

जसको त्रास र डरमा छन् गाउँ

img

माथि डाँडा, तलतिर खोला बग्ने खहरे । जहाँ हिउँद होस् या बर्खा, ...

छातेढुङ्गाका किसान खुसी

img

तेह्रथुमको आठराई गाउँपालिका साविक छातेढुङ्गाका धनबहादुर तामाङलाई पिठ्यूँमा भारी बोक्दाको पीडा अझै ...

माथिल्लो त्रिशूली-१ आयोजना निर्माण हुने संकेत

img

माथिल्लो त्रिशूली १ (२१६ मेगावाट) जलविद्युत आयोजना बन्ने संकेत मिलेको छ । ...

लोपोन्मुख चेन क्षेबा लोक नाटक सम्पन्न

img

गोसाइकुण्ड गाउँपालिका वडा नं. ५ ठूलो भार्खु गाउँमा लोपोन्मुख चेन क्षेबा लोक ...

नेपाल-भोट युद्धको किल्ला रसुवागढी

img

रसुवागढी प्राचीनकालदेखि नेपाल र भोटबीच चल्ने व्यापारिक मार्गको रुपमा रहिआएको छ । ...

आदिवासी अधिकारको आधारशीला

img

आदिवासी जनजातिका अधिकारलाई सहज र सुव्यवस्थित बनाउन नेपाल सरकारले विभिन्न अन्तर्राष्ट्रिय कानूनहरुको ...

पत्रपत्रिका

सबै