पच्चीस शैंयाको अस्पताल शिलान्यास

सदरमुकाम धाउनुपर्ने दिन गए

काभ्रे। युवा संघ नेपाल केन्द्रीय उद्योग विभाग प्रमुख अमित लामाले तेमाल गाउँपालिका वडा नं. ७ चापाखोरीमा २५ शैंयाको सामुदायिक अस्पतालको शिलान्यास गर्दै युवाहरू विकासको संवाहक भएकाले विकास कार्यमा लागेका युवालाई कसैले पनि रोक्न नहुने बताए ।

कार्यक्रममा प्रमुख अतिथि लामाले राजनीतिक दलले अरुले गरेको विकासलाई रोक्न खोज्नु भन्दा विकासमा प्रतिस्पर्धा गर्न समेत आग्रह गरे । कार्यक्रमलाई सम्बोधन गर्दै लामाले भने– ‘तेमाल गाउँपालिकामा राम्रो मोटरबाटो छैन, एउटा अस्पताल छैन, कोही सामान्य विरामी पर्यो भने उपचारका लागि जिल्ला सदरमुकाम पुग्नुपर्छ, कम्तिमा तीन चार घण्टा पुग्न लाग्छ । यसले कतिले अकालमा ज्यान गुमाउनुपर्ने हुन सक्छ । अब राजनीति केका लागि गर्ने भन्नेबारे बहस चलाउन आवश्यकता भएको बताउँदै अब युवाहरू विकासका लागि जागरुक हुनुपर्ने लामाले बताए ।

डब्लु डब्लु एस अर्गनाइजेशनले अस्पताल निर्माण कार्य सुरु गर्ने उद्देश्यले आयोजना गरेको उक्त कार्यक्रमलाई सम्बोधन गर्न स्वास्थ्यचौकी नारायणस्थानका प्रमुख ब्रह्मकुमार शाहीले विकास नगर्न राजनीतिकर्ता भन्दा विकास गरेर राजनीति गर्नु स्विकार्य हुने बताए । संस्थाले विगतमा गरेको सहयोगले तिमालको स्वास्थ्य र शिक्षाको क्षेत्रमा ठूलो योगदान पुगेको बताए । शाहीले भने– ‘यहाँ नियतिम विजुलीको सेवा थिएन । ८ सय वाटको सोलार संस्थाले हालिदिएपछि फ्रिजमा राखेर गुणस्तर कायम गर्नुपर्ने भ्याक्सिन सुरक्षीत गर्न सकियो । संस्थाले एम्बुलेन्स दियो । विरामीको उपचारका लागि अस्पताल लैजान सहज भयो । महिला स्वास्थ्यको क्षेत्रमा र शिक्षाको क्षेत्रमा पनि अनुकरणिय काम गरेको छ । यस्ता संस्थालाई निरन्तर सेवा गर्न दिनुपर्छ राजनीतिक स्वार्थ हेरेर अबरोध गर्नु हुँदैन ।’

संस्थाका अध्यक्ष सत्यमान लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै लामाले चितवनमा संस्थाले अस्पताल बनाएर दुई वर्ष अघिनै सञ्चालनमा ल्याएको बताउँदै आफ्नो ठाउँमा पनि अस्पताल र विकासको अभाव रहेकाले आफुले लामो समय खटेर कार्यक्रम पार्न सफल भएको बताए । गाउँपालिकामा जनप्रतिनिधि आएपछि काम गर्न झन झन्झट भएको र गाउँपालिकाले जग्गा समेत दिन नमानेको स्मरण गर्दै कुनैपनि हालमा तेमालका जनतालाई गाउँमै उपचार गराउन अस्पताल निर्माण गर्ने र मेडिकल कलेज समेत सञ्चालन गर्नेगरी अघि बढ्ने बताए । मन्त्रालयले साविक नारायणस्थान ७ मा २ सय रोपनी जग्गा उपलब्ध गराउन आशयपत्र समेत दिइसकेकोमा गाउँपालिका प्रमुखले अस्पतालले अस्पताल बन्ने वडा के पाउँछ र गाउँपालिकाले के पाउँछ भनेर फाइदा खोजेको र उक्त जग्गामा रुख रोपेर गाउँपालिकाले आम्दानी गर्ने भन्दै अनुमति दिन नमानेको बताए । लामाले व्यक्तिगत जग्गा किनेरै भएपनि अस्पताल बनाउने आफ्नो सपना पुरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरे ।

संस्थाका सचिव समिपि त्रिपाठीले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य राख्दै शैलेन्द्र लामाले संस्था र संस्थाको कार्यक्रमबारे जानकारी गराएका थिए । कार्यक्रममा अतिथिहरू प्रेस चौतारी नेपालका केन्द्रीय उपमहासचिव हिरामान लामा, युवा व्यवसायी विरेन्द्र श्रेष्ठ, लामा मोक्तान, अनेरास्ववियु सिन्धुपाल्चोकका सचिव रविकुमार भण्डारी, नारायणस्थान स्वास्थ्यचौकीका अध्यक्ष भीमबहादुर लामा, स्थानीय युवाहरू खुशराज लामा, पेमा लामा, गोर्खा लामा, रत्न लामा, बुद्ध लामा, समाजसेवी कृष्णहरी आचार्य लगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस

खाली पेटमा पानी पिउनुका फाइदा

img

पानी पिउदा पनि धेरै समस्याको समाधान हुन्छ । अधिकांश रोग पेटमा नै ...

कल्लाबारीमा एकदिने निःशुल्क स्वास्थ्य शिविर

img

दोलखा । अपाङ्गता खोज पड्ताल निःशुल्क एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको ...

शहरको भीडमा बदाम बेच्दै हिड्ने मनकुमारको कथा

img

रिता घिसिङ,काठमाडौ । राजधानी भएर पनि होला सबैको सपनाको शहर बनेको छ ...

सोरिग पद्धतिबाट स्वास्थ्य परिक्षण

img

फेन्दे हिमालयन सोरिग सेन्टर सुनसरी धरान शाखाले अाफ्नो तेस्रो वार्षिकोत्सवको अवसरमा तीन ...

बिहानै तातोपानीमा मह र कागती मिसाएर खाँदा स्वास्थ्यलार्इ पाइदा

img

१. पाचन सुधार्छ पाचनलाई सुधार्नका लागि बिहान तातो पानीमा मह र कागती मिसाएर ...

स्वस्थ रहन डब्लुएचओका १२ टिप्स

img

विश्वमा शारीरिक स्वास्थ्य ठूलो चुनौतीका रूपमा देखिएको छ । खासमा कार्यव्यस्तता र ...

पत्रपत्रिका

सबै