मोफसलमा कार्यक्रम गर्नु फलामको चिउरा चपाउनु हो : किरण अधिकारी

सुन्दरादेवी म्युजिक अवार्ड भर्खरै सम्पन्न भएको छ । मोफसलमा सम्पन्न अवार्डमा विभिन्न २१ विधाका स्रष्टलार्इ सम्मान गरिएको हो । स्रष्टा सम्मान निरन्तर हुन्छ, अब चौथो सुन्दरादेबी म्युजिक अवार्ड राजधानीमा गर्छौ । यही सन्दर्भमा रहेर अवार्ड अयोजकका अध्यक्ष किरणसँग गरेको कुराकानीः

स्रस्टा र सृजना सम्मानमा अझ मजबुद कसरी बन्दै हुनुहुन्छ ?

हेर्नुहोस पहिलो कुरो काम गर्ने ईच्छा र जागर भएको मान्छे सधै मजबुत हुन्छ |तथापि हामि बिभिन्न योजना अनि कार्ययोजना बनाएर अगाडी बढेका छौ |हामि अवार्ड मार्फत होस् या बिभिन्न किसिमको कार्यक्रम जस्तै स्रस्टा सम्मान ,खुल्ला नृत्य प्रतियोगिता जस्ता कार्यक्रम मार्फत यो अभियान जारि राखेका छौ |अनि तपाई अनि तपाई जस्तै व्यक्ति तथा संघ सस्थाहरुको सहयोग अनि हौसलाले हामि अगाडी बढ्ने हो |

अघिल्ला बर्षको तुलनामा अवार्डको तेस्रो सस्करणमा आलोचक कम देखिए नि ?

तपाई भ्रममा हुनुहुदो रहेछ हाम्रो अवार्ड कहिले पनि बिबादित अनि आलोचित भएको छैन । हो काम गर्दा सानोतिनो कुराहरु आउछ |त्यो कुरालाई सामान्य रुपमा लिन पर्छ ।अर्को कुरा अवार्ड कहिले बिबादित हुदैन । बिबाद बनाईने हो किनकी जसले अवार्ड पाउदैन त्यो समुहले चलाउने हल्ला हो । आफुले पाउदा ठिक अरुले पाउदा बेठिक हुने चलनले बिबादित हुने । एउटा कलाकारले अवार्ड पाउदा उसको प्रतिस्प्रधीहरुले तालि बजाउने प्रक्रियाको शुरुवात हुदैन नि सधै यस्ता सानोतिनो कुरा आउछ । अहिलेको कलाकार मित्रहरुले बुझिसक्नु भएको छ । बिसतारै यो परम्परा शुरुवात पनि भईसकेको छ ।

मोफसलमा बसेर पनि राष्ट्रिय अवार्ड सम्पन्न भयो, कतिको सजिलो छ यो कार्य ?

हेर्नुस काम कुनै पनि सजिलो छैन । त्यसमाथि मोफसलमा बसेर कार्यक्रम गर्नु फलामको चिउरा चपाउनु नै हो तर पनि हिम्मत र साहसले काम गरेको छ । अनि सहयोगी हातहरु अनि साथीभाईहरुको सहयोगले यो कुरा सम्भव भएको हो ।

अवार्डलाई सम्पूर्ण जिल्ला पुराउछु भन्नु हुन्छ अनि शुरु पनि गर्नु भएको छ ?यसको कारण के हो ?

हो हामीले भनेका छौ । पहिलो र दोस्रो अवार्ड नुवाकोटमा सम्पन्न गर्यो । अनि हामीले सोच्यौ यस्ता कार्यक्रम नुवाकोट मात्र हैन यस्ता कार्यक्रम मोफसलको बिभिन्न जिल्ला पुराउन पर्छ किनकी कार्यक्रमको जानकारी राजधानी मात्र अन्यत्र पनि लानु पर्छ । अवार्ड मात्र भनेर पुग्दै यो कार्यक्रम कस्तो हो भनेर तल्लो लेबलबाट बुझाउन सक्यो भने यसका दर्शक, सहयोगी अनि शुभचिन्तक बढ्छन। अनि अर्को कुरा जिल्ला जिल्ला बाट त्यस्ता प्रतिभा खोज्न सजिलो हुन्छ ।

गीतसंगीतको आगामी योजना ?

केहि समय अगाडी मेरो र पुस्कर अर्यालको संयुक्त प्रस्तुतिमा आएको रोईला एलबमको सफलता पछी हामि जोशिएका छौ । अर्को कुरा म निरन्तर गीतसंगीतमा व्यस्त छु । मेरो लय सकलन अनि पुस्कर अर्याल र मेरो दोस्रो प्रस्तुति लोकदोहोरि र आधुनिक गरि तीन वटा गीत बजारमा आउदैछ ।

प्रतिकृया दिनुहोस्

नेपाल आदिकालदेखि गाई खाने देश होः डोरबहादुर विष्ट

img

(दुई दशकअघि २०५२ जेठ २० शनिबारका दिन समाजशास्त्री डोरबहादुर विष्टसँग चर्चित पत्रकार/सम्पादक ...

‘धेरै नेपाली विद्याथीहरु जपानमा पैसा कमाउने उदेश्यले आउँछन्’– खगेन्द्र खत्री

img

विगत लामो समयदेखि नै नेपाली विद्यार्थीहरु उच्च शिक्षा आर्जनका लागि विकसित देशहरुमा ...

पात्रो नबुझेर ल्होछारमा विवाद: धर्मगुरू सोनाम ग्युर्मे

img

तामाङ समुदायमा ल्होछारसम्बन्धी अन्यौलताको मुख्य कारण पात्रोकाे ज्ञान नभएको हुन गएकाे खेन्पो ...

आत्मविश्वास र मिहिनेतले ‘मिस शेर्पा ’ भए : सोनाम डोल्मा

img

काठमाडौं । सोनाम डोल्मा शेर्पासौन्दर्य प्रतियोगिताहरुमा देखिने र चिनिएको नाम हो । ...

‘यस पटक संसारभरका एनआरएनको समर्थन मलाई’ 

img

- खगेन्द्र क्षेत्री, एनआरएन उपाध्यक्ष उम्मेद्वार (खगेन्द्र क्षेत्री गैरआवासीय नेपालीमाझ सुपरिचित नाम हो । ...

चाडवाडमा जुवा, तास खेल्ने र अपराधिक गतिविधि गर्नेलाई छोडिन्न : एसपी थापा

img

दशैतिहारमा अपराधिक कार्य र सुरक्षा सम्बन्धि जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी सहकुलबहादुर थापासंग ...

पत्रपत्रिका

सबै