फिचर

विदेशिने युवा बढ्दै

स्कुले ड्रेसमा कामको लागि भारत जादै स्थानीय

सरकारले जिल्लामा वैदेशिक रोजगारीमा जाने अर्थात् प्रवासिने युवाको दर घटाउन विभिन्न किसिमका अनुदान कार्यक्रम लागू गरे पनि विदेशिने युवाको संख्या घट्न सकेको छैन ।

बेरोजगार युवालाई देशमै स्वरोजगार बनाउन आत्मनिर्भर हुने विभिन्न अनुदानका क्रियाकलाप गरे पनि विदेशिनेको संख्या घट्न नसकेको हो । बढी आम्दानी नहुनु, जनचेतनाको अभाव, विदेशप्रतिको आकर्षण र अनुदानको रकम राजनीतिक भनसुनका आधारमा वितरणलगायत कारणले विदेशिने युवाको संख्यामा कमी आउन सकेको छैन ।

गत आर्थिक वर्ष २०७३÷०७४ मा जिल्ला प्रशासन कार्यालयबाट १ हजार आठ सय ८८ जनाले राहदानीको लागि सिफारिस लिएका छन् । ६ सय ३१ जनाले जिल्लाबाट र एक हजार दुई सय ५७ जनाले दु्रत सेवा काठमाडौंबाट राहदानी लिएको सहायक प्रमुख जिल्ला अधिकारी दिपककुमार आचार्यले बताए ।

अघिल्लो आर्थिक वर्षमा दुई हजार चार सय ९६ जनाले राहदानीको लागि सिफारिस लिएको तथ्याङ्कले देखाएको छ । राहदानीको सिफारिस लिनेमा अधिकांश युवा छन् । भारतबाहेक अन्य मुलुकमा मजदुरी गर्नको लागि राहदानी सिफारिस लिएको सहायक प्रमुख जिल्ला अधिकारी आचार्यले बताए ।

कामको खोजीमा खाडीमुलुक जानेको तुलनामा भारत जानेको संख्या अझै बढी छ । केही वर्षयता बढी तलवको लागि अरब जाने केही बढे पनि अझै छोटो समयको लागि भारत जानेको संख्या बढी छ । भारत जानेको यकिन तथ्याङ्क छैन, तर पनि बर्सेनि हजारौं युवा कामको खोजीमा भारत जाने गरेको बैतडी उद्योग वाणिज्य संघका अध्यक्ष नरबहादुर चन्द बताउँछन् ।

अहिले जिल्लाका गाउँमा युवा पाउन मुस्किल छ । गाउँमा हुने  जन्ती मलामी र अन्य सामूहिक काम प्रभावित हुने गरेका छन् । रोजगारीको लागि युवा विदेशिने क्रम बढेपछि गाँउमा महिला, वृद्ध र केटाकेटी मात्रै भेटिने गरेका छन् ।

देशमा रोजगारी नपाउँदा भारतमा गएर रोजगारी गरिरहेको  शिवनाथ गाउँपालिका–५ का जनकसिंह साउँदले बताए । हाल भारतको मुम्वइमा काम गर्दै गरेका साउँद जस्तै धेरै युवा देशमा आयमूलक काम नपाएर विदेश गएका हुन् ।  जिल्लामा छदाँ कृषि पेशा अपनाउँने मनसायले अनुदानको लागि कृषि विकास कार्यालयमा निवेदन दिए पनि सिफारिसमा नपरेको उनले गुनासो गरे । भनसुन गर्ने आफ्नो मान्छे नहुँदा अनुदान नपाएको उनको गुनासो छ । ‘पार्टीका झण्डा बोक्ने नेता कार्यकर्ताले मात्रै अनुदान पाउछन्, उनले भने, ‘वास्तविक किसान मारमा पर्ने गरेका छन् ।

जिल्लामा युवाशक्तिलाई आयमूलक क्रियाकलापमा लगाउन सरकारी एवम् गैरसरकारी निकायले काम गरेको बताउँदै आएका छन् । तर बर्सेनि विदेशिने क्रम घटेको छैन । बेरोजगार युवालाई स्वदेशमै आयमूलक काममा लगाउने उद्देश्य बोकेका युवा स्वरोजगार कार्यक्रम, कृषि तथा पशु विकास कार्यालयका अनुदान, गरिबी निवारण, लघु उद्यम, युवा समितिलगायतका कार्यालयले गर्ने काम प्रभावकारी कार्यान्वयन नहुँदा लक्ष्यविहीन भएको स्थानीय बताउँछन् । सात वर्ष अघि स्वरोजगार कोष कोषबाट प्रवाह भएको ४१ लाख ३८ हजार पाँच सय ३८ रुपैयाँ  दुरुपयोग भएको देखिएको छ । ५६ लाखभन्दा बढी रकम दुरुपयोग भएको कृषि विकास बैंकले जनाएको छ ।  कोष र कोषको कर्जा–अनुदान प्रवाह गर्ने सहकारी तथा बैंकले हचुवाका भरमा व्यवसायी छनोट गर्दा यस्तो विकृति देखिएको हो । कोषले २०६८ सालमा  कृषि विकास बैंकमार्फत् जिल्लाका ९६ जनालाई व्यवसाय गर्न बिना धितो सहुलियत ऋण दिएको थियो तिमध्ये केहीले मात्रै पुरै किस्ता चुक्ता गरेका छन् भने अधिकांश व्यावसायीले नत ब्याज नै बुझाएका छन् नत किस्ता नै तिरेका छन् ।

उद्योग वाणिज्य संघ बैतडीको संयोजकत्वमा कोषले ४० हजारदेखी एक लाखसम्म बेरोजगार युवालाई ऋण लगानीको लागि कृषि विकास बैंकलाई सिफारिस गरेको थियो । ऋण लिएका व्यवसायी अहिलेसम्म सम्पर्कमा नआउदा कर्जा प्रवाह गर्ने संस्थालाई अहिले फसेको ऋण उठाउन समस्या भएको बैंकले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

शैलुङबाट देखिने सुर्याेदय र सुर्यास्तको मनोरम दृश्य (फाेटाे फिचर)

काठमाडाैं । दोलखा र रामेछाप जिल्लाको सीमामा अवस्थीत शैलुङ समुन्द्र सतह देखि ३१४५ मिटरहको उचाइमा रहेको...

आमादब्लममा सैलुङको सान (फोटोफिचर)

काठमाडौं । पाँच पटक सगरमाथा आरोहित ताप्लेजुङका मिङ्मा शेर्पाले सैलुङअनलाइनलाई हिमालको उच्चमा पुर्‍याएर फहाराइएको छ...

मुहार फेर्दै भुकम्पले थलिएकी शारदा

काभ्रे । २०७२ वैशाख १२ गते गएको विनाशकारी भुकम्प र त्यसपछि आईरहेका पराकम्पनका कारण पुर्ण...

सिन्धुलीगढीको २५० औं विजयोत्सव भव्य (फोटोफिचर)

काठमाडौं । ऐतिहासिक सिन्धुलीगढीमा तत्कालीन ब्रिटिस कम्पनीको सेनालाई पराजित गरेको दिनको सम्झनामा सिन्धुलीगढीमा २५० औं...

एभिएसन म्युजियम सञ्चालन (फोटोफिचर र भिडियो)

काठमाडाैं । उड्डयन क्षेत्रको जानकारी दिने उद्देश्यसाथ नेपाल मै पहिलो एभिएसन म्युजियम सञ्चालनमा ल्याएको छ...

चम्ल्याहाका दिनचार्य

मकर श्रेष्ठ । कान्तिपुर । काठमाडौं । यी हुन् प्रणय हर्ष, प्रशन्न हर्ष, प्रतीक हर्ष...