आज गोकर्णे औंसी (फोटो फिचर)

काठमाडौं । देशभर बाबुको मुख हेर्ने पर्व आज पितालाई विशेष सम्मान गरी मनाइँदैछ ।

गोकर्णेश्वर उत्तरगया, बेत्रावती उत्तरगयालगायत पवित्र स्थलमा गई पितृप्रति सम्मानका साथ श्राद्ध गर्दा घर, मामाघर र ससुरालीतर्फका तीन–तीन पुस्ताका पितृले मोक्ष पाउने धार्मिक विश्वास छ । आज गोकर्णेश्वर र बेत्रावतीलगायत स्थानमा भव्य मेला लाग्छ । गोकर्णमा विशेष मेला लाग्ने भएकाले आजको औँसीलाई गोकर्णे औंसी पनि भनिन्छ ।

पितृको नाममा गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले अाफ्नो स्वर्गीय पिताको नाममा सहिद स्मारक पार्कमा वृक्षरोपण गरेको पार्कका कार्यालय प्रमुख राजेश कुमार बिष्टले बताउनु भयो ।  

‘पितृदेवो भव’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मान्ने धार्मिक मान्यताका आधारमा आज छोराछोरीले पितालाई विशेष सम्मान गर्ने गर्छन् ।

भाद्र कृष्ण औंसीकै दिन वर्षभर देवकार्य, पितृकार्यलगायत धार्मिक कर्म गर्नका लागि आवश्यक पर्ने कुश उखेलिन्छ । आजका दिन वैदिक मन्त्रोच्चारणपूर्वक उखेलिएको कुश यो वर्ष सोमबारे औंसी परेकाले १२ वर्षसम्मका कर्ममा प्रयोग गर्न सकिने र अन्य वर्षको कुशे औंसीका दिन उखेलिएको कुश त्यो वर्ष मात्र प्रयोग गर्न सकिने शास्त्रमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस्

काठमाडौमा नै निकुञ्ज  पीडित

img

वनस्पति, वन्यजन्तु, भूदृश्यहको संरक्षणका लागि स्थापना भएका राष्ट्रिय निकुञ्ज का नीतिहरु नागरिकमैत्री ...

शैलुङको कोसेली छुर्पी

img

यो गीतको सिर्जना गर्दा सर्जक श्रवण मुकारुङले सायदै सोचेका थिएनन् । गीतमा ...

एक हातमा ३ महिने बालिका, अर्को हातमा किताब

img

पढ्न, लेख्न र ज्ञानगुनको कुरा सिक्न उमेरले छेक्दैन, मात्र आफ्नो इच्छा आकांक्षा ...

आन्दोलन निर्णायक हुन्छ : नेता लिङ्देन (भिडियो)

img

आदिवासी जनजाति, मधेश, दलित लगायतको पहिचानको मागलाई सम्बोधन गर्ने हो भने संविधानको ...

रंगमय होली

img

देशभर फागु पूर्णिमाको उल्लास छाइरहेको छ । चिसोलाई विदाई गर्मीलाई स्वागत गर्दै ...

फिल्डमा उत्रिए धुर्मुस सुन्तली

img

धुर्मुस सुन्तली रंगशालाको काममा ब्यस्त छन । धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गर्न ...

पत्रपत्रिका

सबै