गौरीशंकर क्षेत्रका राम्दुङ हिमाल तर्फ ७ युवा महिला

प्रथम तामाङ सगरमाथा आरोही कान्छी माया तामाङको नेतृत्वमा राम्दुङ हिमाल आरोहण गर्ने

काठमाडौं । पर्वतरोहण क्षेत्रमा महिला सहभागिता बृद्धि हुँदै गएको बेला युवा महिलाहरुको एक समूह गौरीशंकर क्षेत्रस्थित राम्दुङ्ग हिमाल आरोहण गर्न प्रस्थान गरेका छन् ।

शेर्पा शेफर्डस् कम्पनीको आयोजनामा  ७ जना महिला युवाहरु पर्वतारोहणका लागि यो साता प्रस्थान गरेका हुन् ।आरोहणका लागि कम्पनीले प्राविधिक सहयोग समेत गरेको जनाएको छ । विभिन्न पेशामा संलग्न महिला युवाहरुलाई पर्वतारोहण मार्फत पर्यटन क्षेत्रमा सहभागिता अभिबृद्धि गर्दै, सीप बिकास गरी रोजगार, स्वाबलाम्भी बनाउन अभियानले भूमिका खेल्ने आरोहण दलका सदस्य दिकी शेर्पाले जानकारी दिइन् । सामाजिक रुपमा युवा महिलाहरुलाई शसक्तिकरण गराउने समेत उद्देश्य रहेको जनाएके छ ।

प्रथम तामाङ सगरमाथा आरोही कान्छी माया तामाङको नेतृत्वको टोलीले पर्वतारोहण गर्ने जनाएको छ । २०१८ को बसन्त ऋतुमा सगरमाथा आरोहण गर्ने योजनामा रहेका युवा महिलाहरुले त्यसको पूर्व तयारीको रुपमा राम्दुङ हिमाल आरोहण गर्न लागेको तामाङले बताइन् । टोलीमा तामाङ, चौरिखर्क–९, सोलुखुम्बुकी ल्हाक्पा याङ्गजी शेर्पा, नुम–४, संखुवासभाकी दिकि शेर्पा, गौरीशंकर–१, दोलखाकी दावा दिकी शेर्पा, भीमखोरी–३, काभ्रेकी शर्मिला लामा, तामाखानी–८, सोलुखुम्बुकी याङ्गडी शेर्पा र गौरीशंकर–२, दोलखाकी छोकी शेर्पा छिन ।  आरोहण दलमा गृहिणी, बैदेशिक रोजगारबाट फर्केका महिला, श्रीमान गुमाएका, एकल महिला र पिछडिएका महिलाहरु सहभागि छन् । पर्बतारोहण पेशामा आबद्ध हुन उत्प्रेरित गर्ने इत्यादी  काम गर्नेछ ।  

पर्वतारोहणसँगै कम्पनीले आरोहण दलमा सहभागि युवा महिलाहरुलाई लक्षित गरी ओमनस् वे नामक परियोजना अन्तर्गत रहेर महिला शासक्तिरणका अभियान सञ्चालन गर्ने र इच्छुक, आत्मविश्वासी महिलाहरुलाई सगरमाथा आरोहणका लागि अवसर समेत प्रदान गर्ने जनाएको छ । 

प्रतिकृया दिनुहोस्

महिला भल्मन्सालाई चूनौति र अवसर

img

सीता चौधरीले गोदावरी नगरपालिका–८ जोनापुरमा भल्मन्सा (सामाजिक नेता) भएको तीन वर्ष भयो ...

चौथो वर्षमा हामी

img

सैलुङअनलाइन आजबाट चौथो वर्षमा प्रवेश गरेको छ । २०७२ साल टे (प्र)े ...

गरे के हुदैन ? घलेलाई विदेश यही

img

अत्याधिक पर्यटकको आगमनसँगै धुञ्चेमा होटल व्यवसायहरू फस्टाएका छन् । हिजोआज सामान्य होटल ...

आठराईका पशुपालकलाई आम्दानीको नयाँ बाटो

img

तेह्रथुमको आठराई गाउँपालिका वडा नम्बर–४ इवामा गत माघ ५ गतेदेखि डेरी उद्योग ...

एभरेष्टको ‘३६० डिग्री भ्यू’

img

प्राकृतिक सौन्दर्यतालाई नियाल्न विश्वभरबाट नेपालमा वर्षेनी हजारौं पर्यटकहरू आउने गर्दछन् । यसमध्येमा ...

हावाबाट विजुली, हर्षित छन् सप्तमीबासी

img

खुसी छन् स्थानीय । हावाबाट सधैं दुःख खेप्नुपर्थ्यो । त्यही हावाबाट विजुली ...

पत्रपत्रिका

सबै