महिला पछि पर्नुको प्रमुख कारण महिला नै होः रूबी राणा

काठमाडौं ।  प्राकृतिक, साँस्कृतिक एवं ऐतिहासिक सम्पदाहरुको महत्वलाई सौन्दर्य प्रतियोगिताबाट सहभागी प्रतिस्पर्धीमार्फत प्रभावकारीरुपमा समाजमा प्रस्तुत गर्न युथ क्रिएशन नेपालले मिस हेरिटेज क्वीन– २०१७ यही ७ गते सम्पन्न गरिने भएको छ ।

आंगिक रूपमा जे जस्तो भएपनि तेस्रो लिङ्गी हुने स्वभाव सानो छँदा थाहा नहुने

हाल धमाधम प्रशिक्षण चलिरहेकै बेला बुधबार कस्मेड लेजर एण्ड कस्मेटिक सर्जरी सेन्टर कालीमाटीले बिशेष कार्यक्रम बीच स्वागतसहित छलफल गरिएको थियो । कम्पनीको सभाहलमा मिस हेरिटेज क्वीनमा सहभागी प्रतिस्पर्धी, आयोजक र केही सञ्चारकर्मीलार्इ बिशेष स्वागत गरिएको हो । सोही कार्यक्रममा कम्पनीका ब्राण्ड एम्बेष्डरद्धय पहिलो मिस नेपाल रूबी राणा शाह, भूमिका श्रेष्ठ र सर्जन डा। जयनमान श्रेष्ठले आ–आफ्नो क्षेत्रको बारेमा जानकारी गराए ।

सोही क्रममा मिस नेपाल राणाले मिस प्रतियोगिता कार्यक्रमले महिलाको क्षमता विकास गर्ने बताउदै महिला पछि पर्नुको प्रमुख कारण महिला नै हो, किनभने महिलाले नै महिलाको खुट्टा तान्ने प्रमुख कारक रहेको बताइन् ।    
 
एम्बेष्डर श्रेष्ठले आंगिक रूपमा जे जस्तो भएपनि तेस्रो लिङ्गी हुने स्वभाव सानो छँदा थाहा नहुने बताउदै उमेर बढेसँगै स्वभाव प्रष्टिने बताइन् । यसैगरी सामाजिक विभेदलार्इ चिर्दै हामीले देशब्यापी जागरण बढाएका छाैं । जसले गर्दा विगतमा हामीप्रति गरिने हेय दुर हुदै गएको छ ।

डा. श्रेष्ठले प्राकृतिक रूपमा रहेको हाम्रो शरीरमा भएका अंगहरू र त्यसका आकारलार्इ नबिगारीकन चिकित्सकीय पद्धतिद्धारा सुन्दरता बनाउने प्रयास कस्मेडको रहेको बताए ।

कस्मेडका प्रबन्ध निर्देशक राकेश शाहको सभाअध्यक्षमा भएको उक्त कार्यक्रममा सोही कम्पनीका बजार प्रबन्धक रूबिना राना गुरूङले कार्यक्रमको अाैचित्यबारे जानकारी गराएका थिए । छलफलमा मिस हेरिटेजका आयोजक परिवारसहित प्रतिस्पर्धीहरू पुथ्वीनगर झापाकी बन्दना लामा मोक्तान, ककनी–५, थानसिङ, नुवाकोटकी प्रिया कालिकोटे, कोन्ज्योसोम गाउँपालिका, ललितपुरकी निरमाया घिसिङ, मनहरी–४, मकवानपुरकी रूपा लामा, किस्पाङ गाउँपालिका–३, नुवाकोटकी ज्ञानु तामाङ, पोखराकी सविता सुनार,  बलेफी गाउँपालिका–५, सिन्धुपाल्चोककी मञ्जु शाह, लिखु–४, नुवाकोटकी सिम्रन तामाङ, काठमाडौं –१६, बनस्थलीकी सिम्रन पण्डित, तेमाल गाउँपालिका–५, काभ्रेकी संगीता तामाङ र सोही गाउँपालिका–८ की सरिता लामा दोङ र तारकेश्वर, काठमाडौंकी जमुना बलामी सहभागी भएका थिए ।

पर्यटन बोर्डमा भदौ ३ गते ट्यालेन्ट शो र फाइनल भदौमा राष्ट्रिय नाचघरमा हुने प्रतियोगितालार्इ मिडिया सहयोगीहरू सैलुङअनलाइन डट कम, काष्ठमण्डप टिभी, साप्तहिक पत्रिका, तामाङ भ्वाइस, इभेन्ट संसार रहेका छन् भने मुख्य प्रायोजकमा कस्मेड लेजर एण्ड कस्मेटिक सर्जरी सेन्टर, जुजुबा लञ्ज एण्ड बार रहेका छन् ।  

सहयोगीतर्फ श्री एफबी निर्माण सप्लायर, गुडविल अमृत निर्माण, तारकेश्वर कला प्रतिष्ठान, भिसा भ्याली इन्टरनेशनल, जियोनी मोवाइल, मामाभान्जा गार्डेन रेष्ट्रो, लोटस पोलिक्लिनिक, ग्रेस इन्टरनेशनल, शुभबिहानी ट्राभल एण्ड टुर्स, अस्मिता ब्युटी पार्लर एण्ड कस्मेटिक र ओडिसी इन्टरनेशनल आदि रहेका छन् ।

प्रतिकृया दिनुहोस्

जसको त्रास र डरमा छन् गाउँ

img

माथि डाँडा, तलतिर खोला बग्ने खहरे । जहाँ हिउँद होस् या बर्खा, ...

छातेढुङ्गाका किसान खुसी

img

तेह्रथुमको आठराई गाउँपालिका साविक छातेढुङ्गाका धनबहादुर तामाङलाई पिठ्यूँमा भारी बोक्दाको पीडा अझै ...

माथिल्लो त्रिशूली-१ आयोजना निर्माण हुने संकेत

img

माथिल्लो त्रिशूली १ (२१६ मेगावाट) जलविद्युत आयोजना बन्ने संकेत मिलेको छ । ...

लोपोन्मुख चेन क्षेबा लोक नाटक सम्पन्न

img

गोसाइकुण्ड गाउँपालिका वडा नं. ५ ठूलो भार्खु गाउँमा लोपोन्मुख चेन क्षेबा लोक ...

नेपाल-भोट युद्धको किल्ला रसुवागढी

img

रसुवागढी प्राचीनकालदेखि नेपाल र भोटबीच चल्ने व्यापारिक मार्गको रुपमा रहिआएको छ । ...

आदिवासी अधिकारको आधारशीला

img

आदिवासी जनजातिका अधिकारलाई सहज र सुव्यवस्थित बनाउन नेपाल सरकारले विभिन्न अन्तर्राष्ट्रिय कानूनहरुको ...

पत्रपत्रिका

सबै