दिदीले यसरी खोलिन् अाफु हिंसामा परेको पीडा..

कुरा केही दिन अघिको मात्रै हो । मेरो यात्रा काठमाडौँबाट चरिकोटसम्मको थिए । मैले यात्रा गरेको बसको सिटमा धेरै पुरुष थिए । त्यही बीचमा म एक जना दिदीसँगैको सिटमा परेछु । चिनजान गर्ने क्रममा उहाँ दोलखा कै हुनुहुँदो रहेछ ।

दिदीले मलाई आफ्नो बारेमा सबै जानकारी गरे, तर मैले भने थोरै भने । यसरी कुरा गर्दै जाँदा दिदीले मलाई बीच बाटोमा आएपछि तपाई एक्लै बसमा काठमाण्डौँदेखि आउनु भएको भन्नुभयो । मैले  किन दिदी ? बसमा पनि साथी चाहिन्छ र ? भनेर सोधेको मात्रै के थिए । उहाँले आँखाभरी आँशु पार्दै भने- हामी महिला कहाँ सार्वजनिक स्थलमा ढुक्क भएर हिड्न सक्छौ त । मलाई बसमा हिड्न पनि किन साथी चाहियाे भन्नेमा खुल्दुली लाग्याे र थप जान्ने ईच्छा भयो । मैले थप कुराकानी गर्ने कोशिष गरे ।

उहाँले यसरी पोखिन् अाफ्नो  बेलीविस्तारः

अहिले हरेक व्यक्ति, संघसंस्था सरकारी निकाय सबैको एउटै साझा उद्देश्य छ, महिला हिंसा न्युनीकरण गर्ने । तर खै न्युनिकरण ? यो प्रश्न कतिञ्जेलसम्म ठाड्याउने ?

मैले पनि धेरै पटक यसरी एक्लै हिड्ने कोसिस गरे र गर्दै पनि छु । कहिले तपाई यहाँ बस्नु भन्ने बहाना त कहिले दिदि म पनि तपाईको सिटमा बस्छु भन्ने बहानामा  हिंसात्मक गतिविध भोग्न बाध्य भईरहेको छु र  भोगी रहेको छु । बसमा यात्रा गर्दा मात्रै हैन, घर बाहिर निस्कदा पनि महिला भएको डर बोकेर निस्कनुपर्छ । पहिला मेरी आमाले पनि यस्तै हिंसा भोगी रहनु भएको थियो । आज आमाले भोगेको हिँसाको ३५ वर्षपछि म पनि भोग्न बाध्य छु । होला मेरी आमाले घर छरछिमेकी अर्काको श्रीमानको मात्रै हिँसा भोग्यो होला । तर अहिले मैले अफिस, घर, विद्यायय, पसल होटलमा पनि हिंसाको शिकारमा परेको छु । जसरी यो समाजमा पुरुष सार्वजनिक स्थलमा जाँदा पुरुषाेत्व भएको घमण्ड लिएर निस्कन्छन । हामी महिला, महिला भएको डर बोकेर निस्कनुपर्छ । फरक यही छ । पुरुषहरु गर्वकासाथ अरुलाई सुरक्षा दिन सक्छु भने घमाण्ड गर्छन् तर हामीले त्यही पुरुषबाट हिंसा गरिरहेका हुन्छन्। हामी हिंसाबाट पिडित हुँदा शिक्षित वर्गको साहारा खोज्छौं । अनि त्यही शिक्षित पुरुषबाट थप हिंसाको शिकार बन्नुपर्छ । यस्तै छन् सारा समाज । भन्दै दिदी रुनु भयो ।

वास्तवमा हामीले यस्ता धेरै हिंसा भोगिरहेका छौं । दिदी त केवल प्रतिनिधि पात्र मात्रै हुन् । दिदिसँग  मैले करिब ५ घण्टासँगै यात्रा गरे । त्यो यात्रा भरी मलाई दिदीले सार्वजनिक स्थलमा आफु हिड्दा भोगेको हिंसाको पिडा मात्रै  सुनाएन, आफुले काठमाण्डौँमा जागिर खाँदा भोगेको पिडा पनि सुनाइन् ।

दिदिले भोगेको संसार भन्दा फरक छैन मेरो आमा र आम नेपाली महिलाले भोगेको संसार भन्ने मलाई पनि लाग्यो । होला हामी कसैले धेरै त कसैले थोरै हिंसा भौगेका छौं यो समाजमा । चाहे सरकारी अफिसमा होस या सामुदायिक संघसंस्था,  होटल, पसल, घर या सवारीसाधान र विद्यालय जतातातै  हामी हिंसामा परिरहेकै हुन्छन् । पहिला महिलाहरुले घरमा हिंसा भोग्न बाध्य थिए, तर  आज महिलाले हरेक सार्वजनिक स्थल निस्कँदा महिला भएको डर बोकेर निस्कन बाध्य भएका छन् र छौं ।

नेपालमा महिला अधिकारका कुरा गर्नेको संख्या हेर्ने हो भने थुप्रै भेटिन्छन् । कुरा मात्रै हैन नेपालको संविधान २०७२ महिलाको अधिकारका कुरा मौलिक हकमा नै राखिएको छ । बलात्कार तथा महिला हिंसाको उजुरी लिन  प्रहरीको महिला सेल, महिला आयोग वा स्थानीय निकायमा पनि उजुरी गर्न सकिने व्यवस्था छ । त्यसैगरी अहिले हरेक व्यक्ति, संघसंस्था सरकारी निकाय सबैको एउटै साझा उद्देश्य छ, महिला हिंसा न्युनीकरण गर्ने । तर खै न्युनिकरण ? यो प्रश्न कतिञ्जेलसम्म ठाड्याउने ?

नेपालमा कति महिलाहरुले हिँसा न्युनीकरणका भएको महशुस गर्न पाएको होला ? त्यो पनि कसैले महसुस गर्न पाएका छैन । नेपालमा महिला हिंसा न्युनीकरणको लागि सरकारले बजेट छुट्याएर, सुचनामार्फत प्रचारप्रसार गरेपनि अझै न्युनिकरण भएको छैन । बरू दिनानुनदिन बलात्कार, हिंसाका समाचार अइरहेकै छन् । महिलाहरूले हिजो पनि हिंसा भोगी रहेका थिए, आज पनि भोगी रहेकै छन् । फरक भोगाई मात्रै हो।

प्रतिकृया दिनुहोस्

महिला भल्मन्सालाई चूनौति र अवसर

img

सीता चौधरीले गोदावरी नगरपालिका–८ जोनापुरमा भल्मन्सा (सामाजिक नेता) भएको तीन वर्ष भयो ...

चौथो वर्षमा हामी

img

सैलुङअनलाइन आजबाट चौथो वर्षमा प्रवेश गरेको छ । २०७२ साल टे (प्र)े ...

गरे के हुदैन ? घलेलाई विदेश यही

img

अत्याधिक पर्यटकको आगमनसँगै धुञ्चेमा होटल व्यवसायहरू फस्टाएका छन् । हिजोआज सामान्य होटल ...

आठराईका पशुपालकलाई आम्दानीको नयाँ बाटो

img

तेह्रथुमको आठराई गाउँपालिका वडा नम्बर–४ इवामा गत माघ ५ गतेदेखि डेरी उद्योग ...

एभरेष्टको ‘३६० डिग्री भ्यू’

img

प्राकृतिक सौन्दर्यतालाई नियाल्न विश्वभरबाट नेपालमा वर्षेनी हजारौं पर्यटकहरू आउने गर्दछन् । यसमध्येमा ...

हावाबाट विजुली, हर्षित छन् सप्तमीबासी

img

खुसी छन् स्थानीय । हावाबाट सधैं दुःख खेप्नुपर्थ्यो । त्यही हावाबाट विजुली ...

पत्रपत्रिका

सबै