अन्तर्वार्ता

संस्कृतिसम्बन्धी सिनेमाको अन्तराष्ट्रिय बजार सम्भव छ : नायक गोपीलाल तामाङ

काठमाडाैं । नायक गोपीलाल तामाङको अहिले आफ्नै लेखन, निर्माण र निर्देशन रहेको तामाङ कथानक चलचित्र ‘बुम्बा’ प्रदर्शनमा आईसकेको छ । प्रविधि निर्देशकको रुपमा ‘मयुङ–बुरीङ’ चलचित्रमा प्रवेश गरेका मेलुङ गाउँपालिका– ३, दोलखाका तामाङले सोही चलचित्रबाट अभिनय यात्रा आरम्भ गरेका थिए । त्यसपछि उनले ‘म्हेन्दोला माया’, ‘दुःखीला कर्म’, ‘जामे’ र ‘बुम्बा’मा मुख्य पात्रको भूमिकामा अभिनय गरि सकेका छन् । अभिनयमा आउनु पूर्व उनी छायाङ्कनमा संलग्न थिए । उनले थुप्रै तामाङ र नेपाली फिल्महरुको छायाङ्कन गरेका छन् । उनले छायाङ्कन गरेका तामाङ चलचित्रहरु ‘म्हेन्दोला माया’, ‘दुःखीला कर्म’, ‘जामे’ र ‘जा थेबा’ रहेका छन् भने ‘रात’, ‘दलन २’, ‘सम्बन्ध’, ‘गुनासो’, ‘रेवती’, ‘मिस कल’, ‘कथा एकरात’, ‘पाहुन’, ‘संगम’, ‘जिन्दगीको यात्रा’, ‘ठागु’लगायत छन् ।

तामाङ चलचित्रमा आरम्भदेखि अहिलेसम्म आइपुग्दा के के परिवर्तन पाउनु भयो ?

खासै त्यस्तो परिवर्तन केही आएको छैन । चलचित्र निर्माणको बाढी भने आएको छ ।

संस्थागत विकास हुन नसक्नुको कारण के हो ?

तामाङहरु आफूले आफैलाई ठूलो ठान्नु तामाङ चलचित्रको संस्थागत विकास नहुनुको मूल कारण हो जस्तो मलाई लाग्छ । चलचित्र निर्माण गर्दा धेरै भन्दा धेरै अध्ययन र छलफल गरेर गर्न सके राम्रो हुन्थ्यो । तर, हामी त्यसो गर्दैनौ । अझ एकले अर्काको कुरा काट्ने मात्र नभई अर्को पक्षले निर्माण गरेको चलचित्र नै हेर्दैनन् ।

तामाङ सामाजिक–सांस्कृतिक द्वन्दलाई चलचित्रमा किन समेट्न सकिएन ?

सांस्कृतिक परम्परालाई हेर्ने हो भने तामाङ सबैभन्दा अगाडि नै होला । तामाङ संस्कृति माथि सिनेमा बनाउने हो भने त्यसको बजार राष्ट्रिय रुपमा मात्र होइन अन्र्तराष्ट्रिय रुपमा पनि सम्भव छ । तर, निर्माताहरु लगानी उठाउन सकिदैन भन्ने डरले यस्तो चलचित्र निर्माण गर्न चाहदैनन् । यो पक्ष राम्रो होइन । अब हामीले यस्तो चलचित्र निर्माण तर्फ ध्यान दिनु पर्छ ।

ऐतिहासिक तामाङ चलचित्र किन बन्न सकेन ?

ऐतिहासिक तामाङ चलचित्र बन्ने क्रममा छ । मलाई लाग्छ तपाईले खोजे जस्तो अब छिट्टै बन्ने छ ।

चलचित्र ‘बुम्बा’ कस्तो चलचित्र हो र बजार कस्तो रह्यो ?

मेरो आफ्नै निर्माण र निर्देशन रहेको चलचित्र बुम्बा अध्याधिक दर्शकले मन पराएको चलचित्र हो । चलचित्र बुम्बा तामाङ चेलीको इच्छा विरुद्ध गरिने उत्पिडन र विभेदको कथा हो । जहाँ शिक्षाको आवाज उठाइएको छ भने चेलीबेटी बेचविखनको विषयलाई उठान गरिएको छ । साथै तामाङको परम्परागत विवाहको संस्कृतिलाई जोडदार प्रस्तुत गरिएको छ ।

तामाङ चलचित्रको दर्शक बढाउन के के सुधार गर्नुपर्छ ?

अहिले अधिकांश तामाङ चलचित्रहरु च्यारिटी सोमा मात्र सीमित छन् । धेरै दर्शक माझ पुर्याउनका लागि तामाङ चलचित्र सिनेमा हलहरुमा प्रदर्शन गर्नु पर्छ ।

 

प्रतिकृया दिनुहोस

‘यस पटक संसारभरका एनआरएनको समर्थन मलाई’ 

- खगेन्द्र क्षेत्री, एनआरएन उपाध्यक्ष उम्मेद्वार (खगेन्द्र क्षेत्री गैरआवासीय नेपालीमाझ सुपरिचित नाम हो । गैरआवासीय नेपाली संघ...

चाडवाडमा जुवा, तास खेल्ने र अपराधिक गतिविधि गर्नेलाई छोडिन्न : एसपी थापा

दशैतिहारमा अपराधिक कार्य र सुरक्षा सम्बन्धि जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी सहकुलबहादुर थापासंग सैलुङअनलाइनका लागि राजकुमार...

म्हेनिङ ताम्सालिङ निर्माणको अाधार पनि हाे

काठमाडाैं । तामाङ सांस्कृतिक पर्व ‘म्हेनिङ’ सम्बन्धी पुस्तक सार्वजानिक भएको छ । पुस्तक एस.सी.आर.सी.द्वारा प्रकाशित...

मोफसलमा कार्यक्रम गर्नु फलामको चिउरा चपाउनु हो : किरण अधिकारी

सुन्दरादेवी म्युजिक अवार्ड भर्खरै सम्पन्न भएको छ । मोफसलमा सम्पन्न अवार्डमा विभिन्न २१ विधाका स्रष्टलार्इ...

‘अन्र्तजातीय विवाहो मुद्दामा न्याय दिएकी छु’

विद्यार्थीकालदेखि राजनीतिमा सक्रिय रहनु भएका सीता पराजुली खड्का नेपाली कांग्रेस जिल्ला कार्यसमिति नुवाकोटका सदस्य हुँदै...

दातृ निकायहरुले दिन खोजेको जति भित्र्याउन सकेनन् : नरेन्द्रकुमार गुरुङ

२०७२ सालको भुकम्पले ३१ वटा जिल्लामा रहेको गुम्बाहरु क्षतिग्रस्त भएको हो । भुकम्प गएको ३...