यस बर्षको सैलुङ मेला (फोटो फिचर)

मेलामा बिशेष गरी झाँक्री, लामाको घुइँचो

दोलखा । शैलुङ नेपालको ताम्सालिङ भूमि भित्रकै हालको जनकपुर अञ्चल दोलखा जिल्लाको सदरमुकाम चरिकोटबाट दक्षिण पश्चिममा अवस्थित छ, भने रामेछाप जिल्लाको उत्तर पश्चिम सिमानामा पर्छ ।

भौगोलिक हिसाबमा समुन्द्रि सतहदेखि करिब ३१५० मिटर उचाईमा अवस्थिति २७०३३’ अक्षांस देखि ४१०१२’ उत्तर र ८५०५८’ देशान्तर देखि २९०५८’ पूर्वी देशानतरसम्म फैलिएको छ । शैलुङको उत्तर पूर्वतिर तामाकोशी नदी बहकीरहेको देखिन्छ, पूर्वि दक्षिणमा रामेछाप जिल्लाको भूभाग पर्दछ, भने पश्चिम उत्तरमा दोलखा जिल्लको भूभाग पर्दछ ।

रामेछाप जिल्लाको सिमनामा पर्ने तर दोलखा जिल्लकै भूभागमा पर्ने समुन्द्री सतहदेखि करिब ७२३ मीटरमा रहेको होचो भूमि तामाकोशीको किनारमा रहेको “सीतली बेंशी” शैलुङ प्रदेश वा श्रृंखलाको सबैभन्दा होचो भूमि÷जमिन हो । शैलुङ वैदिक कालदेखिकै धार्मिक, साँस्कृतिक, पुरातात्वीक र ऐतिहासिक दृष्टिले अत्यन्त महत्वपूर्ण क्षेत्र हो ।

प्रत्येक वर्ष  गोने ङ्ह्यामा लाग्ने सैलुङ मेला यस बर्ष साउन २१ गते सम्पन्न  भएको छ ।

जनैपूणिर्माको ३ दिन अघि लाग्ने सैलुङको मेला शनिबार सकिएको हो । प्राकृतिक सौन्दर्यले भरिपूर्ण सैलुङमा सिन्धुपाल्चोक, रामेछाप, दोलखा आसपासका लगायतका ठाउँका  तिर्थालु भक्तजनहरुले मेला भरेका  थिए  ।

सैलुङको मेलामा बिशेष गरी झाँक्री, लामाको घुइँचो देखियो भने श्रदालु भक्तजनको पनि उत्तिकै भीड रहेको थियो । मेलामा ब्यापारीहरु थरीथरीका ब्यापार गरिरहेका थिए । सिन्धुलीको बजारदेखी घरमै उत्पादन गरेको केरा लगायत विभिन्न समानहरुको बेचिरहेका थिए । 
मेलामा बिशेष गरि मृतकका सम्झनामा मोलम पुजापाठ गर्नको लागि टाढाटाढाबाट सैलुङमा आउने गर्दछन । 

प्रतिकृया दिनुहोस्

रंगमय होली

img

देशभर फागु पूर्णिमाको उल्लास छाइरहेको छ । चिसोलाई विदाई गर्मीलाई स्वागत गर्दै ...

फिल्डमा उत्रिए धुर्मुस सुन्तली

img

धुर्मुस सुन्तली रंगशालाको काममा ब्यस्त छन । धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गर्न ...

नेपालीले बजार पाएन, अर्बाैको स्याउ भित्रिए

img

नेपालभित्र हुने उत्पादन वस्तुलाई प्राथमिकता दिनको सट्टा विदेशबाट आयात गरेर खाइरहेको छन् ...

रंगीनमय बन्दै गाउँ

img

भूकम्पपछि पुननिर्माणका अधिकांश घरमा जस्तापाता हालेपछि ग्रामीण भेग रङ्गिएका छन् ।  झट्ट हेर्दा ...

महिला भल्मन्सालाई चूनौति र अवसर

img

सीता चौधरीले गोदावरी नगरपालिका–८ जोनापुरमा भल्मन्सा (सामाजिक नेता) भएको तीन वर्ष भयो ...

चौथो वर्षमा हामी

img

सैलुङअनलाइन आजबाट चौथो वर्षमा प्रवेश गरेको छ । २०७२ साल टे (प्र)े ...

पत्रपत्रिका

सबै