‘अन्र्तजातीय विवाहो मुद्दामा न्याय दिएकी छु’

विद्यार्थीकालदेखि राजनीतिमा सक्रिय रहनु भएका सीता पराजुली खड्का नेपाली कांग्रेस जिल्ला कार्यसमिति नुवाकोटका सदस्य हुँदै गाउँपालिका उपाध्यक्ष हुनुभएकी छिन् । हालै सम्पन्न स्थानीय निर्वाचनमा सहभागी भएर अत्याधिक मतले विजयी हुनुभएकी नुवाकोटका पञ्चकन्या गाउँपालिका उपाध्यक्ष सीतासँग सैलुङअनलाइनले गरिएको कुराकानीको सार संक्षेप :

तपाईको जिम्मेवारीको प्रारम्भिक अनुभव कस्तो रह्यो ?

विगतको जस्तो सजिलो छैन । नेपाल सरकारले स्थानीय तहलाई धेरै र ठुलो जिम्मेवारी दिएको छ । त्यसैले स्थानीय तहको निति निर्माण गरेर थालनी गर्नुपर्ने भएकोले यहाँ चुनौतिहरु धेरै छन् भन्ने मैले महसुस गरेको छु । गाउँसभाले बजेटको निति निर्माण घोषणा ग¥यो । हामीले चुनौतिको बाबजुत पनि बजेट बाँडफाँडमा पूर्णता दियौं ।

गाउँसभाले विकासको कुन कुन योजनालाई प्रथामिकता दिएका छन् ?

गाउँसभाले मुख्यतः विकासका पूर्वाधार सडक र शिक्षालाई प्रथामिकता दिएर बजेट निर्माण गरेका छन् । त्यसपछि समग्रमा विकासको लागि सबै क्षेत्रलाई जोड गर्ने भएका छौं ।

तपाईले निर्वाचन अगाडि घोषणा गरेका प्रतिबद्धताहरु पूर्णता दिन सक्ने सम्भावना छ त ?

यो कार्यकालमा विकासका खातिर जनतासँग बोलेका प्रतिबद्धताहरु पूर्णता दिने प्रयास गर्नेछु । स्थानीय स्रोत पहिचान गर्नुपर्ने भएकोले चुनौति धेरै छन् । त्यही अनुसार निति निर्माण गर्नु पर्नेछ ।

पदभार ग्रहणपछिको पहिलो कार्य र चुनौतिलाई कसरी लिनु भएको छ ?

पदभार ग्रहण गरेदेखि केही त्यस्ता न्यायिक कार्यहरु सम्पन्न गरें । जसमा अन्तर्जातिय विवाह, जग्गा विवादको मुद्धा जस्ता कार्यहरुको फैसला गरेको छु । यो मेरो पहिलो न्यायिक कार्य हो । अप्ठयारो र चुनौतिको बाबजुद पनि गर्नुपर्छ । यसमा मसँगै २ जना सदस्य हुन्छ र सबै वडाका अध्यक्ष, सदस्य लगायत समाजका बुद्धिजीवी र अगुवाहरुको सहयोग रहन्छ । सबैको सहयोगले गर्दा मैले न्याय सम्पादनको जिम्मेवारी  पूरा गर्न सक्नेछु ।   

बालमैत्री स्थानीय शासन लागु गर्ने योजना के छ ?

अहिले हाम्रो गापाको वडा नं. २ स्थित कविलास बालमैत्री स्थानीय शासन लागु गर्न अघि बढिसकेको छ । त्यस वडामा मात्रै सिमित नगरी सबै वडामा पनि बालमैत्री बनाउने प्रयास गर्नेछु ।  यसको लागि हामी प्रतिनिधिहरुलाई प्रशिक्षणात्मक कार्यक्रम गर्दैछौं । यो हाम्रो लक्ष र आबश्यकता पनि हो ।  

जनताहरु निर्वाचित प्रतिनिधिको कामप्रति कत्तिको उत्साहित देखिन्छ ?

जनताले करिब २० बर्षपछि निर्वाचित प्रतिनिधि पाएका छन् । कर्मचारीतन्त्रले आजित भएका जनताले आफ्नै प्रतिनिधिमार्फत स्थानीय शासन महसुस गर्न खोजेका छन् ।  त्यसैले विकास निर्माणमा दु्रत गति पाउनेमा उनीहरु उत्साहकासाथ ढुक्क छन् ।

अन्तमा,

पञ्चकन्या गाउँपालिका स्थानीय तहको न्यायिक कार्य जिम्मेवारी म निस्वार्थ पहल गर्नेछु । यस अनलाइनमार्फत मेरो दायित्वबारे कुरा गर्ने मौका दिनुभएकोमा विशेष धन्यवाद ।

प्रतिकृया दिनुहोस्

एकीकृत बस्ती बसाल्ने प्रकृयामा छौं : अध्यक्ष पानीराज बम्जन

img

  मरिण गाउँपालिका, सिन्धुलीका अध्यक्ष पानीराज बम्जनसँगको कुराकानी :- अघिल्लो वर्ष गाउँपालिकाले लक्षित गरेको ...

एक वर्षमा के के गरे सुनापति गाउँपालिकाले ? 

img

निर्वाचित जनप्रतिनिधिहरुले स्थानीय तहमा जिम्मेवारी सम्हालेको एक वर्ष नाघिसकेको छ । चुनावमा ...

‘पार्टीले ठाडो अन्याय गर्दा झोक चलेको छ’ : नेता सहयात्री

img

सरल सहयात्री, जसले जीवनको सबैभन्दा उर्जाशील समय देश र जनताको मुक्तिका खातिर ...

नेपाल आदिकालदेखि गाई खाने देश होः डोरबहादुर विष्ट

img

(दुई दशकअघि २०५२ जेठ २० शनिबारका दिन समाजशास्त्री डोरबहादुर विष्टसँग चर्चित पत्रकार/सम्पादक ...

‘धेरै नेपाली विद्याथीहरु जपानमा पैसा कमाउने उदेश्यले आउँछन्’– खगेन्द्र खत्री

img

विगत लामो समयदेखि नै नेपाली विद्यार्थीहरु उच्च शिक्षा आर्जनका लागि विकसित देशहरुमा ...

पात्रो नबुझेर ल्होछारमा विवाद: धर्मगुरू सोनाम ग्युर्मे

img

तामाङ समुदायमा ल्होछारसम्बन्धी अन्यौलताको मुख्य कारण पात्रोकाे ज्ञान नभएको हुन गएकाे खेन्पो ...

पत्रपत्रिका

सबै