जडिबुटीको संरक्षण आजको आवश्यकता

नेपाल जडि बुटिमा अत्यन्तै धनी देश मानिन्छ । यहाँका जडिबुटिको संरक्षण र सम्बर्धन गरि व्यवसायिक खेतीमा ध्यान दिनु आजको आवश्यकता हो । वनस्पति र जडिबुटि आर्थिक विकासको आधार पनि बन्न सक्छ ।

मध्य पहाडी भेगमा टिमुर, बेल,सरुवा,च्यूरी, रिठ्ठा , धसिङ्ग्रे,कुरिलो,गोल काक्री आदि जस्ता जडिबुटी पाइन्छ । यस्ता जडिबुटिको राम्रो संग सदुपयोग गर्न सके यसले आर्थिक वृद्धि हुन सक्ने अनुमान गर्न सकिन्छ । परापूर्व कालमा आयुवेर्दिक र परम्परागत  औषधीको रुपमा विभिन्न रोगको उपचारका लागि यस्ता जडिबुटीको प्रयोग भएको पाइन्छ । यिनीहरु मध्ये सरुवा (कदम)  को बोट हाम्रो पाखाबारीमा गल्ली गल्छौडामा बारको रुपमा रोप्ने गरिन्छ । यसको रोपण गरे पहिरो बाट बच्न सकिन्छ भन्ने मान्यता रहेको छ । गाउँघरतिर गिजा सुनिएमा,गिजा चिलाएमा यसको कलिलो डाँठको  चोपसंगै ब्रस गर्दा निको हुने विश्वास रहेको छ । निको पनि हुने गरेको छ । त्यस्तै यसको फललाई प्रसोधन गरि तेल निकाल्दा कपालमा लगाउन सकिन्छ, हिलोले खाएर निस्केको खटिरामा यसको तेल लगाउँदा निको हुन्छ भन्ने मान्यता छ । निको पनि हुन्छ । यसको तेल कपालमा लगाउँदा कपाल छिटो बढ्ने,कालो हुने, जुम्रा नपर्ने जस्ता जनविश्वास रहेको छ ।

दशकौँ वर्ष अघिसम्म यसको प्रयोग गरिरहेकोमा पछिल्लो समय वेवास्ता गरिएकोे पाइन्छ । आज भोलि अन्तराष्ट्रिय बजारमा उत्पादित विभिन्न शक्तिवर्धक क्याप्सुलको प्रयोग बढ्दै गएपछि स्थानिय स्तरमा फलेका यस्ता फलहरु त्यतिकै सढेर जान थालेको पाइन्छ । यसको लागि राष्ट्रिय स्तरबाट चासो  गरि उत्पादन र निर्यात गर्न सके आर्थिक उपार्जनको सम्भावना देख्न सकिन्छ ।   

प्रतिकृया दिनुहोस्

भूकम्पले भत्किएको ४ वर्षपछि नयाँ भवन

img

भूकम्प गएको चार वर्षपछि जिल्ला अस्पताल टेन्टबाट नयाँ भवनमा सरेको छ । ...

६ सय १२ को आँखा परीक्षण

img

रसुवा नौकुण्ड गाउँपालिका वडा नं. ६ स्थित सस्र्युमा एक दिने शिविरमा ६ ...

दोलखामा पशु उपचार केन्द्र संचालन

img

जिल्ला पशु सेवा कार्यालय दोलखालाई अहिले प्रदेश सरकारले भेटेनरी अस्पताल तथा पशु ...

दुई सयभन्दा बढीले लिए निशुल्क सेवा

img

जिल्ला प्रशासन कार्यालयले सुरु गरिएको निशुल्क स्वास्थ्य सेवामा दुई सयभन्दा बढी सेवाग्राहीले ...

समुद्रटारमा बन्यो स्वास्थ्यचौकी

img

नुवाकोट दुप्चेश्वर गाउँपालिका वडा नं. ६स्थित समुद्रटार स्वास्थ्य चौकीको नवनिर्मित भवन सोमबार ...

रक्त सञ्चार दिवस रक्तदान

img

रक्तदान जीवनदान भन्ने मुल नाराका साथ ५२ औँ रक्त सञ्चार दिवस दोलखामा ...

पत्रपत्रिका

सबै