बर्षामासमा पनि हाँसिरेहछ स्वयम्भु...(फोटो फिचर)

मर्मत तथा पुनःनिर्माण कार्य जारी

स्वयम्भु काठमाडौंको धेरै पुरानो पवित्र स्थल हो । यसले काठमाडौंको इतिहास तथा संस्कृतिको जगेर्ना गर्न ठुलो भुमिका खेलेको छ। यसको अस्तित्वले आउँदो पुस्तालाई पनि आफ्ना पुर्खाको संस्कृति तथा चालचलन सिक्नको लागि प्रेरित गर्नेछ । तिब्बती बुद्धधर्मालम्बीहरुको लागि स्वयम्भु बौद्धनाथ पछिको दोस्रो पवित्र ठाँऊ हो।

स्वयम्भुनाथ परिसरका स्तुपा, मठ अनि मन्दिर कतिपय त लिक्ष्वीकालमा बनेका थिए। स्वयम्भुका अधिकांस चित्रकला नेवारी बुद्धधर्मालम्बीसंग सम्बन्धित छ। यो क्षेत्र अन्य बुद्धधर्माबलम्बी तथा हिन्दु धर्मावलम्बीको पनि गन्तव्य हुने गरेको छ।

स्वयम्भुको अर्थ आफै-उत्पत्ति भएको हुन्छ । अनन्तसँग आफै बलिरहने ज्वाला छ स्वयम्भुमा। यसै ज्वालाको नामबाटै स्वयम्भुको नाम रहन गएको कथा छ। कथा अनुसार मञ्जुश्रीले स्वयम्भु भएको एक कमलको फूलको बारेमा अन्तरज्ञान भएपछि त्यहाँ पुजा गर्न गए। त्यो बेला उपत्यका एक जलाशय थियो। उनले चोभारमा डाँडा काटेर उपत्यकाको पानी बाहिर निकाले अनि उक्त कमलको फूल भएको ठाँउमा एक डाँडा देखापर्यो र सोही फूल स्तुपा भयो।

राजा मानदेवका जिजु हजुरबुवाले पत्ता लगाएका थिए स्वयम्भु। स्वयम्वभुमा भेटिने पुराना लेख सहितका ढुङ्गामा मानदेवले यो स्तुपाको मर्मत गरेको कुरा लेखिनाले यो कुरा पुष्टी गर्छ।

नेपालमा दुई वर्षअघिको विनाशकारी भूकम्पबाट झण्डै ७ सय ५० वटा ऐतिहासिक सम्पदा र धरोहरहरुमा क्षति पुगेको थियो।

यो स्तुपा सन् २०१० मा पुरै जीर्णोद्धार गरिएको थियो। तर बैशाख १२ मा आएको भुकम्प र त्यसपछिका पराकम्पहरुले स्वयम्भु क्षेत्रमा पनि क्षति पुर्याएको छ। मुख्य स्तुपामा भने ठुलो क्षति भएको छैन। स–सना मठ-मन्दिरहरु भत्किएका भने छन्। भुकम्पले क्षतिग्रस्त स्वयम्भु, अझै उठ्न सकेको छैन । अहिले मर्मत तथा निर्माण कार्य चल्दैछ।

साँस्कृतिक सम्पदाहरूमा पहिलो पुनःनिर्माण सम्पन्न भएकाे बाैद्ध स्तुपा हाे ।

पुरातत्व विभागले झण्डै सवा सयवटा विभिन्न सम्पदाहरुमा अहिले पुनर्निर्माणको काम अघि बढिरहेको जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्

काठमाडौमा नै निकुञ्ज  पीडित

img

वनस्पति, वन्यजन्तु, भूदृश्यहको संरक्षणका लागि स्थापना भएका राष्ट्रिय निकुञ्ज का नीतिहरु नागरिकमैत्री ...

शैलुङको कोसेली छुर्पी

img

यो गीतको सिर्जना गर्दा सर्जक श्रवण मुकारुङले सायदै सोचेका थिएनन् । गीतमा ...

एक हातमा ३ महिने बालिका, अर्को हातमा किताब

img

पढ्न, लेख्न र ज्ञानगुनको कुरा सिक्न उमेरले छेक्दैन, मात्र आफ्नो इच्छा आकांक्षा ...

आन्दोलन निर्णायक हुन्छ : नेता लिङ्देन (भिडियो)

img

आदिवासी जनजाति, मधेश, दलित लगायतको पहिचानको मागलाई सम्बोधन गर्ने हो भने संविधानको ...

रंगमय होली

img

देशभर फागु पूर्णिमाको उल्लास छाइरहेको छ । चिसोलाई विदाई गर्मीलाई स्वागत गर्दै ...

फिल्डमा उत्रिए धुर्मुस सुन्तली

img

धुर्मुस सुन्तली रंगशालाको काममा ब्यस्त छन । धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गर्न ...

पत्रपत्रिका

सबै