इक्यान मेलामा अवलोकनकर्ता उत्साहित (फोटोफिचर)

काठमाडौं । ११ औं इक्यान शैक्षिक मेला बिहीबारबाट सुरु भएको छ । राजधानीको भृकुटीमण्डपमा सुरु मेलाको उद्घाटन नेपालका लागि श्रीलंकाली राजदुत डव्लु एस परेराले गरिएको थियो ।

३ दिनसम्म चल्ने मेलामा भारत ,चीन, बंगलादेश, अष्ट्रेलिया, बेलायत, न्यूजिल्याण्ड, क्यानडा, श्रीलंका लगायत विभिन्न मुलुकका प्रतिष्ठित कलेज तथा विश्वविद्यालय एवं इक्यान आबद्ध शैक्षिक परामर्शदाताहरुका दुई सय पचासभन्दा बढी स्टल राखिएका छन् ।

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) द्धारा आयोजित मेलामा उच्च शिक्षा अध्ययनका लागि माथी उल्लेखित मुलुकहरूमा अध्ययन गर्न जान चाहने विद्यार्थीहरुलाई एकै थलोबाट विभिन्न देशका शिक्षा निति, भिसा निति, इन्ट्री रिक्वायरमेन्ट, छात्रवृत्ति तथा सम्पूर्ण आवश्यक सूचना एवं जानकारी दिने उद्देश्यका साथ अायोजना गरिएको अायोजकले बताए ।

मेलामा २०७२ मा भुकम्पले ध्वस्त पारेका फोटोहरू प्रदर्शनमा राखिएको छ। मेलालार्इ अवलोकन गर्न कलेज पढ्नेहरू विद्यार्थीहरूको उत्साहित भीड रहेको थियो । 

प्रतिकृया दिनुहोस्

जसको त्रास र डरमा छन् गाउँ

img

माथि डाँडा, तलतिर खोला बग्ने खहरे । जहाँ हिउँद होस् या बर्खा, ...

छातेढुङ्गाका किसान खुसी

img

तेह्रथुमको आठराई गाउँपालिका साविक छातेढुङ्गाका धनबहादुर तामाङलाई पिठ्यूँमा भारी बोक्दाको पीडा अझै ...

माथिल्लो त्रिशूली-१ आयोजना निर्माण हुने संकेत

img

माथिल्लो त्रिशूली १ (२१६ मेगावाट) जलविद्युत आयोजना बन्ने संकेत मिलेको छ । ...

लोपोन्मुख चेन क्षेबा लोक नाटक सम्पन्न

img

गोसाइकुण्ड गाउँपालिका वडा नं. ५ ठूलो भार्खु गाउँमा लोपोन्मुख चेन क्षेबा लोक ...

नेपाल-भोट युद्धको किल्ला रसुवागढी

img

रसुवागढी प्राचीनकालदेखि नेपाल र भोटबीच चल्ने व्यापारिक मार्गको रुपमा रहिआएको छ । ...

आदिवासी अधिकारको आधारशीला

img

आदिवासी जनजातिका अधिकारलाई सहज र सुव्यवस्थित बनाउन नेपाल सरकारले विभिन्न अन्तर्राष्ट्रिय कानूनहरुको ...

पत्रपत्रिका

सबै