कौसीमा फलफुल फलाउन सकिन्छः बद्रीनाथ गौली

काठमाडौं सहरको घना वस्तीवीचको यो घर । जुन घरको छत — स्याउ, आँप, उखुलगायतका फलफुलले भरिएको छ । यो घर बद्रीनाथ गौलीको हो । काठमाडौं महानगरपालिका वडा नं. २६, गल्कोपाखा, देवु टोलको धेवु मार्गमा साढे २ आना जग्गामा बनेको साढे ३ तले घरको छतमा पुग्दा — व्यवसायिक फलफुल बगैचामा पुगेजस्तो लाग्छ ।

सहरका वीचमा बसेर नागरिक दायित्वका कोणबाट उल्लेखनीय काम गर्ने गौली उदारण पात्र हुन् ।

२०६७ सालमा घर बनाएका गौलीले २०६९ सालबाट कौसीमा तरकारी र फलफुलका बोट लगाउन शुरु गरेका हुन् । उनले रोपेको कलमी स्याउ १ बर्षमै फल्न थालेको थियो । आँपको बोटमा अहिले पनि फल देख्न सकिन्छ । फूल फुलेर दाना लाग्दा २२ दाना थिए । असिना पानी र वातावरणीय प्रभावले केही फल झरेर गए, मालदह जातका ५ दाना आँप अहिले पनि बोटमा छन् । आँपभन्दा बढी त स्याल फल्छन् — गौलीको घरमा । उनी भन्छन् एक बोटमा २०० दानासम्म फले । मुस्ताङी जातका यी स्याउ रसिला छन् । तौलिंदा ३ दानाले १ किलोग्राम हुन्छ ।

२ जना छोराछोरीका पिता नेपाली सेनाको जागिरबाट अवकाशपछि कौसी तरकारी खेतीमा लागेका हुन् । छोरा छोरी विदेशमा छन् । श्रीमतिको आफ्नै पेशा छ । उनी भने बोटविरुवा र फलफुल, सागसव्जी र कुखुरा पालनमा रमाएका छन् ।

कौसी तरकारी खेतीले एकातिर आफैंले उव्जाएको ताजा तरकारी र फलफूल खान पाएका छन् । अर्कोतिर अवकाश प्राप्त जीवन कसरी विताउँ भनेर चिन्ता पनि छैन । योभन्दा महत्वपूर्ण भनेको त सहरलाई जैविक विविधताको संरक्षण सहितको हरियाली बनाउने काममा गौलीको योगदान छ । उनको कौसी बगैंचामा चराचुरुङ्गी पनि रमाउन पाएका छन् । कौसी तरकारी खेती गरेपछि घरको फोहोर बाहिर निकाल्नु परेन । गौलीले भान्साबाट बाँकी रहेको खाना दिएर कुखुरा पालेका छन् । कुखुराको सुली मल पनि हुने भो । मासुको आवश्यकता पनि पूरा हुने भो । उनका हरेक एक कामले अर्को कामसँग सम्बन्धित छन् । यसले सहरमा फोहार व्यवस्थापनकालागि नागरिक दायित्व पनि पूरा भयो ।

फलफुल, तरकारी र कुखुरापालनबाहेक गौलीको घरमा विभिन्न प्रजातिका फूल पनि छन् । गुलाफ, लाली गुराँस, रातकी रानी, ४ प्रजातिका असारे उनको कौसीका शोभा हुन् । जसले घरलाई सुगन्धित मात्र बनाएको छैन, सुन्दर पनि बनाएको छ । काठमाडौंको घनाबस्ती । हरियाली खोज्दै हिँड्नु पर्ने ठाउँको एउटा सानो क्षेत्रफलमा उत्पादन भएका यी फलफुल तरकारी उत्पादन हेर्दा, उत्पादनशील सहरका हरेक घरका छत बाँझै रहे, अव यी छतमा उत्पादन गर्नु पर्छ भन्ने अभियान प्रवर्धनको खाँचो देखिन्छ ।

यो खाँचो अव कसरी पूरा गर्नुहुन्छ? बगैचा अवलोकन गर्न पुग्नु भएको वडा नं. २६ का वडाध्यक्ष ख्यामराज तिवारीसँग हाम्रो सोधाइ थियो । कौसीलाई उर्वर बनाउन महानगरले अहिले कौसी तरकारी खेती र सहरी सरसफाइमा नागरिक दायित्व बढाउन क्लिन द सिटी अभियान चलाइरहेको छ । यी दुई कार्यक्रमलाई नागरिकले दायित्व बोध गर्न सके न सहर फोहोर हुन्छ न उजाड, बरु यस्ता कामलाई प्रवर्धन गर्न सके छिमेकीलाई पनि यस्तै गरुँ जस्तो लाग्छ । उत्तम बखती छिमेकी हरिप्रसाद सेढार्इँ छिमेकी गौलीको कामवाट छिमेकी मात्र होइन, वडाध्यक्षमा पनि राम्रो प्रभाव परेको छ । बगैंचा हेरिसकेपछि उहाँ भन्नुहुन्छ —यस कामलाई वडाभरि नै विस्तार गरिनेछ ।

वडाध्यक्षले प्रशंशा गरेपछि गौलीले थपे — वडाले मेरो खेतीलाई वढाउन औषधि, औजार तथा उपकरणमा मलाई सहयोग गरोस् । मैले जानेको कुरा म वडाबासीलाई सिकाउँछु । सहरका वीचमा बसेर नागरिक दायित्वका कोणबाट उल्लेखनीय काम गर्ने गौली उदारण पात्र हुन् । अरु पनि यस्ता पात्र हुन सक्नुहुन्छ । त्यस्ता पात्रलाई खोजेर अभियान सञ्चालनको अगुवा बनाउन सक्ने हो भने, नागरिक सहभागिताले नै सहरको मुहार फेरिन सक्छ । त्यसैले अव महानगरले गौली जस्ता अगुवाको जाँगरको उपयोगको कार्यक्रम अघि सार्ने कि ।

प्रतिकृया दिनुहोस्

जसको त्रास र डरमा छन् गाउँ

img

माथि डाँडा, तलतिर खोला बग्ने खहरे । जहाँ हिउँद होस् या बर्खा, ...

छातेढुङ्गाका किसान खुसी

img

तेह्रथुमको आठराई गाउँपालिका साविक छातेढुङ्गाका धनबहादुर तामाङलाई पिठ्यूँमा भारी बोक्दाको पीडा अझै ...

माथिल्लो त्रिशूली-१ आयोजना निर्माण हुने संकेत

img

माथिल्लो त्रिशूली १ (२१६ मेगावाट) जलविद्युत आयोजना बन्ने संकेत मिलेको छ । ...

लोपोन्मुख चेन क्षेबा लोक नाटक सम्पन्न

img

गोसाइकुण्ड गाउँपालिका वडा नं. ५ ठूलो भार्खु गाउँमा लोपोन्मुख चेन क्षेबा लोक ...

नेपाल-भोट युद्धको किल्ला रसुवागढी

img

रसुवागढी प्राचीनकालदेखि नेपाल र भोटबीच चल्ने व्यापारिक मार्गको रुपमा रहिआएको छ । ...

आदिवासी अधिकारको आधारशीला

img

आदिवासी जनजातिका अधिकारलाई सहज र सुव्यवस्थित बनाउन नेपाल सरकारले विभिन्न अन्तर्राष्ट्रिय कानूनहरुको ...

पत्रपत्रिका

सबै