तपार्इले नुहाउँदा प्रयोग गरिने तौलिया कति अग्र्यानिज्म’ ?

न्युयोर्क । न्युयोर्क विश्वविद्यालयको स्कुल अफ मेडिसिनका माइक्रोबायोलोजिस्ट फिलिप टियर्नोको भनाइमा भिजेको (नुहाएर जिउ पुछेको) तौलिया एउटा जीवित ‘अग्र्यानिज्म’हो। 

यस्तो, तौलियामा जीवाणू हुर्कन र वृद्धिका लागि चाहिने उपयुक्त वातावरण (जस्तोः पानी, तापक्रम र पर्याप्त अक्सिजन) हुन्छ। ओसिलो ठाउँमा ‘माइक्रोब्स’को बास हुन्छ। 

यसै कारण टियर्नो भन्छन्, ‘कुनै पनि तौलिया धुनुअघि तीन पल्ट मात्र प्रयोग गर्नु ठीक हुन्छ। र त्यो पनि हरेक पल्ट प्रयोगपछि तौलिया पूर्ण रुपमा सुख्खा (सुकेको) हुनुपर्छ।’

तौलिया सुख्खा वा धेरै समय चिसो/भिजेको कुरा त्यसबाट आउने गन्धबाट थाहा पाउन सकिन्छ। ‘तौलियाबाट गन्ध आइरहेको छ भने, जहाँबाट गन्ध आउँदै छ, त्यहाँ ‘माइक्रोब्स’ मौलाइरहेका हुन्छन्। त्यसैले तत्काल तौलिया धोइहाल्नुपर्छ,’ टियर्नो भन्छन्। 

ब्याक्टेरियाले भरिपूर्ण तौलियाले शरीर पुछे तपाईंका शरीरमा ती ब्याक्टेरिया सर्छन्। फलस्वरुप फोहर र संक्रमण सफा गर्न भर्खर तपाईंले नुहाएको सबै बेकार हुन जान्छ।

त्यसमाथि पनि यदि तपाईं तौलिया अरुसँग साझा गरिरहनु भएको छ भने तपाईंको शरीरले नचिनेका जीवाणु र संक्रमण तपाईंमा सर्न सक्छ। टियर्नो भन्छन्, ‘जस्तो कि ‘स्टेफ्नोककस औरस’ले घाउ/डन्डीफोर आउन सक्छ वा संक्रमण हुन सक्छ ।’

तर के स्मरण गर्नु आवश्यक छ भने, सबै माइक्रोब्स हानिकारक हुँदैनन्। यथार्थमा तीमध्ये धेरै हानिकारक हुँदैनन् र लामो समयमा केही माइक्रोब्स लाभदायक पनि हुन्छन्।

चिकित्सा क्षेत्रमा प्रचलित एउटा मान्यता ‘हाइजिन हाइपोथेसिस’ अनुसार सानो उमेरमा नै केही जीवाणू र केही निश्चित संक्रमण बालबालिकाले सामना गरे मात्र उनीहरूमा रोग प्रतिरोध क्षमता बलियो हुने र भविष्यमा सामान्यखालका संक्रमण सहजै पराजितगर्ने विश्वास गरिन्छ। यसो भन्दैमा गन्हाउने तौलिया कसैलाई पनि मन पर्दैन। खासगरी, त्यस्तो तौलिया जसको गन्धले नै जीवाणूको स्वर्ग भएको संकेत दिइरहेको हुन्छ।

http://www.swasthyakhabar.com/

प्रतिकृया दिनुहोस्

निशुल्क योग तथा आयुर्वेद शिविर सम्पन्न

img

गोसाइकुण्ड गाउँपालिका ६ स्थित धुञ्चेमा नियमित योग गरी आयुर्वेद पद्धति अपनाउनपर्ने भन्दै ...

रसुवामा अन्तराष्ट्रिय योग दिवस मनाए

img

गरौ योग रहौ निरोग भन्ने नारासहिति बिहीबार गोसाइकुण्ड गाउँपालिका –६ धुञ्चेमा बृहत ...

स्थानीय तहको उदाहरणीय काम : जेष्ठ नागरिकलाई घरमै पुगी निशुल्क स्वास्थ्य सेवा

img

दोलखाका स्थानीय तहले अहिले ६० वर्ष माथि जेष्ठ नागरिकको घर-घरमा पुगी निशुल्क ...

डा. उपेन्द्रको स्वास्थ्य सामान्य, हल्लाले परिवारमा पीडा

img

क्यान्सरबाट विरामी परेका वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको स्वास्थ्यबारे सामाजिक संञ्जालमा ...

दुई दिने आँखा शिविर सम्पन्न

img

गोसाइकुण्ड गाउँपालिका वडा नं. ६स्थित धुन्चेमा आँखा शिविर सम्पन्न भएको छ । डोल्मा ...

रसुवामा पतञ्जली योगा संचालन

img

रसुवाको साविकको धुञ्चे गाविसमा रहेको हाइल्याण्ड माविमा पतञ्जली योगाशिविर संचालन भएको छ ...

पत्रपत्रिका

सबै