वाटरप्रुफ ज्याकेट

बर्षात सुरु भएसंगै बजारमा वाटर प्रुफ ज्याकेटको ब्यापार ह्वात्तै वृद्धि भएको छ। अरु बेला धेरै थोरैले वटर प्रूफ ज्याकेट प्रयोग गरेता पनि बर्षयाम सुरु भएसंगै प्रायः जसो सबै उमेरका मानिसहरुले यस ज्याकेट प्रयोगमा ल्याएको देखिन्छ। के बच्चा के यूवा, के वृद्ध आफ्नो साइज अनुसारको ज्याकेट लगाएर पानी परिरहेको समयमा मज्जाले बाहिर हिडिरहेको देख्न सकिन्छ।

पछिल्लो समयमा फेसनेवल भएर विभिन्न डिजाइनमा आएको हुनाले अन्य आउटर र ज्याकेटको तुलनामा यसले बजार ढाक्दै आएको छ।

यूवा पुस्तालार्इ मध्यनजर गर्दै आजभोली नयाँनयाँ डिजाइनको वाटर प्रूफ ज्याकेट तथा वाटर प्रूफ आउटरहरु फरकफरक डिजाइनमा निस्केको छ । यो दृश्य पसलमा सजाएर राखेको डमि देख्दा मात्र नभइ पानी परिरहँदा वाटर प्रूफवाला पहिरन लगाएर बाहिर हिडिरहेको जो कोहि देखेर पक्का हुन्छ कि, यूवा पुस्ताले बर्षाको समयमा पानीबाट जोगिन छाता तथा र्‍याङ्कोट भन्दा वाटर प्रूफ ज्याकेट तथा आउटरलाई रोजाइमा पारेको छ । बौद्द स्थित पिपलबोट निरको रोडमा पानी परिरहँदा पनि मज्जाले जामको सामाना गर्न सक्ने मुना तामाङ्ग भन्छिन "स्कुटरमा हिड्दा र्याङ्कोट भन्दा सजिलो हुने साथै स्टाइलिस्ट पनि देखिने भएकोले मैले यसलाई वेइदर फेभरेट बनाएको हुँ। हावा चल्दा होस या पानी पर्दा दुबै मौसममा यसले मलाइ प्रोटेक्ट गर्छ।" उनी पिङ्क कलरको घुँडासम्म आउने झट्टा हेर्दा वानपिस जस्तै देखिने वाटर प्रूफ लङ ज्याकेटमा चिटिक्क परेर स्कुटर माथी  आफुलार्इ सुरक्षित छु भने झै गरि खुसी देखन्थ्यो। त्यसो त स्कुटर वा मोटर बाइकमा हिड्ने यात्रुले मात्र नभै सडक व्यापारी, अफिसर तथा हाउसवाइफ आदि सबैको रोजाइमा वाटर प्रूफ ज्याकेट परेको छ।

"पानी बाट मात्र नभै काठमाडौको धुलो धुवाँबाट बच्न वाटर प्रूफ ज्याकेट प्रयोग गर्छ। दिनभरी पसलमा बस्दा धुलैधुलो हुन्छ। वाटर प्रूफ ज्याकेट लगायो भने धुलो ज्याकेट बहिरै टासेर बस्छ । यसले गर्दा ज्यानमा मैलो छिट्टै हुदैन। जिउ गन्हाउदैन। ज्याकेट धुन पनि सजिलो हुन्छ" भन्नू हुन्छ कौसलटारको फलफूल व्यापारी सोम मगर। एडिड्यास, निक, नर्थफ्रेस आदि धेरै ब्राण्डमा पाइने वाटर प्रूफ ज्याकेट साइज, क्वालिटी, डिजाइन र ब्राण्ड अनुसार फरक फरक मुल्यमा खरिद गर्न सकिन्छ।

वाटर प्रूफ ज्याकेट टिकाउ हुनका साथै सस्तो मुल्यमै पाउने भएकोले पछिल्लो समयमा सबैको रोजाइमा पर्न सफल हुँदै आइरहेको देखिन्छ। के. आर फेन्सी स्टोरका वनर अब्दुल खाली भन्नू हुन्छ "बर्षातको समयमा ब्राण्ड भन्दा नि पानीबाट जोगिनका लागि यस्ता ज्याकेट नै खोज्न आउँछ्न। आफ्नो साइज मिल्यो भने जुन ब्राण्डको भए पनि किनिहाल्छ। वाटर प्रूफ ज्याकेटहरु बाग्ला तथा पातलो दुबै थरिमा पाइन्छ। जाडो मौसममा बाग्ला ज्याकेटहरु प्रयोग भएता पनि पातलो ज्याकेटहरु जुनसुकै मौसममा प्रयोग गरेको देखिन्छ। "हामी खासाबाट डाइरेक सामान ल्याउछौ। कहिलेकाहिँ भन्सारमा महङ्गो कर तिर्नुपर्छ त्यसो हुँदा खासै फाइदा नभए तापनि वाटर प्रूफ ज्याकेटहरु आजभोली हरेक सिजनमा चल्ने हुनाले खासै फरक पर्दैन। पहिलापहिला जाडो सकेर गर्मी सुरु हुनुभन्दा अघिको मौसममा अलि धेरै जाने गरेता पनि आजकाल काठमाडौको धुलो धुवाँबाट बच्नका लागि पानी नपर्ने मौसममा पनि लिने गर्छ। त्यसो हुँदा वाटर प्रूफ ज्याकेटबाट हामिलाइ नबिक्ने स्टक रहने जस्तो समस्या हुदैन।"मनकामना फेन्सी स्टोर सामाखुसिको वनर सन्जित भने ।

वाटर प्रूफ ज्याकेटले सुरक्षा मात्र नभै पछिल्लो समयमा फेसनको रुपमा पनि भित्रिएको पाइन्छ। भित्र समिज, सेन्डु अथवा क्रप टिसर्टहरु लगायो अनि बाहिर ज्याकेट लगाएर कुल भएर हिडिरहेको पनि देख्न सक्छौ। चामुण्डा कलेजमा कक्षा १२ मा अध्यानरत छात्र उमेश भन्छन "हाफ टिसर्टमा प्राय वाटर प्रूफ ज्याकेट लगाउँछु। किनभने यसले मलार्इ घामबाट बचाइ फूल सर्टको काम गर्नुका साथै पानी पर्दा पनि र्‍याङ्कोटको काम गर्छ। जुन सुकै सिजनमा फिट हुन्छ।" वाटर प्रूफ ज्याकेट केही बर्ष अघिबाट नै निस्केको भए तापनि पछिल्लो समयमा फेसनेवल भएर विभिन्न डिजाइनमा आएको हुनाले अन्य आउटर र ज्याकेटको तुलनामा यसले बजार ढाक्दै आएको छ।

प्रतिकृया दिनुहोस्

शैलुङको कोसेली छुर्पी

img

यो गीतको सिर्जना गर्दा सर्जक श्रवण मुकारुङले सायदै सोचेका थिएनन् । गीतमा ...

एक हातमा ३ महिने बालिका, अर्को हातमा किताब

img

पढ्न, लेख्न र ज्ञानगुनको कुरा सिक्न उमेरले छेक्दैन, मात्र आफ्नो इच्छा आकांक्षा ...

आन्दोलन निर्णायक हुन्छ : नेता लिङ्देन (भिडियो)

img

आदिवासी जनजाति, मधेश, दलित लगायतको पहिचानको मागलाई सम्बोधन गर्ने हो भने संविधानको ...

रंगमय होली

img

देशभर फागु पूर्णिमाको उल्लास छाइरहेको छ । चिसोलाई विदाई गर्मीलाई स्वागत गर्दै ...

फिल्डमा उत्रिए धुर्मुस सुन्तली

img

धुर्मुस सुन्तली रंगशालाको काममा ब्यस्त छन । धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गर्न ...

नेपालीले बजार पाएन, अर्बाैको स्याउ भित्रिए

img

नेपालभित्र हुने उत्पादन वस्तुलाई प्राथमिकता दिनको सट्टा विदेशबाट आयात गरेर खाइरहेको छन् ...

पत्रपत्रिका

सबै