हरर हुइँकियो पहाड खोपि रेल

- नारायण नेपाल

आफनो विकास र समृद्धीको यात्रामा एउटा सिमा पार गरी सकेपछि आज चिन विस्तारै दुनियाँका लागी खुल्ला हुदै गएको रहेछ । हामी युनानको यात्रामा थियो । बिहान सबेरै उठेर खाजा खाएसगै हामी तयार भएका थियो । आजको हाम्रो यात्रा डियान्ची ताल भन्दा निक्कै पर क्युलिन जिल्लामा रहेको  थियो । यो युनानको पुर्वी क्षेत्रमा पर्ने जिल्ला हो । युनान प्रान्तको दोस्रो ठुलो शहर र दोस्रो ठुलो आम्दानी स्रोतको रुपमा यसलाई लिने गरिन्छ ।

बिकास समृद्धिको लागि हरेक भीर पहाड, पहरा खोलानाला प्राकृतिक प्रतिकुलतालाई अनुकुलतामा बदल्न चिनियाँहरु माहिर भएका रहेछन् ।

हामी तिब्र गतिको रेलको यात्रामा क्युलिन जिल्लामा जाने कुराको जानकारी वाङ यिले गरेकी थिइन् । चिनले दुनियाँलाई जित्दै सबैभन्दा तिब्र गतिको रेल सेवा सञ्चालनमा ल्याएको छ । हामी रेलको यात्राका लागि कुन्मिङ रेल स्टेशन तिरको यात्रामा लाग्याैं । यतिबेला दक्षिण एसिया र  दक्षिण पश्चिम एसियाली १५ देशका पत्रकारहरुको हुलको नेतृत्व गर्दै युनान प्रान्तीय जनसरकारका प्रचारप्रसार प्रमुख तियान हुजिगं अगाडी लागेका थिए । बिशाल सडकमा तिब्र गतिको  बस यात्रामा चिनियाँ शहरी विकासका नमुनाहरु नियालिरहेको थिए । हरियाली सहरको सुन्दरता र ब्यवस्थापनको आधुनिकतालाई चिनियाँहरुले आफनो पौरख भन्दै थिए ।

हामी बसको यात्रा बिटमार्दै कुन्मिङ रेल स्टेशन तिर लाग्यौ बिशाल अत्याधुनिक सुविधा सम्पन्न रेल स्टेशन अवलोकन र तस्विर लिने काम सकेपछि हामी रेलको प्रतिक्षामा थियौ ।

बिकासमा चिनियाँहरु चमत्कार गर्दै दुनियाँलाई जित्ने योजनामा तल्लीन रहेछन् । उनीहरुको सोंचमा लाओस थाइल्याण्ड र सिंगापुर जोड्ने लक्ष्य यो रेलमार्गले बोकेको थियो । संसार जोड्ने लक्ष्य सहित बनेको प्रतिघण्टा ३ सय किलोमिटरको गतिमा गुड्न सक्ने तिब्र गतिको रेलको यात्रामा थियौ हामी । चिनियाँहरु भन्दै थिए । अब हामी भ्याकुम रेल बनाएर बेजिङदेखि १२ घण्टामा अमेरीकाको न्युयोर्क पुर्याउछौ । उनीहरुको यो कुरा सुन्दा त छक्कै परियो ।

आज पत्रकारहरुको लागि रेलमा विशेष साँस्कृतिक प्रस्तुती राखिएको रहेछ । शहरमा नागबेलि बनी जेलिएका सडक तल रेल दौडीरहेको त कहिले पहाडका पाखालाई प्वाल पारेर बनाईएको बाटोमा कुदिरहेको थियो रेल । बिकास समृद्धिको लागि हरेक भीर पहाड, पहरा खोलानाला प्राकृतिक प्रतिकुलतालाई अनुकुलतामा बदल्न चिनियाँहरु माहिर भएका रहेछन् । बलियो प्रमाण थियो रेलमार्ग र शहरको भौतिक पुर्वाधारहरु । यो प्रविधिले नेपाली भौतिक निर्माण गर्ने हो भने संसारको आकर्षणको केन्द्र नेपाल नै हुन्छ जस्तो लाग्यो । मेरो नजर रेलको गति देखाई रहेको पर्दामा थियो । हेर्दाहेर्दै रेलले ३०० किलोमिटर प्रतिघण्टा गति चुमेको देखियो । यसो झ्यालतिर आँखा लगाएको त गोलि सरी बस्ती र पहाडहरुलाई उछिनिरहेको थियो, सर्प जस्तै लमतन्न रेलले । मेरो मनमा भने तिब्र गतिको रेलयात्रा चिनियाँ बिकासको चर्तिकलासँगै उब्जिदै थियो यस्तो भावनाहरु
हरर हुइकियो सुरुग भित्र रेल
खै के के देखिन्छ हेरौ बाचुन्जेल,

संसार चुम्ने महत्वकाक्षी चिनियाँ सपनाको सफलताको आधारहरु यसै गरी खडा भईरहेका थिए । यतिबेला उ दुनियाँलाई विकास र समृद्धिको नारा देखाएर जितिरहेछ जस्तो लाग्दथ्यो । चिनियाँहरुले बेजिङ साङघाई कुन्मिङ हुदै म्यानमार लाओस र भियतनामसम्म फैलाउने योजनामा थिए । सांँस्कृतिक रमझम र गफगाफ चल्दाचल्दै हामी युनान प्रान्तको पुर्वी जिल्ला कुन्जिङमा आइ पुग्यौ ।

बिशाल रंगशालको अवलोकनसगै हामी खान खान लाग्यो । खानापछिको हाम्रो यात्रा थियो क्युलिन जिल्लाको निलो अंगुर उत्पादन योजनाको निरीक्षण गर्ने । चिनियाँ कम्युनिष्ट पार्टीको क्युलिङ जिल्ला र क्युलिङ जनसरकारको नितिमा यो योजना चलेको रहेछ ।  यो क्षेत्रलाई हरियाली आर्थिक केन्द्रको नमुनाको रुपमा विकास गर्दै रहेछन् हामी फारममा आइपुग्यौ ।

३७४ लाख युआनको लगानीमा सो बिशाल निलो अंगुर उत्पादन केन्द्र स्थापना गरिएको रहेछ । बार्षिक १५०,००० टन उत्पादक लक्ष्य रहेको सो फारमको ७० प्रतिशत उत्पादन चिनियाँ बजारमा नै खपत हुने उनीहरुको अनुमान रहेछ । १० करोड युआन कमाउने कुरा सुनाए । जंगलतिर लगेको बाख्रा बालीतिर पसे झै एक हुल पत्रकारहरु फारमतिर पसे हामी तस्विर मै मस्त थियौ । तियान हुजिगं  यो दृश्य गोठालाले झै नियालि रहेका थिए । उनीहरुले हामीलाई उपहार दिए त्यही आफनो उत्पादन । मौसम बदलीरहेको थियो । सिमसिम पनि परीरहेको थियो हामी त्यहाँबाट फर्कीयौ । बाटामा देखिएको बिशाल फाँटहरु हरियाली थिए, खेतहरु बालिले भरिएका थिए । अर्गानिक उत्पादनलाई जोड दिएको थिए उनिहरु । बाटोमा यस्तै दृश्यहरुलाई अवलोकन गर्दै । हामी मायालु शहरतिरको यात्रामा लाग्यौ ।

क्युलिङ जिल्लामा पर्ने मायालु शहर कुन्मिङबाट १३० किलो मिटर टाढा थियो । चिनियाँ घरजग्गा कारोबार कम्पनीको लगानीमा २१.२ करोड चिनियाँ युआनको लगानीमा उक्त मायालु शहर बनाईएको रहेछ । उनीहरु युरोपियनस्तरको मापदण्डलाई माथ गर्दै अत्याधुनिक सुविधा सम्पन्न नयाँ शहर निर्माण गर्दै रहेछन् । पर्यटक लक्षित यो शहर पश्चिमी जगतको सुविधा सम्पन्न आधुनिकतालाई माथ गर्ने चिनियाँ योजना रहेछ भन्ने सहजै बुझन सकिन्थ्यो । तातोपानीको पोखरीमा राखेको अण्डाको टोकरी किशोर श्रेष्ठले उठाए सबैले पोखरीमा उसिनेको अण्डा खान थाल्यो ? विद्युतिय रिक्सामा हामी मायालु शहर अवलोकन यात्रा लाग्यौ । किशोर दाई र जेपि गुप्तासर भिडीयोमा मायालु शहरलाई कैद गर्न तल्लीन थिए । नेपाल भएकी मायालुका सम्झनामा मन मनै भक्कानिदै गीत गुञ्जिरहेको थियो । `तिमी बिनाको जिवन सोच्न पनि सक्दिन फुल बिनाको बास्ना सोच्न पनि सक्दीन... ´ सबै मौन थिए दृश्य कैद गर्न । अजर अमर गीतहरुका पारखी रहेछन् किशोर श्रेष्ठ उनले गीतको भण्डारै बोकेर गएका रहेछन् एउटा भाँडोमा । त्यही गित घन्काइ हाले  ।

मायालु शहरको अवलोकन यात्रापछि हामी खानाको लागि होटलतिर लाग्यौ । केही समय म तियान हुजिगसँगं समसामयिक राजनिति र चिनीयाँ रणनितिका विषयमा अन्तरवार्ता लिदै थिए । उनी नेपाली अंग्रेजी नबुझने म चिनिया नबुझ्ने, हामी बिचमा अंग्रेजी भाषामा  संयोजन युनानका अन्तराष्ट्रिय ब्युरोकी जिगं पिगंले गरेकी थिइन् । त्यसपछि हामी कुन्मीङ र्फकने रेलको लागी दौडियौ । यो यात्रामा तियान हुजिगं मेरो सिटमासगै थिए । रेलको किलोमिटरको डिस्प्लेमा देखाउदै उनी हातको घडीतिर इसारा गर्दै थिए । मैले संकेत बुझि हाले स्वयमसेवक यमीको सहयोगमा केही गफ गरे  ।

रेलको यात्रासँगै म सोचीरहेको थिए । यदि एक पाटो एक बाटो योजनाको  सफलतासगै संसार यस्तै रेलले जोड्ने प्रयत्न सफल हुँदा चिनियाँ साम्रज्यालाई रोक्न कोही सफल हुने छैन  । बेला मौकामा  भारतले तेल राजनिति नेपालतिर गरे जस्तो चिनियाँहरुले रेलको राजनितिले संसार जित्ने दाउ लागाएको प्रस्टै देखिन्थ्यो । यो कमरेड माओकै सपना थियो । जुन आज चीनले पुरा गर्दैछ । संसारभरको भएका उन्नति प्रगति र समद्धिको एउटा ब्यवस्थित प्रर्दशनी चीनमा भइरहेको देखिन्थ्यो । तियान हुजिगं भन्दै थिए माओ बिनाको आजको आधुनिक चीनको जन्म हुन सम्भव थिएन । त्यसैले उनी महान छन् र हामी चिनियाँ जनताले सदैव उच्च सम्मान गरीरहने छौ ।

बेलुका होटलको ओछ्यानमा पल्टीएर म  सोचिरहेको थिए । यो माओकालिन क्रान्ति त्यति बेलाको हो जतिबेला नेपालमा प्रजातन्त्र आएको बेला थियो । आज चीन दुनियाँलाई जित्दै छ हामी आफैमा हारिरहेछौ भौतारी रहेछौ र समस्याको जरोमा मल हालेर छोप्दै  हाँगा छिवलिरहेछौ र परिर्वतनको गफ चुटीरहेछौ । आखीर राजनीतिले नै  निर्धारण गर्ने रहेछ सबै विषय । नेपाली सामन्ति प्रजातन्त्र र भिखारी लोकतन्त्र भन्दा त पुँजिवादीहरुले अधिनायकवादी लगाएका जे आरोप लगाए पनि माओको जनगणतन्त्र नै ठिक सावित त छ भन्ने त हाम्रो नाकै मुनि प्रमाणीत भई सकेको रहेछ ।

प्रतिकृया दिनुहोस्

जसको त्रास र डरमा छन् गाउँ

img

माथि डाँडा, तलतिर खोला बग्ने खहरे । जहाँ हिउँद होस् या बर्खा, ...

छातेढुङ्गाका किसान खुसी

img

तेह्रथुमको आठराई गाउँपालिका साविक छातेढुङ्गाका धनबहादुर तामाङलाई पिठ्यूँमा भारी बोक्दाको पीडा अझै ...

माथिल्लो त्रिशूली-१ आयोजना निर्माण हुने संकेत

img

माथिल्लो त्रिशूली १ (२१६ मेगावाट) जलविद्युत आयोजना बन्ने संकेत मिलेको छ । ...

लोपोन्मुख चेन क्षेबा लोक नाटक सम्पन्न

img

गोसाइकुण्ड गाउँपालिका वडा नं. ५ ठूलो भार्खु गाउँमा लोपोन्मुख चेन क्षेबा लोक ...

नेपाल-भोट युद्धको किल्ला रसुवागढी

img

रसुवागढी प्राचीनकालदेखि नेपाल र भोटबीच चल्ने व्यापारिक मार्गको रुपमा रहिआएको छ । ...

आदिवासी अधिकारको आधारशीला

img

आदिवासी जनजातिका अधिकारलाई सहज र सुव्यवस्थित बनाउन नेपाल सरकारले विभिन्न अन्तर्राष्ट्रिय कानूनहरुको ...

पत्रपत्रिका

सबै