मृगौला रोगी लक्ष्मीले बेडबाट गरे सहयोग याचना, मलाई बचाइदेऊ

पबित्र लामा, काठमाडौं । करिव दुई दशक पहिले नेपाली टेलिश्रृंखलाहरु अभिनय गरेर दर्शकको माया बटुलेकी लक्ष्मी राना मगर अहिले जीवनको दोसाँधमा छिन् । मगर वीर अस्पतालको बेडबाट आफुलाई सहयोगको याचना गरिरहेकी छिन् । उनी मृत्युसँग युद्ध लड्दै गर्दा आफू आर्थिक रुपमा कम्जोर रहेपनि जीवनदेखि हार मानेकी छैनन् ।

टेलिश्रृंखलामा अभिनयबाट चर्चा कमाएकी उनी नृत्यमा पनि त्यति नै अब्बल थिइन् । नेपाल लगायत  जापान, कोरिया, भारत, स्वीजरल्याण्ड देशहरुमा पुगेर आफ्नो कला देखाईसकेकी उनले आफ्नो कलाबाट मोहित पार्दै देश  विदेशमा रहेका नेपालीहरुको मनमुटामा बस्न सफल भैसकेकी छिन् । चर्चित नृत्यंगान कुनै समय फिल्म क्षेत्रमा पाइला टेकेकी र  यहीबाट जीवनको फरक यात्रा सुरु भएको पनि उनले बताइन्  । फिल्मी क्षेत्र फिल्म खेलेको तर नृत्यमा जति आफू जम्न नसक्ने निष्कर्षमा पुग्दै नृत्य  नै रोजेकी थिइन् । मगर भारतका कलाकारहरु भ्रमणका लागि नेपाल प्रज्ञा प्रतिष्ठानमा आएका थिए । त्यति बेला आफ्नो कला देखाउने मौका पाएको र त्यसयता कहिल्यै फर्केर हेर्नु नपरेको साथै त्यसबीचमा संघर्ष गर्दा धेरै दुःखकष्ट पनि बेहोरेको बताएकी छिन् । निरन्तर नृत्यलाई अघि बढाउँदै जाँदा नेपाल टेलीभिजनबाट प्रसारित हुने टेलिश्रृंखलाहरुमा  मुख्य भूमिका निभाउने अवसर पाएको र ठूलो पर्दा मन नपरे पनि सानो पर्दाको अभिनयबाट भने सन्तुष्टि भएको उनको भनाई छ ।

एघार बर्ष अघिदेखि रोगले च्यापेको र उनको उपचार आज सम्म चलिरहेको छ । उनी भन्छिन्, ‘मसँग भएको नगद र काठमाडौको घर र अन्य ठाँउमा भएका जग्गा जमिन बेचेर उपचार गरिरहेको हाल अन्तमा आफूसंग केही पनि नभएको बताएकी छिन् । विभिन्न कलाकारहरु, समाजसेवीहरुले आफुलाई भेट्न आएको मध्येमा एकीकृत सृजनाशिल समाजका अध्यक्ष जुनु पुन मगर त्यस्तै बेवारिसे  व्यवस्थापन तथा पुनर्जीवन केन्द्रका अध्यक्ष तथा सञ्चारकर्मी बिनय बस्नेत र उक्त केन्द्रकी सचिव एवम् ग्रेस एफएमका सञ्चालिका सञ्चारकर्मी पवित्र लामा, पुष्पा बोहरा लगायतको नाम याद रहेकी वहाँहरु सबैले सहयोग गरेको र जुनु पुन मगरले भने सहयोग स्वरुप पाँच हजार मेरो हातमा राखिदिदै आफ्नो व्यक्तिगत तर्फबाट हरेक महिना पाँच हजार दिने बाचा गरिन् । देश बिदेशमा रहेको दाजुभाइ, दिदीबहिनीलाई पनि सहयोग गर्न उनले अनुरोध गरेकी छिन् ।

उनको घर र अन्य सम्पत्ति सकेपछि कालोपुलमा भाडाको कोठामा रहदै आएकी थिइन् तर उपचार लामो चलेपछि उनको भाडा तिर्न नसक्दा घरबेटीले घरबाट निकालिदा सडकको बास भएकी बताइन् । काठमाडौको परोपकार स्कुलमा ४ कक्षा पढेकी लक्ष्मीलाई विरगन्जको नेपाल राष्ट्रिय विद्यापिठमा कक्षा ६ मा भर्ना हुदै त्यहीबाट एसएसली दिएकी थिइन् । नृत्य र अभिनयसँगै उनले पढाइलाई निरन्तरता दिदै पद्यमकन्या कलेजबाट स्नातकसम्मको पढाइ पूरा गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस्

महिला भल्मन्सालाई चूनौति र अवसर

img

सीता चौधरीले गोदावरी नगरपालिका–८ जोनापुरमा भल्मन्सा (सामाजिक नेता) भएको तीन वर्ष भयो ...

चौथो वर्षमा हामी

img

सैलुङअनलाइन आजबाट चौथो वर्षमा प्रवेश गरेको छ । २०७२ साल टे (प्र)े ...

गरे के हुदैन ? घलेलाई विदेश यही

img

अत्याधिक पर्यटकको आगमनसँगै धुञ्चेमा होटल व्यवसायहरू फस्टाएका छन् । हिजोआज सामान्य होटल ...

आठराईका पशुपालकलाई आम्दानीको नयाँ बाटो

img

तेह्रथुमको आठराई गाउँपालिका वडा नम्बर–४ इवामा गत माघ ५ गतेदेखि डेरी उद्योग ...

एभरेष्टको ‘३६० डिग्री भ्यू’

img

प्राकृतिक सौन्दर्यतालाई नियाल्न विश्वभरबाट नेपालमा वर्षेनी हजारौं पर्यटकहरू आउने गर्दछन् । यसमध्येमा ...

हावाबाट विजुली, हर्षित छन् सप्तमीबासी

img

खुसी छन् स्थानीय । हावाबाट सधैं दुःख खेप्नुपर्थ्यो । त्यही हावाबाट विजुली ...

पत्रपत्रिका

सबै