पवित्र सञ्चारकर्मीदेखि समाजसेवीसम्म

काभ्रे । काभ्रे कोसिपारी माजिफेदमा बुबा खड्का बहादुर लामा र लालमाया लामाको कोखमा जन्मिएकी पवित्र लामा हाल ग्रेस एफएममा कार्यरत हुँदै सामाजिक कार्यमा व्यस्त छिन। उनी राप्रपाबाट चौरीदेउराली गाउँपालिकाको उप-प्रमुखमा चुनावमा पनि उम्मेदवारी दिएका थिए ।

को हुन् पवित्र लामा ?

सानै देखि गरिब दुखी भनेपछि सेवा गर्ने इच्छा रहेको उनीहरुको दुख बाँढ्न पाए सन्तुष्टी हुने तर  समाजसेवा भन्ने थाहा नहुँदा मन छट्पटी रहेन्थे उनी। म सम्पन्न परिवार जन्मेको पढाईमा मेरो परिवारले केहीको कमि हुन दिएनन् । सानैदेखि  स्कुलमा पढाईका साथै नृत्य,गीत,अभिनय भने पछि मरिमेटी गर्थे  । कुनै कार्यक्रम भयोकी भाग लिइहाल्थे । आफुसंँग भएका  प्रतिभा देखाउथे अनि साथीहरु हौसला दिन्थे । तिमी हिरोइन इत्यादि स्कुलका मास्टरहरुले भने तिमी भविश्यमा नेता बन्छे तिमी सामाजिक कार्यप्रतिको व्यवहार बोल्ने शैली हेर्दा भनेर तर आमाको सपना थियो नर्स बनाउने । मेरो ईच्छा भने संचार क्षेत्र,सांगीतिक क्षेत्रमा र दिन दुखिको सेवा गर्ने थियो । एसएलसीमा १% को कमिले दोस्रो डिभिजनमा पास भए त्यसपछिका दिनहरूमा जीवनले अर्कै मोड लियो ।  मेरो रेडियो मोहले गर्दा आमाले नर्स पढाउनुपर्छ छोरीलाई अनि दिनदुखीको सेवा गर्न लाउनुपर्छ भन्ने थियो । तर म  भने भागेर रेडियोका लागि काठमाडौ आए मेरो आमा पनि समाजसेवी,गायिका गाउँमा महिला समूहको अगुवाई गर्दै गाउँ नागरिक मञ्च अध्यक्ष हुनु भएकी थिइन् ।



रेडियोको नाम विर्से तर रेडियोमा काम गर्ने रेगिसा लामा दिदिसंग चिनजान थियो । उहाँले नारायण भन्ने सर कुरा गरेर मलाई एउटा रेडियोको कार्यक्रम चलाउनका लागि मिलाइदिनुभयो । मलाई काम गर्न खासै गाह्रो भएन किन भने म स्कुलमा पनि उतघोषिका गर्ने भएर जीवन पहिलो चोटि धेरै खुसी भए आमालाई फोन गरेर एफएम सुनाए । छोरीको ईच्छामा रमाउनुभयो रहरैरहरमा एफएममा छोटो समय मै  स्रोताहरुको मनमा बस्न सफल भयो क्रमहरु जारी हुँदै गयो ।

संचारकर्मीदेखि सामाजसेवासम्म

२०७२ को महाबिनाशकारी भुकम्पले हजारौको सपनाहरु भत्काइदियो क्षण  भरमै । एफएमको काम रोकियो दुई महिना गइन रेडियोमा बोलिरहने मान्छे कार्यक्रम चलाउन नपाउँदा आकाश खसे जस्तो पातल भासे जस्तो भैरहन्थ्यो । धुलिखेल स्थित ग्रेस एफएममा काम गर्ने दाईले ग्रेस एफएमका बिजय सरसंग भेट गराईदिनु भयो।  बिजय सरले ग्रेस एफएममा जागीर मिलाएकै दिन समाजसेवी तथा सञ्चारकर्मी बिनय बस्नेतसंग मेरो भेट भयो । हामीसंँगै काम गर्न थाल्यो त्यसपछिका दिनमा समाजिक कार्यमा होमिदै गए विभिन्न बुद्धिजीवी,नेतागण,व्यवसायी,समाजसेवी देखि नेपाली चलचित्र जगतकी प्रख्यात नायिका तथा राजनितीकर्मी लगायतहरुसंग नजिकिने मौका पायो । त्यही क्रममा ऎतिहासिक स्थानीय तहको निर्वाचनमा आफुले उप-प्रमुखको प्रत्यासीमा राप्रपाबाट उम्मेदवारी दिदै चौरीदेउराली गाउँपालिका जनतासंगको प्रत्यक्ष सुखदुःख साटे जित भन्दा मलाई जनताले माया गरेर भोट दिदै मलाई हौसला दिनुभयो । त्यसको लागि म वहाँहरु प्रती आभारी छु । हाल उनी ग्रेस एफएममा कार्यरत छिन् भने बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्र नामक संस्थामा आवद्ध छिन् । 

प्रतिकृया दिनुहोस्

जसको त्रास र डरमा छन् गाउँ

img

माथि डाँडा, तलतिर खोला बग्ने खहरे । जहाँ हिउँद होस् या बर्खा, ...

छातेढुङ्गाका किसान खुसी

img

तेह्रथुमको आठराई गाउँपालिका साविक छातेढुङ्गाका धनबहादुर तामाङलाई पिठ्यूँमा भारी बोक्दाको पीडा अझै ...

माथिल्लो त्रिशूली-१ आयोजना निर्माण हुने संकेत

img

माथिल्लो त्रिशूली १ (२१६ मेगावाट) जलविद्युत आयोजना बन्ने संकेत मिलेको छ । ...

लोपोन्मुख चेन क्षेबा लोक नाटक सम्पन्न

img

गोसाइकुण्ड गाउँपालिका वडा नं. ५ ठूलो भार्खु गाउँमा लोपोन्मुख चेन क्षेबा लोक ...

नेपाल-भोट युद्धको किल्ला रसुवागढी

img

रसुवागढी प्राचीनकालदेखि नेपाल र भोटबीच चल्ने व्यापारिक मार्गको रुपमा रहिआएको छ । ...

आदिवासी अधिकारको आधारशीला

img

आदिवासी जनजातिका अधिकारलाई सहज र सुव्यवस्थित बनाउन नेपाल सरकारले विभिन्न अन्तर्राष्ट्रिय कानूनहरुको ...

पत्रपत्रिका

सबै