अामाको माया

आमा अनेकौं पिडाहरुको बीच पनि मन्द मुस्कान दिएर आफ्ना सन्तानहरुको भविश्य बनाउनेतिर लम्किन्छन । आफू नखाई नखाई आफ्ना छोराछोरीको पेट भर्छन् । मुखभित्र हालिसकेको गाँस पनि छोराछोरीलाई दिने गर्छन् । घाम–पानी, उकाली–ओराली, दिन–रात केही नभनि कुद्छन्, सन्तानकै लागि । जति प्रशंसा गरे पनि अपुग हुनेछ, आमालाई । हुन त आमाको माया नबुझ्नेलाई आमा को हो र के हो ? कुनै मतलबी कुरा नै भएन । तर, जसले आमाको माया, ममता बुझेका हुन्छन् उसले आमालाई राम्रोसँग माया गर्छन् ।

हरेक सन्तानको पहिलो पाठशाला आफ्नो घर हो । विद्यालय दोस्रो । शिक्षक अर्को अविभावक हुन् । कुनै पनि अभिभावकले यो सोच्दैनन् कि आफ्ना सन्तान बिग्रियोस्, समाजले घृणा गरोस् । आमाले नै सन्तानहरुलाई ज्ञानगुणका कुराहरु सिकाउँछन् । गलत बाटोतर्फको यात्रालाई रोकेर आफ्नो भविश्यको गन्तव्यतिर डोर्याउँछन् । मलाई पनि मेरी आमाले सही बाटो देखाउनुभयो । त्यसैले मलाई मेरी आमा भगवान भन्दा ठूलो लाग्छ  ।

मलाई मेरी आमाले नौ महिना गर्भमा राखेर सुनौलो संसार देखाउनुभयो । सधै आफूबाट अलग राख्नु भएन । आफ्नै छातीमा अड्याएर राख्नुभयो । मलाई केही नहोस् भनी त्यो छामखाङ डाँडाको बतास अनि गर्मीबाट बचाउनुभयो । हरियो बरियो जे खानुभए पनि अमृत पिलाउनुभयो । औंला समातेर तातेताते गर्दै पाइला चाल्न सिकाउनुभयो । पाखापखेरीमा हुर्काइबढाई, उकाली ओराली गर्न सिकाउनुभयो । दुःख, पीडामा पनि रम्न सिकाउनुभयो । अनेकौं उदाहरणहरु दिनुभई आफ्नै खुट्टामा उभिन सिकाउनुभयो ।  बिस्तारै बिस्तारै यो संसारलाई चिनाउनुभयो । आफ्नै माटोमा रम्न सिकाउनुभयो । समाजमा ब्यप्त कुरीति, विसंगती र अत्यचारहरुसँग लड्न सिकाउनुभयो । निरंतरता संघर्ष गर्न सिकाउनुभयो ।

 

प्रतिकृया दिनुहोस्

जसको त्रास र डरमा छन् गाउँ

img

माथि डाँडा, तलतिर खोला बग्ने खहरे । जहाँ हिउँद होस् या बर्खा, ...

छातेढुङ्गाका किसान खुसी

img

तेह्रथुमको आठराई गाउँपालिका साविक छातेढुङ्गाका धनबहादुर तामाङलाई पिठ्यूँमा भारी बोक्दाको पीडा अझै ...

माथिल्लो त्रिशूली-१ आयोजना निर्माण हुने संकेत

img

माथिल्लो त्रिशूली १ (२१६ मेगावाट) जलविद्युत आयोजना बन्ने संकेत मिलेको छ । ...

लोपोन्मुख चेन क्षेबा लोक नाटक सम्पन्न

img

गोसाइकुण्ड गाउँपालिका वडा नं. ५ ठूलो भार्खु गाउँमा लोपोन्मुख चेन क्षेबा लोक ...

नेपाल-भोट युद्धको किल्ला रसुवागढी

img

रसुवागढी प्राचीनकालदेखि नेपाल र भोटबीच चल्ने व्यापारिक मार्गको रुपमा रहिआएको छ । ...

आदिवासी अधिकारको आधारशीला

img

आदिवासी जनजातिका अधिकारलाई सहज र सुव्यवस्थित बनाउन नेपाल सरकारले विभिन्न अन्तर्राष्ट्रिय कानूनहरुको ...

पत्रपत्रिका

सबै