एकललाई कृषि सामग्री 

| रसुवा

नौकुण्ड गाउँपालिका–४ सरमथलीका ३० जना अति विपन्न एवं एकल महिलाहरुलाई कृषि सामग्री प्रदान गरेको छ । 

राष्ट्रपति महिला उत्थान जिविकोपार्जन सुधार कार्यक्रम अन्तर्गत प्रत्येकलाई १७ हजार बराबरको कृषि सामाग्री वितरण गरेको हो ।  

महिला मुक्ति एवं सचेतना समाज रसुवा तथा  महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, महिला तथा बालबालिका विभागको सहयोगमा उक्त सामग्री प्रदान गरिएको थियो ।  
जेष्ठ १० गते देखि १४ गतेसम्म तरकारी खेती र वितरित सामग्रीहरुको उपयोगिता सम्बन्धी तालिम दिइएको थियो । 

सामग्रीहरुमा टनेल प्लाष्टिक, पाइप, हजारी, प्रिङ कल, थोपा सिंचाई, पम्प, टनेल फित्ता, कैची, प्राङ्गारीक मल, सात प्रकारका विउ विजनहरु वितरण गरिएको थियो । 

सामग्रीबाट तरकारी खेती गर्न सहज वातावरणको सिर्जना हुने हुँदा महिलाहरुको जीवनमा उल्लेख्य सुधार हुने अपेक्षा राखेको उपाध्यक्ष सिर्जना लामाले बताए । 

तालिमको साथसाथै सामग्री पाएकोले व्यवहारमा लागु गरी व्यवसायी बन्न र जीवनस्तर परिवर्तन गर्नमा उत्प्रेरित गरेको अति विपन्न महिला बुधमाया थिङले बताईन् ।
 

प्रतिकृया दिनुहोस्

मेगाले दिए क्यूआर कोड

img

मेगा बैंक लिमिटेड स्याफ्रुबेशी शाखाले होटललाई ( QR code) क्यूआर कोड हस्तान्तरण ...

मानसरोवर जाने बढे 

img

रसुवागढी नाका हुँदै कैलाश मानसरोवर जाने तिर्थयात्री बढेका छन् ।  अरुबाट भन्दा रसुवागढीबाट ...

स्थानीयलाई ८२ करोड ३७ लाख

img

रसुवाका पाँचवटा स्थानीय तहले आर्थिक वर्ष २०७६÷७७ मा ८२ करोड ३७ लाख ...

२०७६/०७७ काे बजेट (पूर्णपाठ)

img

सरकारले चालु आर्थिक वर्ष २०७६/०७७ का लागि संसदको संयुक्त बैठकमा बजेट तथा ...

१५ खर्बको बजेट, बृद्ध भत्ता बढ्यो, करको दर सामान्य

img

सरकारले चालु आर्थिक वर्ष २०७६÷०७७ का लागि संसदको संयुक्त बैठकमा बजेट तथा ...

तलब २० प्रतिशत बढ्यो

img

सरकारले बुधबार आर्थिक वर्ष २०७६÷०७७ का लागि बजेट तथा कार्यक्रम प्रस्तुत गरिएको ...

पत्रपत्रिका

सबै