फिल्ममा संस्कार, संस्कृतिका कथा जस्ताको त्यस्तै राख्नुपर्छः पूर्वमन्त्री तामाङ  

| काठमाडौं

पूर्व कानुन मन्त्री एवं नेकपाका संघीय सांसद शेरबहादुर तामाङले फिल्ममा तामाङ संस्कार, संस्कृतिका कथा जस्ताको त्यस्तै उतार्नुपर्ने बताए ।

पूर्वमन्त्री तामाङले तामाङ अन्तराष्ट्रिय इन्डिपेन्डेन्ट चलचित्र महोत्सव (टिफ)को पहिलो दिन आज (बुधबार) उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै तामाङ समुदायमा संस्कार, संस्कृतिका धेरै कथाहरु रहेको र चलचित्रको मध्यमले बाहिरा ल्याउदा कुनै त्रुटी नगरी ल्याउनुपर्ने बताएको हो । ‘संस्कार, संस्कृतिलाई समेटेर चलचित्रमा उतार्दा केही गल्ती नहोस्, पहिलो गल्ती नै अन्तिम गल्ती हो, हाम्रो यो कुरामा सच्याउने ठाउँ हुदैन’ उनले थपे ।

‘हामी यही संस्कार, संस्कृतिबाट हुर्केर आएको तर हजारौ कथाहरु दबेर बसेको छ’, सांसद तामाङले भने, ‘कथाहरु समाजमा चिनाउनका लागि बाहिरा ल्याउन जरुरी छ ।’ उनले तामाङ फिल्म हेर्दै आएको बताउदै हाम्रो संस्कार, संस्कृति पनि एउटा आफैमा फिल्म जस्तै रहेको बताए । उनले भने ‘यो हाम्रो विविध हो, यो मुलुकको सम्पति हो, यसलाई संरक्षण, सम्बर्दन गर्नु पर्दछ’, ‘तामाङ चलचित्र भनेपछि कुनै न कुनै तवरबाट समुदायको इतिहास, संस्कृति बोकैकै हुन्छ, यो कमन कुरा हो ।’

सांसद तामाङले आदिवासी जनजातीहरुले राष्ट्र बेच्ने धब्बा नबोक्ने बताए । त्यसैले जनजातीहरु इमानपूर्वक बस्छन् । सांसद तामाङले अझैसम्म राज्यले तामाङ समुदायलाई दबाएर राखेको बताए । ‘शिक्षा अझै पाएकै छैन, पहुँचको अवसर पाएको छैन ।’ उनले थपे, ‘किन पढ्न पाएन, किन राज्यको मुलधारमा आउन सकेन’ लगायतका प्रश्नहरु गरे । 

प्रतिकृया दिनुहोस्

अर्थमन्त्री डा. खतिवडाले गरे एकीकृत भन्सारको शिलान्यास

img

रसुवागढी नाकामा अव्यवस्थित भन्सार कार्यालयको अर्थमन्त्री डा. युवराज खतिवडाले शुक्रबार शिलान्यास गरेको छ ...

स्टे अर्डर खारेज, अब फिल्म शुक्रवार मात्रै रिलिज

img

ब्याङ्कटेस ईन्टरटेन्मेन्टले फिल्म भारत रिलिज गर्न जिल्ला अदालत काठमाडौंमा मुद्धा दर्ता गरेको ...

किरायाद्वारा घाइतेलाई आर्थिक सहयोग

img

किराँत राई यायोक्खा साउदीले घाइते भिषाण राईलाई आर्थिक सहयोग गरेको छ । किराया ...

प्रधानमन्त्री रोजगारमा १ सय १७ जना छनोट

img

सर्लाहीको बागमतीमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत १ सय १७ जनाले रोजगारी पाएको ...

विद्यार्थीलाई ट्राफिक नियम

img

रसुवा माविका बिद्यार्थीहरूलाई हालै ट्राफिक नियम सम्वन्धि जानकारी दिएको छ ।  गोसाईकुण्ड गाउँपालिका–६ ...

पोखरामा गोली चल्यो, लागू औषध कारोबारी घाइते

img

पोखराको उत्तम चोकमा लागु औषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको छ ...

पत्रपत्रिका

सबै