टिफमा १८ चलचित्र (फोटोफिचर/भिडियो)

| काठमाडाैं

तामाङ अन्तराष्ट्रिय इन्डिपेन्डेन्ट चलचित्र महोत्सव (टिफ) २०१९ को सुरु भएको छ । 

तामाङ आवाज, सेलो फाउण्डेसनको आयोजना र एससीआरसीको सहकार्यमा बुधबारबाट राष्ट्रिय सभागृहमा काठमाडौंमा सुरु भएको हो । महोत्सवमा १८ वटा लघु चलचित्रले भाग लिएका छन् । 

महोत्सवको उद्घाटन गर्दै शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीले तामाङ जातिको संस्कृति उत्कृष्ट रहेको बताए । उनले यो विश्वकै सांस्कृतिक सम्पदामा रहेको उल्लेख गरे । 

पूर्वमन्त्री एवं प्रतिनिधि सभा सदस्य शेरबहादुर तामाङले फिल्मको माध्यमबाट तामाङको संस्कार, संस्कृति र इतिहासलाई  जस्ताको तस्तै उतार्न आग्रह गरे । उनले भने,– ‘आदिवासी जनजाति तामाङले फटाई गर्न नजानेको बताउदै बरु जिम्बु बेचेर गुजारा चलाउँछन् राष्ट्र बेचेर खाँदैनन् ।’ उनले तामाङको दबेर बसेका धेरै कथाहरु छन, त्यसलाई फिल्मको मध्यमबाट बाहिर ल्याउनुपर्छ ।

संघीय सांसद कृष्ण राईले तामाङ चलचित्रले अन्तराष्ट्रिय स्तरसम्म प्रतिस्पर्धा गर्न सक्नुपर्ने बताए । उनले भने,–‘तामाङ जातिले बनाएको मादक पदार्थ (जाँड र रक्सी) लाई बैधानिकता दिए आर्थिक स्रोतमा टेवा पुग्नेछ ।’ यसलाई सरकारले बन्देज नभई स्वीकृत दिनुपर्ने बताए । 

महोत्सवमा नेपाल तामाङ घेदुङका पूर्व अध्यक्ष परशुराम तामाङले तामाङहरु फिल्म बनाउनेमा पोख्त भएका छन् । अब गुणात्मक रुपमा बिकास गर्दै जानुपर्ने सुझाएका थिए । उनले अब अरु समुदायले पनि हेर्न सक्ने खालको फिल्म बनाउन सके यसले साझा रुप लिने बताए । 

जेठ २९ र ३० गतेसम्म चल्ने महोत्सव अन्तर्गत चलचित्र प्रदर्शनका साथै तामाङ चलचित्र सम्बन्धि विषयगत छलफल, भिजुअल पोइट्री एवं कविता वाचन, पराम्परागत थाङ्का चित्रकला तथा मुर्ति कलाबारे अन्तक्रिया लगायतका कार्यक्रमहरु भइरहेका छन् । 

नेपाल, अमेरिका, जापान, क्यानडा लगायतका देशहरुबाट प्रतिनिधित्व हुने चलचित्रहरु महोत्सवमा प्रदर्शन गर्न छनोट गरिएको आयोजक सदस्य कुमार मोक्तानले बताए । 

महोत्सवको आकर्षणमा भेषभुषा, पुस्तक, थाङका चित्रकला एवं मुर्तिकला प्रदर्शनमा राखेका छन् । 

उद्घाटन सत्रको अध्यक्षता गर्दै संयोजक विगेन्द्रसिंह वाइबाले तामाङ सामाजिक संस्कार र संस्कृतिबारेमा डिजिटलाइजेन गरेर पछिल्लो पुस्तालाई जानकारी गराउन महोत्सव गरेको बताए ।

प्रतिकृया दिनुहोस्

ध्रुव नयाँ चलचित्रमा 

img

चलचित्र र व्यवसायलाई सगसँगै लाने गरेका अभिनेता ध्रुव अब पायल नामक नयाँ ...

सन्नी लियोनी नेपाली गीतमा

img

चलचित्र ‘पासवर्ड’ मा समावेश ‘आजको साम’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ...

गुन्युचोली उत्कृष्ट

img

तामाङ अन्तराष्ट्रिय इन्डिपेन्डेन्ट चलचित्र महोत्सव (टिफ) २०१९ सम्पन्न भएको छ । दुई ...

प्रदेश स्तरीय मिस तामाङ प्रतियोगिता हुने

img

प्रदेश नं. १ मा प्रदेश स्तरीय मिस तामाङ -२०१९ प्रतियोगिता हुने भएको ...

चलचित्र महाेत्सव भोलीबाट, १८ छनोट

img

तामाङ अन्तराष्ट्रिय इन्डिपेन्डेन्ट चलचित्र महोत्सव (टिफ) २०१९ (Tamang International Indipendent Film Festival-TIFF ...

दिलिपलाई देखेर केकी अघाउँछिन (भिडियो)

img

ईन्जिनियर एवं गायक वीरेन्द्र श्रेष्ठको स्वरमा रहेको पिरिमको बाढी... बोलको गीत सार्वजनिक ...

पत्रपत्रिका

सबै