मुडेमा सौर्य सडक बत्ती

| सिन्धुपाल्चोक, लिसंखुपाखर

सयपत्री युवा क्लबको अगुवाइमा सिन्धुपाल्चोकको मुडे सडकमा सौर्य बत्ती जडान गरिएको  छ ।

मंगलबार लिसंखुपाखर गाउँपालिकाका उपाध्यक्ष हेम गंगा मोक्तानले बत्ती बालेर गाउँपालिको वडा नम्बर ५ अरानिको राजमार्ग पर्ने मुडे बजारको सडकमा उद्घाटन गरिएकी हुन् ।

कार्यक्रमका अतिथि मोक्तानले सयपत्री युवा क्लबका युवाहरू क्रियाशील भएकै कारण द्रुत गतिमा सडक बत्ती जडान कार्य सम्पन्न भएको बताइन् । उपाध्यक्ष मोक्तानले उनीहरुबाट अन्य युवाले समेत सिक्नुपर्ने बताउदै क्लबका सदस्यहरुलाई धन्यवाद दिइन् । युवा शक्तिसँग हातेमालो गर्दै विकासको काम अगाडि बढाउने आफूहरूको सोच रहेको उपाध्यक्ष मोक्तानले बताइन् ।  उपाध्यक्ष मोक्तानका अनुसार गाउँपालिकाको अनुदानमा सौर्य सडक बत्ती जडान कार्य पहिलोचरणमा मुडे बजारमा सम्पन्न गरेको हो ।

कार्यक्रममा विशेष अतिथि प्रशासकीय अधिकृत पूर्ण प्रसाद दुलालले मुडे गाउँपालिकाको मुख्य बजार भएकोले विकासका लागि उक्त ठाउँलाई प्राथमिकतामा राखेर काम अघि बढाएको बताए । उनले थपे- मुडेका सयपत्री क्लबलाई यस कार्यको श्रेय जाने बताउदै युवाहरू एकीकृत भयो भने विकास आफै आँगनमा आउँछ भन्ने सन्देश दिएको दावी गरे ।

क्लबका अध्यक्ष ढलक बहादुर श्रेष्ठले क्लब स्थापनादेखिनै मुडे बजारको बिकासका लागि सौर्य सडक बत्ती प्राथमिकतामा राखेको र आफ्ना कार्यकालमा जडान गर्न पाएकोमा खुशी व्यक्त गरे । अध्यक्ष श्रेष्ठले गाउँपालिकाद्वारा २० थान बिजुली पोल अनुदान दिएको र क्लबको अगुवाइमा २ लाख जम्मा गरी बत्ती जडान गरेको जानकारी दिए ।

सौर्य सडक बत्तीका लागि गाउँपालिकाले आवश्यक सामाग्री उपलब्ध गराउने सर्तमा सयपत्रीलाई सोलार संरक्षणको जिम्मा दिएको छ ।

प्रतिकृया दिनुहोस्

राम्चेमा स्वास्थ्य सम्बन्धि तालिम

img

कालिका गाउपालिका–१ राम्चेमा दुई दिने लैङ्गिक समानता तथा प्रजनन स्वास्थ्य सम्वन्धि तालिम ...

लागूऔषध विरुद्ध सचेतना

img

धनकुटामा लागूऔषध दुव्र्यसन विरुद्ध सचेतना मुलक कार्यक्रम पाख्रिबास नगरपालिकामा सम्पन्न भएको छ ...

शैक्षिक एवं सरसफाइ सामाग्री वितरण

img

नेकपा निकट राष्ट्रिय स्वास्थ्यकर्मी संघले आफ्नो चौधौं वार्षिक दिवस पारेर सहारा बिहिन ...

पाश्र्वचित्र सार्वजनिक 

img

कालिका गाउँपालिकाले गाउँपालिकाभित्रको वस्तुस्थति सहितको पाश्र्वचित्र सार्वजनिक गरेको छ । जेठ २७ गते ...

गोरखामा इदको शुभकामना आदानप्रदान

img

गोरखाका मुस्लिम समुदायले यस वर्ष पनि इद मनाएका छन् । सिरानचोक गाउँपालिकास्थित मकुन्डाँडाका मुस्लिम ...

नेपाली सेनाद्धारा महिलाको उद्वार

img

गोसाईकुण्ड जाने एक बिरामी महिलालाई नेपाली सेनाले उद्वार गरेको छ । लेक ...

पत्रपत्रिका

सबै