दाइजो प्रथा हटाउन बहादुर युवा आवश्यक : नेता नेपाल 

| सर्लाही

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधवकुमार नेपालले तराईमा दाइजो प्रथालाई खुलेर विरोध गर्न सक्ने बहादुर युवाको आवश्यकता रहेको बताएका छन् । 

मंगलबार हरिपुर नगरपालिका ६ लक्ष्मीपुरमा आयोजना गरेको इद मिलन एवं शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले तराईमा गाँजेको दाइजो प्रथा हटाउनका लागि बहादुर युवाको आवश्यकता रहेको औल्याए ।

दाइजो प्रथालाई निरुत्साहित गर्न यहाँका युवाहरुले बहादुर बनेर अगाडी आउनु आवश्यक छ,–नेपालले भने,–‘दाईजोको निहुँमा अपराधिक हिंसात्मक घट्ना र विकृति विसंगति बढाइरहेको छ । दाईजो प्रथा मुर्दावाद भन्न सक्ने र आफ्नो विवाहमा दाइजो नलिने आँटसहित युवाहरु अगाडी आउन सके विस्तारै निरुत्साहित हुँदै अन्त्य हुने उनको भनाई थियो। तराई मधेसलाई दाइजो प्रथाले गाउँ र युवा वर्गले विकृतियिक्त प्रथाविरुद्ध आवाज उठाउनु पर्ने नेता नेपालले जोड दिए । 

मधेसी, मुस्लिम लगायतपछि परेको समुदायलाई शिक्षामा जोड दिन आग्रह गर्दै नेता नेपालले आफ्नो बाल बच्चालाई नियमित विद्यालय पढ्न पठाउने बानीको विकास गर्नसमेत अनुरोध गरे । शिक्षाले नै व्यक्ति र समुदायको विकासमा महत्त्वपूर्ण भुमिका खेल्छ, नेपालले भने,–‘त्यसैले आफ्ना बालबच्चालाई नियमित विद्यालय पढ्न पठाउने गरौं।’ छोराछोरीलाई सानैमा विवाह गर्न हतार गर्दा शैक्षिक स्तर उठ्न नसकेको नेता नेपालले बताए। 

प्रतिकृया दिनुहोस्

भ्रष्टाचारविरुद्ध कार्यकर्ता लड्नुपर्छ : नेता नेपाल

img

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले ...

वर्तमान सरकारले देशलाई लुटिरहेको नेता पौडेलको आरोप 

img

नेपाली काङ्ग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार भ्रष्टाचारलाई ढाकछोप गरी देशलाई ...

जागरण अभियान सक्यो,शैलुङ काँग्रेसमा मोक्तान

img

नेपाली कांग्रेसको देशभर जागरण अभियान भइरहेको छ । दोलखाको शैलुङ गाउँपालिका जेष्ठ ...

३ दर्जन भन्दाबढीले छोडे नेकपा

img

देशभर नेपाली कांग्रेसले जागरण अभियान चलाइरहेका छन् । यसै क्रममा जेष्ठ १८ ...

को हुन् नेपाल हल्लाउने जयशंकर ?

img

भारतमा पूर्वविदेश सचिव एस जयशङ्कर विदेश मन्त्री बनेपछि त्यसप्रति नेपालमा हलचल मच्चिरहेको ...

नुवाकोटमा नेकपाले पाए पूर्णता

img

पार्टी एकताको एक वर्षपछि नुवाकोटमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पार्टीले पूर्णता पाएको ...

पत्रपत्रिका

सबै