प्रदेश स्तरीय मिस तामाङ प्रतियोगिता हुने

| धनकुटा

प्रदेश नं. १ मा प्रदेश स्तरीय मिस तामाङ -२०१९ प्रतियोगिता हुने भएको छ । नेपाल तामाङ घेदुङ उर्लाबारी नगर कार्यसमिति मोरङको आयोजनामा हुने प्रतियोगितामा प्रदेश १ मा रहेका जिल्लाहरुबाट अडिसन गरी ग्राण्ड फिनालमा सहभागी गराउनेछ ।  

नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति धनकुटाको सहआयोजनामा हुने प्रतियोगिताको पहिलो अडिसन इलामबाट गरिने आयोजकले जानकारी दिए । 

प्रतियोगिताको पहिलो अडिसन असार १२ गते इलामबाट सुरु हुनेछ ।  दोस्रो अडिसन असार १६ गते विर्तामोड, क्रमशः असार २० गते  धनकुटामा ४ जिल्लाको अडिसन , असार २५ गते सुनसरी तरहरा, असार २८ गते उर्लाबारीमा हुने आयोजकले जनाएको छ । 

आयोजक टिमका सदस्य रबिन पाख्रिन तामाङका अनुसार भोजपुर, धनकुटा, तेह्रथुम र संखुवासभाका अडिसन हिलेमा हुनेछ ।

ग्रान्ड फिनाल धनकुटाको हिलेमा नै भदौ २८ गते गर्ने निर्णय गरेको आयोजकले जानकारी दिए । 

प्रतियोगिताको बिजेताले नगद १ लाख र फस्ट रनरअपलाई ५० हजार गिफ्ट ह्याम्पर पाइनेछ । त्यस्तै अन्य बिजेताहरुलाई विभिन्न विधामा नगद र गिफ्ट ह्याम्पर साथै एक वर्ष सम्मका लागि फेसन डिजाईन डिप्लोमा कोर्ष, शैक्षिक छात्रबृत्ति, जीवन विमा लगाएतका विभिन्न पुरस्कारहरु रहेको समितिका अध्यक्ष विष्णुबहादुर मोक्तान बताए । 

तामाङ समुदायको भाषा, धर्म, संस्कार, संस्कृति परम्परालाई जर्गेना एवं संरक्षण प्रवद्र्धन गर्दै तामाङ व्यक्तित्व विकास गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरेको अध्यक्ष मोक्ताने जानकारी दिए ।


 

प्रतिकृया दिनुहोस्

ध्रुव नयाँ चलचित्रमा 

img

चलचित्र र व्यवसायलाई सगसँगै लाने गरेका अभिनेता ध्रुव अब पायल नामक नयाँ ...

सन्नी लियोनी नेपाली गीतमा

img

चलचित्र ‘पासवर्ड’ मा समावेश ‘आजको साम’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ...

गुन्युचोली उत्कृष्ट

img

तामाङ अन्तराष्ट्रिय इन्डिपेन्डेन्ट चलचित्र महोत्सव (टिफ) २०१९ सम्पन्न भएको छ । दुई ...

टिफमा १८ चलचित्र (फोटोफिचर/भिडियो)

img

तामाङ अन्तराष्ट्रिय इन्डिपेन्डेन्ट चलचित्र महोत्सव (टिफ) २०१९ को सुरु भएको छ ।  तामाङ ...

चलचित्र महाेत्सव भोलीबाट, १८ छनोट

img

तामाङ अन्तराष्ट्रिय इन्डिपेन्डेन्ट चलचित्र महोत्सव (टिफ) २०१९ (Tamang International Indipendent Film Festival-TIFF ...

दिलिपलाई देखेर केकी अघाउँछिन (भिडियो)

img

ईन्जिनियर एवं गायक वीरेन्द्र श्रेष्ठको स्वरमा रहेको पिरिमको बाढी... बोलको गीत सार्वजनिक ...

पत्रपत्रिका

सबै