विहेभोजको पैसा समाजसेवामा

| रसुवा

व्यक्तिले समाजका लागि केही गर्न चाहने मात्र हो भने धेरै ठुलो कार्य गर्नुपर्दैन । उसले समाज परिवर्तनका लागि आफ्नो तर्फबाट योगदान गर्न चाहेमा टाढा पनि जानुपर्दैन । जहाँ इच्छा त्यहाँ उपाय त्यसै भनिएको होइन । उसले चाहेमा शिक्षित या अशिक्षित किन नहोस् । आफूले समाजका लागि केही दिने हो भने आफैबाट सुरु गर्न सक्छ । यो उदाहरण हो, स्वास्थ्यकर्मी प्रतिमा तामाङको । 

उनले फजुल खर्चको रुपमा देखिने विहेको खर्चलाई समाजसेवा अर्पण गरिन् । उनले मेगा बैंकका व्यवस्थापक क्षोक्यालदोर्जे तामाङसँग गत वैशाख २७ मा लगनगाँठो कसेकी हुन् । गोसाईकुण्ड गाउँपालिका–५ स्याफ्रुवेशीका प्रतिमाले स्वास्थ्य र शिक्षाका लागि सहयोग गरकी हुन् । 

आमाछोदिङमो गाउँपालिकामा रहेको ग्रे आधारभुत विद्यालयका करिव  ७० विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरिन् । आफूले विकट गाउँमा जन्मिएर पनि बिएसि नर्सिङको अध्ययनपछि गाउँघरका आमाबुबालाई स्वास्थ्य शिक्षाको पाठ पढाउन पाउँदा खुशी भएको बताउँछिन् । उनले सोही विद्यालयका ६,७ र ८ मा अध्ययनरत  छात्राहरूलाई महिनावारी चक्र, अन्धविश्वास लगायतका भ्रम चिर्ने बारेमा स्वास्थ्य शिक्षा दिइन् । 

प्रतिमाको समाजसेवाको सानैदेखिको लगावलाई आमाबुबा र श्रीमानको प्रेरणाले अहिले साकार रुप लिएको हो । टिमरेका केही विद्यालयहरुमा सहयोग गरिसकेकी उनीले आफुले सकेसम्म शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोगलाई निरन्तरता दिने बताइन् । 

उनीले गरेको सहयोगले त्यस क्षेत्रका बालबालिकालाई पढ्नमा र स्वस्थ रहन हौसला मिलेको विद्यार्थीहरुको भनाई छ । तामाङ समाजमा विहे लगायतका सामाजिक कार्यहरुमा सगुनको रुपमा प्रयोग गरिने मादक पदार्थलाई कटौती गरी फजुल खर्च रोकेको हो । उनले भनिन्,–‘सोही बचतबाट ग्रामीण भेगका शिक्षा र स्वास्थ्यमा खर्च गरिएको हो ।’

प्रतिमा अध्ययन र रुचिको विषयका साथै समाजसेवा गरी सामाजिक अभियन्ताको रूपमा आफूलाई चिनाउन चाहन्छिन् ।

प्रतिकृया दिनुहोस्

रंगीन पर्दामा सुमन

img

कलाकारिता तथा मोडलिङ क्षेत्रमा नै भबिष्य सम्झेर प्रवेश गरेकी मोडल हुन्, सुमन ...

लोकदोहोरी क्षेत्रमा मुस्लिम गायक प्रवासबाट जम्दै

img

पछिल्लो समय साउदीमा हुने गरेका विभिन्न संघसंस्थाका कार्यक्रमहरुमा यहीका कलाकारहरुको बढ्दो उपस्थित ...

रहेनन् मन्त्री अधिकारी ! यस्तो थियो जीवन र राजनिति

img

संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री रवीन्द्र अधिकारी हेलिकप्टर दुर्घटनामा परी बुधबार निधन ...

प्रतिभाशाली गौतम

img

झापा धुलाबारी माध्यमिक बिद्यालयको प्लस टु मा अध्यनरत छात्रा युनिका गौतम अहिले ...

ब्यस्त बन्दै नायिका एलिना गुरुङ

img

गुरुङ चलचित्र, नेपाली चलचित्र तथा मोडलिङमा ब्यस्त बन्दै गरेकी पोखरेली मोडलरनायिका हुन ...

सांगीतिक क्षेत्रमा छलाङ मार्दै गायक उर्गेन लामा

img

गायक उर्गेन डि लामा सांगीतिक क्षेत्रका एक चर्चित गायक हुन् । लगभग ...

पत्रपत्रिका

सबै