म्याग्दीले उचाले ट्रफी

| साउदी,अलहासा

प्रवासी मिलन एकता समाज साउदीद्धारा आयोजित भलिबल प्रतियोगितामा म्याग्दी समुह विजेता बनेको छ । ईद अल फितरको अवसरमा जुन ४ देखि ६ तारिखसम्म भएको प्रतियोगितामा समरानी समुहले दोस्रो स्थान हासिल गयो । 

यसैगरी लाङ्घालीले तृतिय स्थानमा चित्त बुझाएको छ । 

उनीहरुले क्रमशः साउदी रियल २ हजार १ सय, १ हजार ४ सय र ७ सयका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका ।

आयोजकको तर्फबाट खेलमा उत्कृष्ट घोषित सटरलाई ट्रफी र लिफ्टरलाई नगद २ सय ५१ रियल प्रदान गरेका थिए ।

प्रतियोगितामा साउदीका विभिन्न कम्पनीमा कार्यरत २१ टिमले भाग लिएका थिए ।

सोही अवसरमा काभ्रे सेवा समाजका अध्यक्ष जेन लामा, प्रवासी नेपाली मञ्चका केन्द्रीय सदस्य कमल खरेल, जिफन्ट सहयोग समूह शाखा आर्थिक सचिव अजित राई, नेपाली साझा मञ्च दमाम संयोजक आदर्श गुभाजु अन्जानले विजेतालाई शुभकामना दिएका थिए । यसैगरी एनए मिडिया प्रबन्धक निर्देशक रोशन श्रेष्ठ, स्याङ्जा सहयोग समाज अध्यक्ष बालकृष्ण पंगेनी, कुमाल सेवा समाजका अध्यक्ष ओम कुमाल, तमुधिका अध्यक्ष खेम गुरूङ, नेवा समाजका अध्यक्ष श्रीकृष्ण श्रेष्ठ, मगर संघका कार्यबाहक अध्यक्ष बम थापा, मगर संघका पूर्वी क्षेत्रीय समितिका अध्यक्ष प्रेम घतानी मगर लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले शुभकामना एवं बधाई दिए । 

आयोजक संस्थाका अध्यक्ष काजीबहादुर गुरूङ सभाध्यक्षमा सम्पन्न कार्यक्रमका संचालन केशव पोखरेलले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

तङ्ग–इल मो–दोमा श्रेष्ठ

img

राष्ट्रिय खेलकुद परिषद्मा आबद्ध मार्सल आर्टस् खेल तङ्ग–इल मो–दो संघ ललितपुर शाखाको ...

द्वायथलन खेलमा पाँच खेलाडीले जित

img

  ‘जे गर्छौं गजबले गरौं र मनोरञ्जनका लागि द्वायथलन’ भन्ने नाराका साथ नुवाकोटको ...

महिला खेलाडीलाई प्रजनन स्वास्थ्य बारे प्रशिक्षण

img

सर्लाहीको बागमती नगरपालिकाले महिला खेलाडीहरुको सहभागितामा एक दिने महिलाको प्रजनन अंग तथा ...

एक दिवसीय क्रिकेटको विश्वकप यही बिहीबारदेखि सुरु

img

एक दिवसीय क्रिकेटको विश्वकप यही बिहीबारदेखि इङ्ल्याण्ड र वेल्समा सुरु हुँदैछ । ...

संघ भक्तपुरको नेतृत्वमा रानामगर

img

राष्ट्रिय खेलकुद परिषद्मा आबद्ध मार्सल आर्टस् खेल तङ्ग–इल मो–दो संघ भत्तपुर शाखाको ...

उपराष्ट्रपति गेम्सका लागि खेलाडी छनोट

img

‘स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद’ भन्ने मुल नाराका साथ दोस्रो उपराष्ट्रपति ...

पत्रपत्रिका

सबै