साकेला उभौली सक्यो, यायोक्खा जेद्धा गठन

साउदीमा किराँतीहरु जुट्दै

| साउदी,जेद्दा

साउदीको जेद्धामा पनि किराँतीहरुले साकेला उभौली यले दोङ-५०७९ मनाइएको छ । किराँतीहरुले जून ७ शुक्रबार सरफियास्थित ईम्पाला गार्डन रेस्टुरेन्टमा विशेष कार्यक्रम गरी उभौली मनाइएको हो ।

उक्त कार्यक्रमबाट मनोज राईको अध्यक्षतामा किराँत राई यायोक्खा क्षेत्रीय समिति जेद्धाको गठन समेत गरेको छ ।समितको उपाध्यक्षद्वय अष्ट राई, जित राई, प्रवक्ता रामकुमार राई, कोषाध्यक्ष दिलु राई, सहसचिव विकल राई, सहकोषाध्यक्ष सम्पूर्ण राई चयन गरिएको छ ।

त्यसैगरी सदस्यहरुमा क्रमशः हर्कराज राई, मकर राई, सुभाष राई, टेक बहादुर याक्खा राई, टीकाराम दिलुङ्छा राई, दिलु राइरहेका छन् । प्रमुख सल्लाहकारमा बाल कुमार राई, सल्लाहकारमा सुसान्त राई र प्रेम राईलाई चुनिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि कार्यबाहक महावाणिज्यदूत रेवतीरमण पौडेलले शुभकामना दिदै नेपालको पहिचान बहुजाति, बहुभाषी, बहुधार्मिक र बहुसाँस्कृतिक भएको हुँदा प्रत्येक जातजाति र समुदायहरुले मान्ने र मनाउने चाडपर्वहरू राष्ट्रिय संस्कृतिको धरोहर भएको बताए । उनले थपे -विविधतायुक्त संस्कृतिहरुको संरक्षण, संवर्द्धन र विकासमा राज्यले विशेष भूमिका निर्वाह गर्नुपर्छ ।

महावाणिज्यदूत पौडेलले किराया जेद्धा गठन भएकोमा खुशी व्यक्त गरे । प्रवासबाट किराँत सभ्यता र संस्कृतिको संरक्षण र संवर्द्धनमा ठोस योगदान पुर्याउनुका साथै प्रवासी नेपाली श्रमिकहरुले व्यहोर्नु पर्ने विभिन्न किसिमका समस्याहरुको समाधान गर्न अन्य संघसंस्थाहरुसँग हातेमालो गरेर श्रमिकको हितमा समेत उल्लेख्य योगदान पुर्‍याउनेमा आशावादी छु उनले भने,।

उभौली नेपालमा मे १८ तारिखमा परेको भएपनि यहा मुस्लिम समुदायको पर्व इद उल फितरको बिदाको समयलाई मध्यनजर गरी ७ जुनमा कार्यक्रमको आयोजना गरेको कार्यक्रमका संयोजक बाल कुमार राईले बताए । राईले किराँत सभ्यता र दर्शनका बारेमा स्पष्ट पारेका थिए । त्यसैगरी राम कुमार राईले साकेला सिली नृत्यको बारेमा चर्चा गरेका थिए ।

किराँतीहरुको मौलिक साकेला सिली नृत्यलाई विशेष स्थान दिएको कार्यक्रममा ढोल, झ्याम्टा, सोली, लाबो, सीमाली सेउली लगायतको मिश्रणको प्रस्तुतिले उपस्थितिहरुको ध्यानाकषिर्त गर्न सफल भएका थिए ।

समारोहमा यहीका कलाकारहरू गुराँस राई, राम कुमार राई, धन गुरुङ, खिम गुरुङ, शान्ति लामा, बिनोद न्यौपाने, सन्जु जंग कार्की, दिया रिजाल, सरस्वती मगर, सीमा लामा, सरगम सानु, अञ्जली हिताङ, दिनेश क्षेत्री, धिरज मगर, अशोक राई, विकास दुमी राई, चिरन केसी, सागर लामा, पर्शुराम गह मगर, सुजम सेलिङ,पूजा सरगम, रविन शर्मा, होनेस्ट बोम्जन लगायतले बेजोड प्रस्तुति दिएका थिए ।

जेद्धामा पहिलोपटक आयोजना गरिएको उभौली सिली साकेला धमाका अपरान्ह १२ बजेदेखि सुरु भएको कार्यक्रम बेलुका ८ बजे सकिएका थिए ।

कार्यक्रममा आदिवासी जनजाति महासंघ क्षेत्रीय समन्वय समिति जेद्धाका अध्यक्ष ङिमा साङ्गे शेर्पा, तामाङ घेदुङ साउदीका अध्यक्ष दिल बहादुर थिङ तामाङ, तमुधिं जेद्धाका अध्यक्ष वेद कुमार गुरुङ, एनआरएनए साउदीका उपाध्यक्ष धुर्ब कुमार रिजाल, नेपाली सेवा समाज जेद्धाका अध्यक्ष दिनेश क्षेत्री, नेपाली यूवा क्लव जेद्धाका अध्यक्ष कृष्ण प्रसाद भट्टराई, नेपाली समन्वय समिति जेद्धाका संयोजक पूर्ण कार्की, साहित्यकार तथा समाजसेवी सन्तोष लुइँटेल लगायतका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको रहेका थिए ।

नवगठित समितिका अध्यक्ष मनोज राईले प्रवासबाट किराँतीहरुको भाषा, धर्म, लिपी र संस्कृतिको संरक्षण र प्रवर्द्धनमा सक्दो योगदान दिने बताए । उनले थपे - प्रवासमा आम नेपाली श्रमिकहरुको हितमा सिंगो नेपाली समुदायसँग हातेमालो गर्दै हरेक अभियानहरुमा दृढतापूर्वक साथ दिने प्रतिवद्धता समेत व्यक्त गरे ।

कार्यक्रमलाई नेपाल आदिवासी जनजाति महासंघ क्षेत्रीय समिति जेद्धा, तमुधिं जेद्धा र नेपाल तामाङ घेदुङ साउदीले विशेष सहयोग गरेका थिए । सचिव गुराँस राई र नर कुमार मगरले सञ्चालन गरेका कार्यक्रममा अध्यक्ष मनोज राई सभापतिरहेका थिए ।

प्रवासी भूमि त्यसमाथि खाडी मुलुक मध्येका कडा कानून रहेका देश साउदीमा पछिल्लो समय नेपाली महिलाहरुको समेत रोजगारीको गन्तव्य बनेको छ । महिलाहरुको प्रवेशसँगै नेपाल झै लाग्न थालेको साउदीका विभिन्न ठाउँमा गरिने कार्यक्रमहरुमा नेपालीहरुको उत्साहजनक उपस्थिति हुनथालेकाले आयोजकहरुलाई आगामी दिनमा कार्यक्रमको गुणस्तर बढाउनुपर्ने दबाब देखिन्छ ।

त्यसैगरी केन्द्रीय समिति किराँत राई यायोक्खा शाखा साउदी अरबले किराँतीहरुको चाड साकेला उभौली यले दोङ-५०७९ जुन ७ तारिखमा दमामस्थित अल खायाम रेस्टुरेन्टमा सीली नाच,विभिन्न झाँक्रीका साथै बृहत साँस्कृतिक कार्यक्रमगरी मनाइएको छ ।

प्रतिकृया दिनुहोस्

एनआरएन साउदीले दिए महिलालाई जिम्मेवारी

img

एनआरएनए साउदीको पूर्वी क्षेत्रीय समितिको छैठौं अधिवेशन सम्पन्न भएको छ । जुन ...

एनआरएनए जर्मनीको अधिवेसन १६ सेप्टेम्बरमा

img

गैर आवासीय नेपाली संघ (एनआरएनए) जर्मनीको अधिबेशन आगामी सेप्टेम्बर १६ तारिखको मिति ...

अरबमा उभौली मनाइयो

img

किराँत राई यायोक्खा शाखा साउदी अरबले किराँतीहरुको चाड साकेला उभौली यले दोङ–५०७९ ...

कार्यक्रमको अनुमती नलिएका कारण मलेसियामा अयोजक, कलाकार पक्राउ

img

इदको अवसर पारेर मलेसियाको क्वालालम्पुस्थित कोताया कम्पेल्क्समा आयोजित कार्यक्रममा आएका नेपाली कलाकारहरु ...

अरबमा उभौलीको तयारी पुरा,कार्यक्रम शुक्रबार

img

किराँत राई यायोक्खा शाखा साउदी अरबले किराँतीहरुको चाड साकेला उभौली यले दोङ-५०७९ को ...

सुडानको हिंसात्मक हमलाको सेनाले गर्‍यो निन्दा, भएको के हो ?

img

सुडानको राजधानी खार्तुममा प्रदर्शनकारीहरूमाथि भएको हिंसात्मक हमलालाई लिएर त्यहाँको सेनाको निन्दा भएको ...

पत्रपत्रिका

सबै