चलचित्र महाेत्सव भोलीबाट, १८ छनोट

| काठमाडाैं

तामाङ अन्तराष्ट्रिय इन्डिपेन्डेन्ट चलचित्र महोत्सव (टिफ) २०१९ (Tamang International Indipendent Film Festival-TIFF 2019) को तयारी पुरा भएको आयोजक समितिले जानकारी दिएको छ । 

यहि जेठ २९ र ३० गते राष्ट्रिय सभागृह, काठमाडौंमा महोत्सव हुने अध्यक्ष विगेन्द्र वाइबा तामाङले जानकारी दिए । उनले प्रदर्शन गरिने चलचित्र छनोट अतिथि निमन्त्रणाका साथै व्यवस्थापकीय पक्षसमेत तयारी भइसकेको जानकारी दिए । 

तामाङ आवाज, सेलो फाउण्डेसनको आयोजना तथा एससीआरसीको सहकार्यमा हुन लागेको महोत्सवमा तामाङ सौन्दर्य, जीवन र ज्ञान परम्परा झल्किने  १८ वटा चलचित्र प्रदर्शनका लागि छनोट गरिएको छ । 

नेपालका साथै अमेरिका, जापान, क्यानडा लगायतका देशहरुबाट प्रतिनिधित्व हुने चलचित्रहरु महोत्सवमा प्रदर्शन गर्न लागिएको आयोजक सदस्य कुमार मोक्तानले बताए । 

महोत्सव अन्तर्गत चलचित्र प्रदर्शनका साथै तामाङ चलचित्र सम्बन्धि विषयगत छलफल, भिजुयल पोइट्री तथा कविता वाचन, पराम्परागत थाङका चित्रकला तथा मुर्ति कला बारे अन्तरकृया लगायतका कार्यक्रमहरु पनी समानन्तर रुपमा हुने छ । 

महोत्सवको थप आकर्षणको रुपमा साँस्कृतिक झाँकी प्रस्तुति, तामाङ भेषभुषा प्रदर्शन, तामाङ मौलिक खाना, पुस्तक पर्दशनी, परम्परागत थाङका चित्रकला तथा मुर्तिकला प्रदर्शनी लगायत रहेको महोत्सव निर्देशक जगत तामाङले बताए । 

प्रतिकृया दिनुहोस्

ध्रुव नयाँ चलचित्रमा 

img

चलचित्र र व्यवसायलाई सगसँगै लाने गरेका अभिनेता ध्रुव अब पायल नामक नयाँ ...

सन्नी लियोनी नेपाली गीतमा

img

चलचित्र ‘पासवर्ड’ मा समावेश ‘आजको साम’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ...

गुन्युचोली उत्कृष्ट

img

तामाङ अन्तराष्ट्रिय इन्डिपेन्डेन्ट चलचित्र महोत्सव (टिफ) २०१९ सम्पन्न भएको छ । दुई ...

टिफमा १८ चलचित्र (फोटोफिचर/भिडियो)

img

तामाङ अन्तराष्ट्रिय इन्डिपेन्डेन्ट चलचित्र महोत्सव (टिफ) २०१९ को सुरु भएको छ ।  तामाङ ...

प्रदेश स्तरीय मिस तामाङ प्रतियोगिता हुने

img

प्रदेश नं. १ मा प्रदेश स्तरीय मिस तामाङ -२०१९ प्रतियोगिता हुने भएको ...

दिलिपलाई देखेर केकी अघाउँछिन (भिडियो)

img

ईन्जिनियर एवं गायक वीरेन्द्र श्रेष्ठको स्वरमा रहेको पिरिमको बाढी... बोलको गीत सार्वजनिक ...

पत्रपत्रिका

सबै