अरबमा उभौली मनाइयो

कलाकारहरुको बेजोड प्रस्तुति

| साउदी, दमाम
फोटो : शुक्र मोक्तान

किराँत राई यायोक्खा शाखा साउदी अरबले किराँतीहरुको चाड साकेला उभौली यले दोङ–५०७९ मनाएको छ ।

यायोक्खाले जुन ७ तारिखमा दमामस्थित अल खायाम रेस्टुरेन्टमा किराँतीहरुको साकेला सीली नाच, विभिन्न झाँक्रीका साथै बृहत साँस्कृतिक कार्यक्रम गरी मनाएको हो ।

‘सम्पूर्ण मुन्दुमी किराँतीहरू एक हौँ, किराँत लिपि, भाषा र भेषभुषाको संरक्षण गरौँ’ भन्ने नाराका साथ मनाइएको चाड यायोक्खा साउदीको दोस्रो पटक हो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली दूतावासका नियोग उप प्रमुख दिलीपकुमार पौडेलले शुभकामना दिदै आफू साउदी आएपछिको आधिकारिक रुपमा पहिलोपटक नेपाली समुदायले गरेका कार्यक्रममा सहभागी हुने मौका दिएकोमा यायोक्खालाई धन्यवाद दिए । उनले थपे- भित्री मनदेखिनै साउदी आएर नेपालीहरुको सेवा गर्ने इच्छालाई नेपाल सरकारले पुरा गर्‍यो । तपाईहरुको साथ र सहयोग पाएमा मेरो कार्यकालले सार्थकता पाउनेमा ढुक्क छु,पौडेलले भने,।

नियोग उपप्रमुख पौडेलले साउदीको कानून भित्र रहेर कार्य गर्न नेपाली श्रमिकहरुलाई आग्रह गरे । उनका अनुसार भाषा,कानून नबुज्दा साउदीका जेलहरुमा नेपाली भर्ने गरेका छन् । पौडेलले ८ वर्षपछि नेपाली कामदारले १०००+ ३०० अर्थात १३०० रियाल महिनावारी तलब पाउनुपर्ने निर्णयलाई कार्यनयन गर्न रोजगारदाता,श्रमिक,मेनपावर व्यवसायीहरू लगायतलाई अनुरोध गरेको बताए । आगामी दिनमा यायोक्खाले गर्ने कार्यक्रमलाई दूतावासको तर्फबाट विशेष सहयोग रहने पौडेलले भने,।

समारोहमा विशेष अतिथि श्रमसहचारी अम्बिका प्रसाद अधिकारले शुभकामना मन्तव्यका क्रममा साउदी जस्तो मुलुकमा रहेर आफ्ना भाषा, धर्म, लिपी, संस्कृति, बचाउन लागिपरेकोमा यायोक्खालाई धन्यवाद दिए । उनले भने- साकेला किँरात राईहरुको धर्म,संस्कृति र सम्पदा जड हो । बैशाख लागेपछि विभिन्न जातका अन्नबाली लाएसँगै सुरु हुने भेएकाले साकेला उभौली समृद्धि चाड भएको अनुमान लाउन सकिन्छ अधिकारीले थपे,।

श्रमसहचारी अधिकारीले भने- किराँतीहरू भनेको इतिहास हो, यसलाई विक्रम संवत् २०७६ र इस्वी संवत् २०१९ले पनि पुस्टी गर्छ । जबकि किराँतीको साकेला येले दोङ-५०७९ हो । यसकारण किराँत सभ्यता हो भन्ने आफूले ठानेको बताए । फुर्सदको समयलाई सदुपयोग गरेर साकेलाका लागि चाहिने सामग्रीहरू समेत जुटाएर गरेका कार्यक्रमको जति प्रसंशा गरेनी कम हुने अधिकारीले थपे, ।

कार्यक्रममा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रीय सदस्य तथा न्यू अन्नपूर्ण नेपाली रेस्टुरेन्टका सञ्चालक श्रीयावा लिम्बू, जिफन्ट सहयोग साउदीका अध्यक्ष बुद्धिमान विक, एनआरएनए साउदीका अध्यक्ष नारायण पासवान, आदिवास जनजाति महासंघका वरिष्ठ उपाध्यक्ष खेम तमु, काभ्रे सेवा समाजका जेनकुमार लामा, तमु धिका संस्थापक ओम घले,अन्तर संस्था समन्वय समितिका कार्यबाहक अध्यक्ष सूर्य श्रेष्ठ, मगर संघका कार्यबाहक अध्यक्ष बम बहादुर मगर, नेवा समाजका अध्यक्ष श्रीकृष्ण श्रेष्ठ, युवा कुमाल समाजका अध्यक्ष ओम कुमाल, स्याङ्जा सहयोग समाजका अध्यक्ष बालकृष्ण पंगेनी, प्रबासी नेपाली सहयोग मञ्चका अध्यक्ष विजय लामा, प्रबासी युवा समूहका अध्यक्ष समीर राई, अन्तर्राष्ट्रिय रोल्पाली समाजका प्रमुख सल्लाहकार दिपक थापा, दिदीबहिनी समूहकी अध्यक्ष तुलसी गुरुङ, मगर संघकी उपाध्यक्ष धनकुमारी पुन मगर, नेेपाल तामाङ घेदुङ साउदीका पूर्वी क्षेत्रीय समितिका महासचिव   नवराज तामाङ, मेनपावर व्यवसायी राजेश सेन्दाङ लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिले शुभकामना मन्तव्य दिएका थिए ।

प्रमुख, विशिष्ट र अतिथिहरुलाई किराँतीहरुको संस्कार अनुसार सेतो फेटा यायोक्खाका उपमहासचिव अमृत राई र सदस्य रन बहादुर राईले पहिराई दिएका थिए । त्यसैगरी सदस्यद्वय कल्पना राई र सिरि राईले ब्याच र खादा लगाई अतिथिको स्वागत गरेकी थिइन् ।

उक्त कार्यक्रममा गायक इस्लाम मिया, लम्क्षी तामाङ,तेम्बा तामाङ, प्रेम डिसी, त्यसैगरी नृत्यमा सिरि चम्लिङ, दीक्षा थापा, पुतली तामाङ, मुना तामाङ,दिव्य थापा लगायतले बेजोड प्रस्तुति दिएका थिए ।

समारोहमा साकेला सिली नाँचलाई विशेष स्थान दिइएका थिए । कार्यक्रमको सुरुमा सिली नाच नाच्दै दिनभर बाध, आर्चन आएमा सुरक्षित गर्न प्राकृतिक पूजागरी बर माग्ने गर्नेछन् । साँझ भने कार्यक्रम सफल पारी दिएकोमा धन्यवाद दिदै सिली नाच प्रस्तुुतगरी  पुनः थानमा विराजमानका लागि आग्रह गर्छन् ।

बरिस्ठ सल्लाहकार दिल कुमारी चाम्लिङले स्वागत मन्तव्य राखेकी थिइन् । पुस्त बहादुर चाम्लिङ र सोनम माङपहाङ्ग राईले संयुक्तरूपमा सञ्चालन गरेका कार्यक्रमका सभापति कार्यबाहक अध्यक्ष चित्र कुमार चाम्लिङ राइरहेका थिए ।

प्रतिकृया दिनुहोस्

एनआरएन साउदीले दिए महिलालाई जिम्मेवारी

img

एनआरएनए साउदीको पूर्वी क्षेत्रीय समितिको छैठौं अधिवेशन सम्पन्न भएको छ । जुन ...

एनआरएनए जर्मनीको अधिवेसन १६ सेप्टेम्बरमा

img

गैर आवासीय नेपाली संघ (एनआरएनए) जर्मनीको अधिबेशन आगामी सेप्टेम्बर १६ तारिखको मिति ...

साकेला उभौली सक्यो, यायोक्खा जेद्धा गठन

img

साउदीको जेद्धामा पनि किराँतीहरुले साकेला उभौली यले दोङ-५०७९ मनाइएको छ । किराँतीहरुले ...

कार्यक्रमको अनुमती नलिएका कारण मलेसियामा अयोजक, कलाकार पक्राउ

img

इदको अवसर पारेर मलेसियाको क्वालालम्पुस्थित कोताया कम्पेल्क्समा आयोजित कार्यक्रममा आएका नेपाली कलाकारहरु ...

अरबमा उभौलीको तयारी पुरा,कार्यक्रम शुक्रबार

img

किराँत राई यायोक्खा शाखा साउदी अरबले किराँतीहरुको चाड साकेला उभौली यले दोङ-५०७९ को ...

सुडानको हिंसात्मक हमलाको सेनाले गर्‍यो निन्दा, भएको के हो ?

img

सुडानको राजधानी खार्तुममा प्रदर्शनकारीहरूमाथि भएको हिंसात्मक हमलालाई लिएर त्यहाँको सेनाको निन्दा भएको ...

पत्रपत्रिका

सबै