पेन्देलमा एक हुल कवि

| काठमाडाैं

बाग्द्वार साहित्य समाजले शुक्रबार एक हुल राष्ट्रिय कविहरुलाई डाँडा गाउँ अर्थात पेन्देल गाउँमा पुर्याए ।  बूढानीलकण्ठ नगरपालिका वडा नं.–५ स्थित उक्त गाउँमा पेन्देल आमा समूहले स्वागत गरेका थिए । तामाङ संस्कृति अनुसरण गर्दै कोम्हेन्दो (टोटलाको फूल), खादा र सगुनले पाहुनाहरुलाई सत्कार गरेका थिए । यतिमात्र नभई डोलीमा पाहुनाालाई बोकेका पनि थिए । 

शिवपुरी जंगलमुनिको पेन्देल गाउँको होमस्टेमा कविहरु बाँडिएर बास बसेका थिए । 

शनिबार सखारै समाजको अध्यक्ष श्याम संकल्पले यात्राको रुट व्याख्या गरेअनुसार शिवपुरी जंगलमा यात्रा तय भयो । विष्णुमतिको शिर मानिने विष्णुद्धार मन्दिरको दर्शन भयो । हाइकिङकै क्रममा स्रष्टाहरूले बौद्ध स्तूपको पनि दर्शन गरे ।

हाइकिङ लगतै बूढानीलकण्ठमा आयोजित बाग्द्वार राष्ट्रिय काब्य गोष्ठी–२०७६ मा उत्साह र थकित मुद्रामा कविहरु भेला भए । 

‘माया मेरो मफलर भए बाँधि हिड्थे गलामा, 
कहिलेकाहीँ मन नहुँदा टाँगी दिन्थे किलामा’ 

पूर्व कुलपति एवं कवि वैरागी काइँलाले आफ्नो रचना वाचनसँगसँगै कार्यक्रम उद्घाटन गरी गोष्ठीलाई उत्साहित गरे  ।

समाजका अध्यक्ष संकल्पको मुक्तक संग्रह ‘फाटेको मन’ लोकार्पण गरिएको थियो । संग्रहमाथि स्रष्टा रामबहादुर पहाडीले टिप्पणी गरेका हुन् ।

समालोचक महेश पौडेलले ‘समकालीन नेपाली कविताः प्रवृत्ति र परिलक्षण’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमाथि लक्ष्मण श्रेष्ठले टिप्पणी गरेका थिए ।

 गोष्ठीमा सुलोचना मानन्धर, राजेन्द्र पराजुली, जसराज किराँती, मनु मञ्जिल, मोमिला जोशी, भुपाल राई, विप्लव ढकाल, बिन्दु शर्मा, राजन मुकारुङ, विप्लप प्रतीक, गीता त्रिपाठी, निमेष निखिल, ज्योति जंगल, हेमन यात्री, फुलमान बल, बिमला तुम्खेवा, रमेश क्षितिज, तीर्थ गुरुङ, भूपिन खड्का, स्वप्निल स्मृति, गिरी शिरीष मगर, सविता गौतम दाहाल, दिपक सापकोटा, हेमन्त विवश, काशीराम विरश, लक्ष्मी रुम्बा, भूपेन्द्र खड्का, आरके अदिप्त गिरीलगायतले कविता सुनाएका थिए । 

कविहरुले आ–आफ्नो रचनामा समसामयिकता, सामाजिक, वातावरण, राजनितिक लगायतका विषयवस्तु समेटिएका थिए ।

पाका कविद्धय काइँला र दुर्गालाल श्रेष्ठ, कान्तिपुरकर्मी श्रीश भण्डारी सम्मानित भएका थिए ।

सोही क्रममा गीतकार व्याकुल माइलालाई सत्भावना दूत बनाएपछिको घोषित रकम ३० हजार हस्तान्तरण गरेको थियो । बुढानिलकण्ठ–३ नं. वडा कार्यालयले एक वर्षअघि माइलालाई दूत बनाएर मासिक ५ हजार निर्णय गरेको वडाध्यक्ष बालकृष्ण श्रेष्ठले बताए । 

वडाध्यक्ष श्रेष्ठले आगामी बजेटमा साहित्य र संस्कृतिमा विशेष बजेट विनियोजन गर्नेसमेत घोषणा गरे । 

स्थानीय स्तरबाट भेगीय हिसाबले राष्ट्रिय स्तरका व्यापक कविहरु भेला पारेर समाजको गतिविधिलाई अरु सामु पु¥याउने हेतुले गोष्ठी गरेको कार्यक्रम संयोजक एवं कवि विना थिङले बताइन् । 

कवि अनिता लामाले सहजीकरण गरेको गोष्ठीमा बूढानीलकण्ठ–३ को सहकार्यमा सम्पन्न भएको हो । 

गोष्ठीमा कविहरुको रचना श्रवण गरेपछि उत्साहित हुदै स्थानीय जेष्ठ नागरिक साइली तामाङले तामाङ सेलो गाइन् । 

समाजले २०६३ सालदेखि स्थानीय स्तरमा साहित्यको माहोल सृजना गर्ने, स्रष्टाहरुको सम्मान गर्ने र नयाँ पुस्तालाई प्रोत्साहन गर्दै आएको छ । यसको साथै अर्ध वार्षिक बाग्द्वार साहित्य दर्पण पत्रिकाको प्रकाशन, बिद्यालय स्तरीय कविता प्रतियोगिता, राष्ट्रिय र स्थानीय स्तरका विभिन्न कवि गोष्ठीहरू र कृतिको प्रकाशनजस्ता कार्य गर्दै अघि बढिरहेको छ ।

प्रतिकृया दिनुहोस्

अर्थमन्त्री डा. खतिवडाले गरे एकीकृत भन्सारको शिलान्यास

img

रसुवागढी नाकामा अव्यवस्थित भन्सार कार्यालयको अर्थमन्त्री डा. युवराज खतिवडाले शुक्रबार शिलान्यास गरेको छ ...

स्टे अर्डर खारेज, अब फिल्म शुक्रवार मात्रै रिलिज

img

ब्याङ्कटेस ईन्टरटेन्मेन्टले फिल्म भारत रिलिज गर्न जिल्ला अदालत काठमाडौंमा मुद्धा दर्ता गरेको ...

किरायाद्वारा घाइतेलाई आर्थिक सहयोग

img

किराँत राई यायोक्खा साउदीले घाइते भिषाण राईलाई आर्थिक सहयोग गरेको छ । किराया ...

प्रधानमन्त्री रोजगारमा १ सय १७ जना छनोट

img

सर्लाहीको बागमतीमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत १ सय १७ जनाले रोजगारी पाएको ...

विद्यार्थीलाई ट्राफिक नियम

img

रसुवा माविका बिद्यार्थीहरूलाई हालै ट्राफिक नियम सम्वन्धि जानकारी दिएको छ ।  गोसाईकुण्ड गाउँपालिका–६ ...

फिल्ममा संस्कार, संस्कृतिका कथा जस्ताको त्यस्तै राख्नुपर्छः पूर्वमन्त्री तामाङ  

img

पूर्व कानुन मन्त्री एवं नेकपाका संघीय सांसद शेरबहादुर तामाङले फिल्ममा तामाङ संस्कार, ...

पत्रपत्रिका

सबै