रसुवागढी नाकाबाट छ हजार पर्यटकले गरे आवतजावत

| रसुवा, रसुवागढी

रसुवागढी नाकाले मे महिनामा आवतजावत गर्ने पर्यटकको विवरण सार्वजनिक गरेको छ ।

अध्यागमन कार्यालय रसुवागढीका प्रमुख विष्णु घर्तीका अनुसार मे महिनामा ६ हजार ५ सय ६७ पर्यटकले नाका प्रयोग गरी नेपाल-चीन ओहोरदोहोर गरेका न् प्रमुख घर्तीले भने आम नागरिकलाई सुसोचित गर्न विवरण सार्वजनिक गरिएको हो ।

पर्यटकमध्ये विभिन्न देशका २ हजार ३ सय ४० महिला समेत रहेका थिए । यसैगरी मानसरोवर यात्राको लागि भिसा प्रणालीबाट ४ सय ३९ नेपाली र १ हजार  १ सय २८ जना भारतीय तिर्थयात्रु रसुवागढीबाट चिनियाँ भूभाग गएको तथ्याङ्क रहेको छ ।

सीमाक्षेत्रका वासिन्दाका लागि दिइने स्थायी परिचय पत्र भने मे महिनामा १ सय ३२ जना रसुवालीले प्राप्त गरेका छन् । २ सय ७७ जनाले वार्षिक नविकरण र ३५ जनाले प्रतिलिपि लिएको अध्यागमन कार्यालयले जनाएको छ

विगतको तुलनामा अध्यागमन कार्यालयले आफ्ना सबै गतिविधि पारदर्शी  गर्ने परिपाटीको विकास गरेको र सेवाग्राहीको काम समेत छिटो छरितो सम्पादन गर्न थालेको स्थानीयवासीले ताएका छन्

प्रतिकृया दिनुहोस्

अर्थमन्त्री डा. खतिवडाले गरे एकीकृत भन्सारको शिलान्यास

img

रसुवागढी नाकामा अव्यवस्थित भन्सार कार्यालयको अर्थमन्त्री डा. युवराज खतिवडाले शुक्रबार शिलान्यास गरेको छ ...

स्टे अर्डर खारेज, अब फिल्म शुक्रवार मात्रै रिलिज

img

ब्याङ्कटेस ईन्टरटेन्मेन्टले फिल्म भारत रिलिज गर्न जिल्ला अदालत काठमाडौंमा मुद्धा दर्ता गरेको ...

किरायाद्वारा घाइतेलाई आर्थिक सहयोग

img

किराँत राई यायोक्खा साउदीले घाइते भिषाण राईलाई आर्थिक सहयोग गरेको छ । किराया ...

प्रधानमन्त्री रोजगारमा १ सय १७ जना छनोट

img

सर्लाहीको बागमतीमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत १ सय १७ जनाले रोजगारी पाएको ...

विद्यार्थीलाई ट्राफिक नियम

img

रसुवा माविका बिद्यार्थीहरूलाई हालै ट्राफिक नियम सम्वन्धि जानकारी दिएको छ ।  गोसाईकुण्ड गाउँपालिका–६ ...

फिल्ममा संस्कार, संस्कृतिका कथा जस्ताको त्यस्तै राख्नुपर्छः पूर्वमन्त्री तामाङ  

img

पूर्व कानुन मन्त्री एवं नेकपाका संघीय सांसद शेरबहादुर तामाङले फिल्ममा तामाङ संस्कार, ...

पत्रपत्रिका

सबै