वर्तमान सरकारले देशलाई लुटिरहेको नेता पौडेलको आरोप 

| दोलखा, चरिकोट

नेपाली काङ्ग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार भ्रष्टाचारलाई ढाकछोप गरी देशलाई लुट्न लागीरहेको आरोप लगाएको छ ।

नेपाली कांग्रेस हिमाल, पहाड, तराई राष्ट्रिय जागरण अभियान अन्र्तगत भीमेश्वर नगरपालिकाको नगर स्तरीय आम सभालाई शुक्रबार सम्बोधन गर्दै नेता पौडेलले सरकार भ्रष्टाचारलाई ढाकछोप देश लुटतन्त्र तर्फ गएको बताए । उनले नेकपाका नेताले भ्रष्टाचार गरेको आरोप लाग्दा छानबिन गर्न नपाउँदै भ्रष्टाचार नभएको भनि सरकारको तर्फबाट नेकपाका नेताले अभिव्यक्ति दिने गरेको भन्दै यसरी सिंगो नेपाल कम्युनिष्ट पार्टिले भ्रष्टाचारलाई ढाकछोप गरि देशलाई लुट्न लागेको आरोप लगाएको हो । 

हरेक क्षेत्रमा संस्थागत रुपमा भ्रष्टाचार भइरहेको नेता पौडेलको भनाई छ । ‘सरकारले अख्तियार र अदालतलाई धकेलेर भ्रष्टाचार गरेको छ’, नेता पौडैलले भने, ‘सरकारको यस्तो कार्यबारे जनतालाई जानकारी दिनका लागी नेपाली काङ्ग्रेसले जागरण अभियान सञ्चालन गरेको होे ।’ प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार नटिक्ने भन्दै नेता पौडेलले अबको सरकारको नेतृत्व लिनका लागी नेपाली काङ्ग्रेस तयार रहेको स्पष्ट पारे । 

अर्को प्रसंगमा नेता पौडेलले दोलखाको लामाबगरमा निर्माणाधिन माथिल्लो तामाकोशी जलविद्युत आयोजना मंहगीदै गएको प्रति नेकपाले चासो नदिएको बताए । सुरुवाती चरणमा निर्माण लागत र हालको लागत अत्यन्तै फरक रहेको बताउदै उनले नेकपाले अपर तामाकोशी ल्याएको नभई खाएको आरोप लगाए ।  

प्रतिकृया दिनुहोस्

भ्रष्टाचारविरुद्ध कार्यकर्ता लड्नुपर्छ : नेता नेपाल

img

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले ...

दाइजो प्रथा हटाउन बहादुर युवा आवश्यक : नेता नेपाल 

img

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधवकुमार नेपालले तराईमा दाइजो प्रथालाई ...

जागरण अभियान सक्यो,शैलुङ काँग्रेसमा मोक्तान

img

नेपाली कांग्रेसको देशभर जागरण अभियान भइरहेको छ । दोलखाको शैलुङ गाउँपालिका जेष्ठ ...

३ दर्जन भन्दाबढीले छोडे नेकपा

img

देशभर नेपाली कांग्रेसले जागरण अभियान चलाइरहेका छन् । यसै क्रममा जेष्ठ १८ ...

को हुन् नेपाल हल्लाउने जयशंकर ?

img

भारतमा पूर्वविदेश सचिव एस जयशङ्कर विदेश मन्त्री बनेपछि त्यसप्रति नेपालमा हलचल मच्चिरहेको ...

नुवाकोटमा नेकपाले पाए पूर्णता

img

पार्टी एकताको एक वर्षपछि नुवाकोटमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पार्टीले पूर्णता पाएको ...

पत्रपत्रिका

सबै