लम्साल, धमला र थिङ सम्मानित हुने

| काठमाडाैं

नुवाकोट साहित्य प्रतिष्ठान नेपालले तीन स्रष्टालाई सम्मान गरिने भएको छ । साहित्य सम्मान २०७६ घोषणा गरी डा.नवराज लम्साल, जीवनाथ धमला र विना थिङलाई सम्मान गरिन लागेको प्रतिष्ठानका अध्यक्ष रामकृष्ण अमरले जानकारी दिए ।

विगत डेढ दशकदेखि नियमित रुपमा नेपाली भाषा साहित्य क्षेत्रमा विशेष योगदानको आधारमा उनीहरुलाई सम्मान गर्न लागेको हो ।

धादिङका डा. लम्सालाई महामण्डल साहित्य सम्मान, ओखलढुङ्गाका धमलालाई कमलादेवी तथा जगनिधि गजुरेल स्मृति साहित्य सम्मान र काठमाडौंका थिङलाई महामण्डल युवा साहित्य सम्मान गरिने भएको हो । 

संस्थापक अध्यक्ष एवं सल्लाहकार श्रीराम श्रेष्ठको संयोजकत्वमा गठित सिफारिस समितिको बैठकले हालै सो निर्णय गरेको हो । 

आगामी असार १४ गते नुवाकोटमा एक कार्यक्रमकाबीच उनीहरुलाई सम्मान गरिन लागेको हो । 

स्थापनाकालदेखि प्रतिष्ठानले राष्ट्रिय धान दिवसको अवसरमा नियमित सम्मान र साहित्यिक कार्यक्रम गर्दै आइरहेका छन् । 

 

प्रतिकृया दिनुहोस्

अर्थमन्त्री डा. खतिवडाले गरे एकीकृत भन्सारको शिलान्यास

img

रसुवागढी नाकामा अव्यवस्थित भन्सार कार्यालयको अर्थमन्त्री डा. युवराज खतिवडाले शुक्रबार शिलान्यास गरेको छ ...

स्टे अर्डर खारेज, अब फिल्म शुक्रवार मात्रै रिलिज

img

ब्याङ्कटेस ईन्टरटेन्मेन्टले फिल्म भारत रिलिज गर्न जिल्ला अदालत काठमाडौंमा मुद्धा दर्ता गरेको ...

किरायाद्वारा घाइतेलाई आर्थिक सहयोग

img

किराँत राई यायोक्खा साउदीले घाइते भिषाण राईलाई आर्थिक सहयोग गरेको छ । किराया ...

प्रधानमन्त्री रोजगारमा १ सय १७ जना छनोट

img

सर्लाहीको बागमतीमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत १ सय १७ जनाले रोजगारी पाएको ...

विद्यार्थीलाई ट्राफिक नियम

img

रसुवा माविका बिद्यार्थीहरूलाई हालै ट्राफिक नियम सम्वन्धि जानकारी दिएको छ ।  गोसाईकुण्ड गाउँपालिका–६ ...

फिल्ममा संस्कार, संस्कृतिका कथा जस्ताको त्यस्तै राख्नुपर्छः पूर्वमन्त्री तामाङ  

img

पूर्व कानुन मन्त्री एवं नेकपाका संघीय सांसद शेरबहादुर तामाङले फिल्ममा तामाङ संस्कार, ...

पत्रपत्रिका

सबै