राउटेको बस्ती छिर्न टिकट लाग्ने

| काठमाडौं

बस्ती छिर्न टिकट १ सुन्दा अनौठो लाग्न सक्छ । हो, दैलेखको गुराँस गाउँपालिकाले लोपोन्मुख राउटे समुदायको संरक्षण र सुरक्षाका लागि यस्तो व्यवस्था गरेको छ । राउटे जंगलमा फिरन्ते जीवन बिताउँदै आएको समुदाय हो । योे समुदायको छुट्टै भाषा र संस्कृति छ । 

सामाजिक रूपान्तरणको चरणमा रहेका राउटे समुदायको बस्तीमा पुग्नेको संख्या बढेपछि गाउँपालिकाले यसलाई पर्यटन व्यवसायका रूपमा अगाडि बढाउने तयारी गरेको छ ।

‘राउटेलाई हेर्न आउनेको संख्या बढ्दो छ। जथाभाबी प्रवेश गर्ने भीडले राउटेको संस्कृति हराउने खतरा छ’, गाउँपालिकाका अध्यक्ष खेमराज वली भन्छन्, ‘हामीले राउटे समुदायलाई रूपान्तरण गर्दैछांै ।  राउटे बस्तीमा छिर्दा टिकट काट्नुपर्छ ।’ टिकट व्यवस्थाले राउटे बस्तीमा जथाभाबी प्रवेश गर्ने प्रवृत्ति नियन्त्रण हुने र आम्दानी पनि हुने गाउँपालिकाको दाबी छ । टिकटबाट संकलित रकम राउटेको उत्थान र संरक्षणमा लगानी गरिनेछ ।

हाल राउटे बस्तीमा सहयोगका नाममा पुग्नेको लर्को लाग्ने गरेको छ । टिकट शुल्कबारे भने छलफल भइरहेको अध्यक्ष वलीले बताए । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा ललितबहादुर बुढाले लेखेका छन् ।

प्रतिकृया दिनुहोस्

विदेश मोहको पीडा : गुम्यो २२ हजार डलर, धन्न जोगियो मिर्गौला

img

लमजुङका एक युवकको वैदेशिक रोजगारीमा क्यानडा जाने सपना चकनाचुर बनेको छ। दलाललाई ...

युएईमा नेपाली कामदारलाई विदेशीसरह सुविधा

img

नेपाली कामदारका लागि चौथो प्रमुख रोजगार गन्तव्य युएईसँग शुक्रबार श्रम समझदारी भएको ...

गुठी विधेयक : काठमाडौँमा विरोध हुँदा दाङमा किन भयो पक्षमा प्रदर्शन ?

img

गुठी विधेयकको विरोधमा राजधानीमा ठूला प्रदर्शन भइरहेका बेला बिहीबार प्रदेश ५ को ...

मानव तस्करी- पैसाको आशमा यसरी फस्छन् आपराधिक समूहको चंगुलमा

img

पछिल्लो समय नेपाल मानव तस्करीमा विश्वकै प्रमुख स्रोत बनिसकेको छ । छिमेकी ...

नेपालमा रेलमार्ग जोड्न तिब्बतको तीव्र इच्छा

img

चीनको स्वायत्त प्रदेश तिब्बतले नेपालसँगको सम्बन्ध अझै प्रगाढ बनाएर बेल्ट एन्ड रोड ...

प्रधानमन्त्रीको बेलायत भ्रमण पर्याप्त तयारी नपुग्दा खल्लो

img

झन्डै दुई दशकपछि भएको नेपालका प्रधानमन्त्रीको बेलायत भ्रमण गलत समय र पर्याप्त ...

पत्रपत्रिका

सबै