विद्यालयमा नगर शिक्षा अधिकृतको छड्के अनुगमन, तीन शिक्षिका र विद्यालय सहयोगी कार्वाहीमा

विद्यालयको अवस्था नाजुक

| सर्लाही

हरिवन नगर शिक्षा अधिकृतले आज (बिहीबार) समुदायिक विद्यालयमा छड्के अनुगमन गरेको छ । हरिवन १ बिलन्दीमा रहेको श्री जनसेवी प्राथमिक विद्यालयमा नगर अधिकृत नवराज निरौलाले छड्के अनुगमन गरेको हो । अनुगमनबाट ३ जना शिक्षिका र १ जना विद्यालय सहयोगी समयभन्दा ढिला पुगेका कारण कारर्वाहीमा परेका छन् । विद्यालयमा ६ बजे पुगिसक्नु पर्नेमा शिक्षिकाहरु र विद्यालय सहयोगी भने ६ बजेर ४५ मिनेट अर्थात एक घण्टी बितिसक्दा पनि विद्यालयमा नपुगेका कारण कारर्वाहीमा परेका हुन् ।

एक घण्टी बितेर दोस्रो घण्टी शुरु हुँदा शिक्षिकाहरु र विद्यालय सहयोगी विद्यालयमा प्रवेश नगरेकाले उनीहरुलाई कार्वाही गर्नु परेको नगर शिक्षा अधिकृत नवराज निरौलाले बताए । साथै अधिकृत निरौलाले १ दिनको पारिश्रामिक कट्टा गरिने पनि बताए ।

विद्यालयमा जम्मा २३ जना विद्यार्थीहरु भर्ना रहेपनि आज यस विद्यालयमा १४ जना मात्र विद्यार्थी उपस्थित रहेको अधिकृत निरौलाले जानकारी दिए । यता विद्यालय व्यवस्थापन समितिलाई बुझ्दा आफूले पटक-पटक ढिला आउने शिक्षक तथा शिक्षिकाहरुलाई ध्यानाकर्षण गराइए पनि अटेर गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिवस बम्जनले जानकारी गराए । उनले भने नत यहाँका अविभावकले नै बुझ्छन् न त शिक्षक, शिक्षिकाले नै पटक-पटक वडा कार्यलयमा अधुरो रहेको भवनका लागि बजेट विनियोजित गरिदिनुस् भनेर आग्रह गर्दा जहिले पनि थोरै रकम मात्रै विनियोजित गर्ने नगरपालिकाले पनि नहेरि दिने समस्याले गर्दा विद्यालयको यस्तो अवस्था भएको गुनासो व्यक्त गरे । विब्यस अध्यक्ष बम्जनले भने विद्यालयलाई केही परिवर्तन ल्याउछु भनि आफू लागे पनि कही कतैबाट सहयोग प्राप्त नभएकोले गर्दा यस्तै किसिमको विकृतिका कारण मैले विद्यालय व्यवस्थापन समितिबाट केही महिना अगाडी नै राजीनामा दिईसकेपनि अहिले सम्म स्वीकृति नभएको बताए ।

भौतिक संरचनाका कारण शिक्षक/शिक्षिकाले पढाउन मुस्किल रहेका छन् । पढाउदा पनि उभिएर पढाउनु पर्ने समस्या छ । त्यसमाथि भएका विद्यार्थीलाई पनि नियमित विद्यालयमा नपठाउने समस्याले गर्दा विद्यालयको अवस्था यो अवस्था भएको हो ।

स्थानीय वडा सदस्यको गाउँमा समेत पुगेर धेरै पटक विद्यार्थीलाई विद्यालयमा पठाउनुस् भन्दा निर्वाचित जनप्रतिनिधिले समेत त्यसतर्फ ध्यान नदिएको शिक्षकको समेत गुनासो रहेको छ । आफ्नै गाउँमा रहेको विद्यालयमा विद्यार्थी नपठाई आधा घण्टाको बाटो हिडेर तल चापिनी र बेत्तालीमा पढाउन पठाउने गर्छन् । 

वि.सं. २०५० सालमा स्थापना भएको विद्यालयको अवस्था हेर्दा धेरै कम्जोर रहेको छ । विद्यार्थी संख्या पनि बड्नु पर्नेमा झनै घट्दै गइरहेका छन् । यो विषयमा स्थानीय निकायले राम्रोसँग सोच्नु पर्ने अवस्था आएको छ । नगरपालिकाले संचालन गरेको कुनै पनि कार्यक्रमले अहिलेसम्म त्यो गाउँमा छुन नसकेको गाउँलेहरुको गुनासो रहेका छन् ।

पछिल्लो पटक हरिवन नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुमा बेला बेलामा छड्के अनुगमन गरिरहेका छन्, धेरै विद्यालयका शिक्षकहरु कार्वाहीमा परिरहेका छन् । यसरी सामुदायिक विद्यालयमा भैरहेको गैर जिम्मेवारी काम र नियम विपरीत भैरहेको गतिविधिलाई रोक्न सम्बन्धित निकायले बेलैमा समाधानका उपाय खोजेनन् भने शिक्षा क्षेत्रमा ठुलै क्षति हुने निश्चित देखिन्छ ।

प्रतिकृया दिनुहोस्

राम्चेमा स्वास्थ्य सम्बन्धि तालिम

img

कालिका गाउपालिका–१ राम्चेमा दुई दिने लैङ्गिक समानता तथा प्रजनन स्वास्थ्य सम्वन्धि तालिम ...

लागूऔषध विरुद्ध सचेतना

img

धनकुटामा लागूऔषध दुव्र्यसन विरुद्ध सचेतना मुलक कार्यक्रम पाख्रिबास नगरपालिकामा सम्पन्न भएको छ ...

शैक्षिक एवं सरसफाइ सामाग्री वितरण

img

नेकपा निकट राष्ट्रिय स्वास्थ्यकर्मी संघले आफ्नो चौधौं वार्षिक दिवस पारेर सहारा बिहिन ...

पाश्र्वचित्र सार्वजनिक 

img

कालिका गाउँपालिकाले गाउँपालिकाभित्रको वस्तुस्थति सहितको पाश्र्वचित्र सार्वजनिक गरेको छ । जेठ २७ गते ...

मुडेमा सौर्य सडक बत्ती

img

सयपत्री युवा क्लबको अगुवाइमा सिन्धुपाल्चोकको मुडे सडकमा सौर्य बत्ती जडान गरिएको  छ । मंगलबार लिसंखुपाखर गाउँपालिकाका उपाध्यक्ष ...

गोरखामा इदको शुभकामना आदानप्रदान

img

गोरखाका मुस्लिम समुदायले यस वर्ष पनि इद मनाएका छन् । सिरानचोक गाउँपालिकास्थित मकुन्डाँडाका मुस्लिम ...

पत्रपत्रिका

सबै