हरिवनमा युवाहरूको लागि सीप व्यवसायी तालिम सुरु

| सर्लाही (हरिवन)

सर्लाहीको हरिवनमा युवाहरुको लागि सीप व्यवसाय तालिम सुरु गरिएको छ । काठमाण्डौ ईन्स्टिच्युट अफ हस्पिलिटी म्यानेज्मेन्टको आयोजना, कृषि व्यवसायको लागि अन्तराष्ट्रिय कोष (IFAD) को आर्थिक तथा स्विस हेल्पेटासको प्राविधिक सहयोगमा हरिवनमा रहेको कान्तिपुर ईन्स्टिच्युटको तालिम हलमा बिहीबार तालिम शुरु गरिएको हो

पछिल्लो समय युवाहरु रोजगारीका लागि विदेश जानेको लर्को लाग्ने भएता पनि त्यहाँ गएका नेपाली दाजुभाइहरुले सीप नभएकै कारण राम्रो पारिश्रमिक नपाउने र दुःख सास्ती भोगेर फर्कनु परिरहेको अवस्थामा युवाहरुलाई सीप प्रदान गर्दै दक्ष जनशक्ति तयार गर्ने उद्देश्यले तालिम दिन लागेको आयोजकले बताए । हरिवन नगरपालिकाकी उपप्रमुख रेणुका पौडेलको प्रमुख आतिथ्यतामा बिहीबार औपाचारिक कार्यक्रम गर्दै तालिमको उद्घाटन गरिएको हो ।

तालिममा हरिवन नगरपालिका भित्रका ४० जना युवाहरूको सहभागिता रहेका छन् । तालिममा सहभागीहरुलाई कुक, खानाका परिकार बनाउने तरिका सम्बन्धि सैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्रदान गर्ने र उनीहरुलाई दक्ष जनशक्ति तयार गर्ने गरी काठमाण्डौं ईन्स्टिच्युटका प्रशिक्षक मनोज थापाले सीप प्रदान गर्ने आयोजकले जनाएको छ ।

तालिममा सीप प्रदान गरिसकेका सहभागीलाई पुनः सिटिइभिटीबाट सीप परिक्षणको परिक्षा लिई परिक्षामा उतिर्ण हुने सहभागीले प्रमाणपत्र प्राप्त गर्ने छन् । तालिम दैनिक दुई चरणमा विभाजन गरि २०/२० जनाको समुह बनाई संचालन गरिने छ । तालिम अवधी भर बसेर प्रशिक्षकबाट भरपुर सिकाई हासिल गर्न र दक्ष जनशक्तिको रुपमा आफू तयार हुन सक्नुपर्नेमा वक्ताहरूले जोड दिएका थिए ।

प्रमाणपत्र प्राप्त गर्नेले स्वदेशमै पनि व्यवसाय संचालन गर्न चाहेमा सहुलियत दरमा बैंक तथा वित्तीय संस्थाले ऋण प्रदान गर्नुका साथै विदेशमा पनि त्यसको धेरै नै महत्व रहने सीप अनुसारको पारिश्रमिक पाईने हुँदा तालिम अवधिभर धेरै भन्दा धेरै ज्ञान सीप हासिल गर्न सहभागीलाई सल्लाह, सुझाव समेत प्रदान गरिएका थिए ।

कार्यक्रममा नेकपाका नेता चुडामणी वाग्ले, कान्तिपुर ग्लोबल ईन्स्टिच्युटका प्रबन्ध निर्देशक बिनेश कार्की, समाजसेवी युवा शौर्यप्रताप सिंह, विप्लव कार्की, संयुक्त कृषि सहकारी संस्थाका अध्यक्ष सरोज अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्

राम्चेमा स्वास्थ्य सम्बन्धि तालिम

img

कालिका गाउपालिका–१ राम्चेमा दुई दिने लैङ्गिक समानता तथा प्रजनन स्वास्थ्य सम्वन्धि तालिम ...

लागूऔषध विरुद्ध सचेतना

img

धनकुटामा लागूऔषध दुव्र्यसन विरुद्ध सचेतना मुलक कार्यक्रम पाख्रिबास नगरपालिकामा सम्पन्न भएको छ ...

शैक्षिक एवं सरसफाइ सामाग्री वितरण

img

नेकपा निकट राष्ट्रिय स्वास्थ्यकर्मी संघले आफ्नो चौधौं वार्षिक दिवस पारेर सहारा बिहिन ...

पाश्र्वचित्र सार्वजनिक 

img

कालिका गाउँपालिकाले गाउँपालिकाभित्रको वस्तुस्थति सहितको पाश्र्वचित्र सार्वजनिक गरेको छ । जेठ २७ गते ...

मुडेमा सौर्य सडक बत्ती

img

सयपत्री युवा क्लबको अगुवाइमा सिन्धुपाल्चोकको मुडे सडकमा सौर्य बत्ती जडान गरिएको  छ । मंगलबार लिसंखुपाखर गाउँपालिकाका उपाध्यक्ष ...

गोरखामा इदको शुभकामना आदानप्रदान

img

गोरखाका मुस्लिम समुदायले यस वर्ष पनि इद मनाएका छन् । सिरानचोक गाउँपालिकास्थित मकुन्डाँडाका मुस्लिम ...

पत्रपत्रिका

सबै