अरबमा उभौलीको तयारी पुरा,कार्यक्रम शुक्रबार

यही कलाकारहरुको बेजोड प्रस्तुति रहने

| साउदी,दमाम

किराँत राई यायोक्खा शाखा साउदी अरबले किराँतीहरुको चाड साकेला उभौली यले दोङ-५०७९ को तयारी पुरा भएको छ ।

यायोक्खाले यही जुन ७ तारिखमा दमामस्थित अल खायाम रेस्टुरेन्टमा किराँतीहरुको साकेला सीली नाच,विभिन्न झाँक्रीका साथै बृहत साँस्कृतिक कार्यक्रमको तयारी पुरा भएको हो ।

“सम्पुर्ण मुन्दुमी किराँतीहरु एक हौँ,किराँत लिपि,भाषा र भेषभुषाको संरक्षण गरौँ ” भन्ने नाराका साथ मनाउन लागिएको चाड यायोक्खा साउदीको दोस्रोपटक हो ।

यसअघि यायोक्खाले साकेला उभौलीसँगै मौलिक चाड मनाउँदै आएको सह प्रवक्ता नवराज राईले जानकारी दिए । उनका अनुसार कार्यक्रमको प्रमुख अतिथि नवनियुक्त नियोग उपप्रमुख दिलीपकुमार पौडेल रहेनछन् ।

नेपालमा बैशाख पुर्णिामाको दिन पारेर मनाइने उभौलीलाई साउदीमा भने समय अभावका कारण झन्डै तीन हप्तापछि मनाइने भएको छ । उक्त कार्यक्रममा यहिका लोकदोहोरी गायक इस्लाम मिया,प्रेम डिसी,गायिका लक्ष्मी तामाङ गायकहरु समिर राई,रन राई,बिमल राईले आआफ्ना प्रस्तुति दिने भएको छ ।

त्यसैगरी शिरि राई,पुतली तामाङ,मुना तामाङ,दिक्षा थापा,मन्जु परियार,धन कुमारी पुन मगर लगायतले बेजोड नृत्य प्रस्तुति गर्नेछन् ।

रोजगारीका लागि साउदी आईपुगेका किराँत राईहरुले प्रवासमा कामबाट बचेका समयलाई मौलिक कला,संस्कृति,भाषा,लिपी लगायतलाई संरक्षण तथा सम्बर्द्धन गर्ने उदेश्यले यायोक्खाको २०१७ फेब्रुअरीमा स्थापन गरिएका थिए ।

बैशाख शुक्ल पूर्णिमा अर्थात् बसन्त ऋतुमा उभौली र मङ्सिर पूर्णिमा अर्थात् शरद ऋतुमा उधौलीलाई चाडको रुपमा बर्षमा दुईपटक यस चाडलाई मनाइन्छ । उभौली अन्नबाली सप्रियोस्,किराफट्याँङ्ग्रा,जंगली जनावरले दुःख नदिउन,सुख शान्ति,सुस्वास्थ्य,दैवी प्रकोप तथा विपत्ति नआओस् भनेर मनाइने गर्छन् । त्यसैगरी मंसिर पुर्णिामा अन्नबाली पाक्ने,आउँदो साल खाद्यान्नको अभाव नहोस् भनेर उधौली मनाउने गर्छन् । 

प्रतिकृया दिनुहोस्

एनआरएन साउदीले दिए महिलालाई जिम्मेवारी

img

एनआरएनए साउदीको पूर्वी क्षेत्रीय समितिको छैठौं अधिवेशन सम्पन्न भएको छ । जुन ...

एनआरएनए जर्मनीको अधिवेसन १६ सेप्टेम्बरमा

img

गैर आवासीय नेपाली संघ (एनआरएनए) जर्मनीको अधिबेशन आगामी सेप्टेम्बर १६ तारिखको मिति ...

साकेला उभौली सक्यो, यायोक्खा जेद्धा गठन

img

साउदीको जेद्धामा पनि किराँतीहरुले साकेला उभौली यले दोङ-५०७९ मनाइएको छ । किराँतीहरुले ...

अरबमा उभौली मनाइयो

img

किराँत राई यायोक्खा शाखा साउदी अरबले किराँतीहरुको चाड साकेला उभौली यले दोङ–५०७९ ...

कार्यक्रमको अनुमती नलिएका कारण मलेसियामा अयोजक, कलाकार पक्राउ

img

इदको अवसर पारेर मलेसियाको क्वालालम्पुस्थित कोताया कम्पेल्क्समा आयोजित कार्यक्रममा आएका नेपाली कलाकारहरु ...

सुडानको हिंसात्मक हमलाको सेनाले गर्‍यो निन्दा, भएको के हो ?

img

सुडानको राजधानी खार्तुममा प्रदर्शनकारीहरूमाथि भएको हिंसात्मक हमलालाई लिएर त्यहाँको सेनाको निन्दा भएको ...

पत्रपत्रिका

सबै