पक्की पुल ढलान गर्दागर्दै भत्कियो, दुई वर्षमा सक्ने लक्ष्यको पुल नौ वर्षमा पनि बनेन

| काठमाडौं

मेचीनगर नगरपालिका–१२ स्थित हँडिया खोलामा निर्माणाधीन पक्की पुल ढलान गर्दागर्दै भत्किएको छ । दुई वर्षमा निर्माण सक्ने गरी ०६७ मा सुरु भएको पुल नौ वर्ष धकेलिँदासमेत ढलानकै क्रममा भत्किएको हो । ठेकेदारले गुणस्तरहीन निर्माण सामग्री प्रयोग गरेको र अनुगमनमा खटिएका सरकारी प्राविधिकले छुट दिँदा पुल नबन्दै भत्किएको स्थानीयको आरोप छ ।

स्थानीयसमेत रहेका सुपरभाइजर खगेन्द्र विष्टले आइतबार साँझ ढलानका क्रममा ‘रेडी मिक्स्चर’ले मसला खन्याउँदै गर्दा ‘फ्रेमिङ’ भत्किएको बताए । तर, पुलको पिलरमा समेत बाहिरैबाट फलाम देखिएकाले गुणस्तरहीन काम भएको स्थानीय बताउँछन् ।

पाँच करोड ८७ लाखमा मैनाचुली र लामा निर्माण कम्पनीले ठेक्का पाएको पुलको चारपटकको म्याद थपिएको थियो । अब एक वर्ष फेरि थपिने पक्का भएको छ । निर्माण कम्पनी मैनाचुलीका सञ्चालक मदन अधिकारी प्रधानमन्त्री केपी शर्मा ओलीनिकटका व्यक्ति मानिन्छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । 

प्रतिकृया दिनुहोस्

विदेश मोहको पीडा : गुम्यो २२ हजार डलर, धन्न जोगियो मिर्गौला

img

लमजुङका एक युवकको वैदेशिक रोजगारीमा क्यानडा जाने सपना चकनाचुर बनेको छ। दलाललाई ...

युएईमा नेपाली कामदारलाई विदेशीसरह सुविधा

img

नेपाली कामदारका लागि चौथो प्रमुख रोजगार गन्तव्य युएईसँग शुक्रबार श्रम समझदारी भएको ...

गुठी विधेयक : काठमाडौँमा विरोध हुँदा दाङमा किन भयो पक्षमा प्रदर्शन ?

img

गुठी विधेयकको विरोधमा राजधानीमा ठूला प्रदर्शन भइरहेका बेला बिहीबार प्रदेश ५ को ...

मानव तस्करी- पैसाको आशमा यसरी फस्छन् आपराधिक समूहको चंगुलमा

img

पछिल्लो समय नेपाल मानव तस्करीमा विश्वकै प्रमुख स्रोत बनिसकेको छ । छिमेकी ...

नेपालमा रेलमार्ग जोड्न तिब्बतको तीव्र इच्छा

img

चीनको स्वायत्त प्रदेश तिब्बतले नेपालसँगको सम्बन्ध अझै प्रगाढ बनाएर बेल्ट एन्ड रोड ...

प्रधानमन्त्रीको बेलायत भ्रमण पर्याप्त तयारी नपुग्दा खल्लो

img

झन्डै दुई दशकपछि भएको नेपालका प्रधानमन्त्रीको बेलायत भ्रमण गलत समय र पर्याप्त ...

पत्रपत्रिका

सबै