गौरीशंकरमा हिउँ चितुवा

| दोलखा

गौरीशंकर संरक्षण क्षेत्रमा हिउँ चितुवाको उपस्थिति आधिकारिक रुपमा प्रमाणित भएको छ । संरक्षण क्षेत्र भित्र पर्ने विगु गाउँपालिका वडा नम्बर १ साविक लामाबगर गाविस १ को लप्ची उपत्यकामा हिउँ चितुवाको उपस्थिति रहेको पाइएको हो ।

संरक्षण क्षेत्र आयोजनाले सञ्चालन गरेको क्यामेरा ट्रापिङबाट उक्त क्षेत्रमा विश्वमा नै दुर्लभ मानिने हिउँ चितुवा (अन्सिया अन्सिया) को उपस्थिति आधिकारीक रुपमा प्रमाणित भएको जनाएको छ ।

आयोजनाले आज सिंगटीमा गरेको पत्रकार सम्मेलनमा यस्तो जानकारी गराएको हो । राष्ट्रिय प्रकृति संरक्षण कोषबाट स्वीकृत जैविक विविधता अध्ययन अनुसन्धान कार्यक्रम अन्र्तगत गौरीशंकर संरक्षण क्षेत्र आयोजनाले लप्ची उपत्यकाका विभिन्न ११ स्थानमा इन्फ्रारेड क्यामरा (फोटो, भिडियो) खिच्ने क्यामरा २०७५ साल असोज महिनामा जडान गरिएको थियो ।

उक्त अवधिदेखि २०७६ बैशाखसम्म गरेको अनुसन्धानले समुद्री सतहबाट ४ हजार ८७ मिटर माथि हिउँ चितुवाको ३ वटा तस्वीर रेकर्ड गरेको अनुसन्धानमा संलग्न पोखरा विश्वविद्यालय, नेपाल इन्जिनियरीङ कजेल, स्नात्तकोत्तर अध्ययन केन्द्रका उपप्राध्यापक डा. नारायण प्रसाद कोजुले जानकारी दिए । संरक्षण क्षेत्रमा ३ देखी ५ वटा सम्म हिउँ चितुवा रहेको अनुमान गरिएको छ ।

हिउँ चितुवा मध्य एसिया र हिमालय पर्वतमा मात्र बसोबास गर्ने प्राणी हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को अनुसुचि १ मा रहेको यस जीवलाई अन्तर्राष्ट्रिय संरक्षण संघले समेत दुर्लभ प्रजातिको रुपमा सुचीकृत गरेको छ । हिउँ चितुवा विश्वमा १० हजार भन्दा कम संख्यामा जिवित रहेको अनुमान छ । नेपालमा भने ३ सय देखी ५ सय रहेको अनुमान गरिएको छ ।

नेपालको कञ्जनजंघा, मकालु बरुण, सगरमाथा लाङटाङ, मनास्लु, अन्नपुर्ण, शे फोक्सुण्डो, ढोरपाटन, अपिनाम्पा क्षेत्र सहित हिमाली क्षेत्रहरुमा हिउँ चितुवाको उपस्थितिको रेकर्ड गरिएको छ ।

यसैगरी अनुसन्धानका क्रममा विगतमा रेकर्ड नभएको सुनौलो विरालो (गोल्डेन क्याट) समेत रेकर्ड भएको छ । चरिबाघ, कस्तुरी मृग, पहरे बाँदर जस्ता संरक्षित जनावर तथा हिमाली कालो भालु, तिब्बची फ्याउरो, झारल, घोरल, नाउर, चितुवा, रातो फ्याउरो गरि १५ विभिन्न प्रजातिका स्तनधारी जनावरहरु भेटिएको थियो ।

प्रतिकृया दिनुहोस्

राम्चेमा स्वास्थ्य सम्बन्धि तालिम

img

कालिका गाउपालिका–१ राम्चेमा दुई दिने लैङ्गिक समानता तथा प्रजनन स्वास्थ्य सम्वन्धि तालिम ...

लागूऔषध विरुद्ध सचेतना

img

धनकुटामा लागूऔषध दुव्र्यसन विरुद्ध सचेतना मुलक कार्यक्रम पाख्रिबास नगरपालिकामा सम्पन्न भएको छ ...

शैक्षिक एवं सरसफाइ सामाग्री वितरण

img

नेकपा निकट राष्ट्रिय स्वास्थ्यकर्मी संघले आफ्नो चौधौं वार्षिक दिवस पारेर सहारा बिहिन ...

पाश्र्वचित्र सार्वजनिक 

img

कालिका गाउँपालिकाले गाउँपालिकाभित्रको वस्तुस्थति सहितको पाश्र्वचित्र सार्वजनिक गरेको छ । जेठ २७ गते ...

मुडेमा सौर्य सडक बत्ती

img

सयपत्री युवा क्लबको अगुवाइमा सिन्धुपाल्चोकको मुडे सडकमा सौर्य बत्ती जडान गरिएको  छ । मंगलबार लिसंखुपाखर गाउँपालिकाका उपाध्यक्ष ...

गोरखामा इदको शुभकामना आदानप्रदान

img

गोरखाका मुस्लिम समुदायले यस वर्ष पनि इद मनाएका छन् । सिरानचोक गाउँपालिकास्थित मकुन्डाँडाका मुस्लिम ...

पत्रपत्रिका

सबै