प्रदूषणका कुहिएका चल्लाहरू 

जेठो दाइ आउँदा 
कूचो लगायौ तिमीले 
तर 
अहँ कूचो होइन
दक्षिणको किटाणु भित्र्यायौ तिमीले । 

नारा उखान र हावाहुरीको 
भुँवरी चलायौ तिमीले 
पलाएका समृद्धिका पखेटाहरू पनि 
सबैसबै भाँच्यौ
तर 
अहँ कहिल्यै रोपेनौ तिमीले 
वातावरणका एउटै हरियो बिरुवा पनि ? 

केवल उडायो सपनाहरू शहीदका 
अनि रोप्यौ भ्रमका विषालु ऐंशेलु काँडाहरू 
र उमार्यौ तिमीले
तिखातिखा खिया लागेका काँटीहरू  
जसले रोपिएर हजारौँ समृद्धिका 
कलिला पाइतालाहरू आज रकताम्मे भएर 
टिटानसको विषालु विषले कुहिरहेछन् 
दह सुकेर माछा कुहेझैँ । 

जबसम्म 
बालुवाटार र सिङ्गो दरबारमा 
भाले र पोथी मिलेर कोरल्छन् 
प्रदूषणका कुहेका चल्लाहरू 
जबसम्म देशभक्तका बादल मडारिएर 
वर्षेर भिज्दैन देहावसान भएका बारीका डल्लाहरू 
तबसम्म फेर्न सक्दैनन् सास आरामले फोक्सोबाट 
ती डाँडाकाँडा, भीरपाखा, पर्वत र तराईका  
अग्राख, धुपी र सल्लाहरू । 

फेरि म कसरी फेर्न सक्छु 
स्वच्छ वातावरणको फोक्सोबाट 
त्यो शुद्ध अक्सिजन ए मनुवाहरू ? 

जबसम्म 
बालुवाटर र सिङ्गो दरबारबाट बहिरहन्छ 
कुहिएका सिनोका दुर्गन्धहरू 
मेरै फोक्सोको कुलेसो भएर । 

प्रतिकृया दिनुहोस्

ठोक सलामी ए मलामीहरू हो 

img

‘’मेरो देश दुखिरहेछ ऐया ऐया गर्दै  तर यहाँ लाखौँ मलामीहरूको भीडमा  बर्दी लगाएर सलामी ...

‘आगोको लप्का’ मा हाइकु लालित्यको बिम्व

img

नेपाली साहित्यिक आकाशमा हाइकु एक स्थापित नाम भइसकेको छ । हाइकु भनेको ...

समृद्धिका पाइतलाहरू बिँझाउने गर्छन्

img

अचेल कति सस्तो छ प्रशंसा  वाओ ....... कति सस्तो प्रशंसाले  प्रशंसा गरिन्छन् अक्षर र शब्दहरूको  वाओ ...

डोकोनाङ्लो डटकम 

img

‘बिक्नै छाडे, अब के गर्ने होला ?’ छेवाङले निगालोको भारी आँगनमा फाले ...

ऐँसेलुको बाप

img

गर्मीमा परेको पानीको शीतलता आनन्दको पर्यायवाची हुन् । उधुम गर्मीमा आइसक्रिम खाएर ...

जेब्रा क्रसमाथि... 

img

पछिल्लो समय प्रायः सबै किसिमका लेखकहरु उपन्यासतिर ढल्केको पाइन्छ । कविता, कथा, ...

पत्रपत्रिका

सबै